पाँचथर – जिल्लाको सर्वाधिक पुरस्कार राशिको दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण कुम्मायक–कुसायक गोल्डकप फुटबल प्रतियोगिता यासोकमा सुरु भएको छ।
हरेक ३ वर्षमा लाग्ने ऐतिहासिक त्रिशाली मेलाको अवसरमा आयोजना भएको प्रतियोगितामा आयोजक रानीगुफा सेवा समाज यासोकले विजयी सुरुवात गरेको छ।
कमजोर प्रतिस्पर्धी छिमेकी भारतको जलपायीगुडी फुटबल क्लबलाई १–० ले हराउदै आयोजक सेमीफाइनलमा प्रवेश गरेको हो। खेलको १५ औं मिनेटमा आयोजक टोलीका कप्तान हेमन्त दर्नालले गरेको गोल नै निर्णयक बन्दा पाहुना टोली घर फर्कन बाध्य भयो। गोलकर्ता दर्नाल म्यान अफ दि म्याच घोषित भए।
पृथ्वी माविको खेलमैदान सुरु भएको प्रतियोगितामा आठ टिमको सहभागि रहेको छ। वैशाख २६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ३ लाख ११ हजार १ सय ११ तथा उपविजेताले १ लाख ५५ हजार ५ सय ५५ नगद र ट्रफि पाउने आयोजक संस्थाका सचिव टंक पौडेल बताए।
प्रतियोगिताको शुक्रवारको खेल पञ्यान फुटबल क्लब सुनसरी र मोरङको एकता युवा क्लबबीच प्रतिस्पर्धा हुँदै छ।