जसले सुदूरपश्चिममा हकी स्थापित गराए
२० असार २०८१
•
४ मिनेट पाठ
जसले सुदूरपश्चिममा हकी स्थापित गराए
नरबहादुर चन्द भारतमा जन्मिए। उनले माध्यमिक तहको शिक्षा पनि त्यहीँ आर्जन गरे । नरबहादुर कक्षा ६ मा पढ्दादेखि नै हकी खेल्न थालेका हुन्। उनका बुबा भारतको राजस्थान प्रान्तको उदयपुर जिल्लामा एउटा कम्पनीमा काम गर्दथे।




नरबहादुर त्यहाँ हकीका अब्बल खेलाडी भएर निस्किए। उनले उदयरपुर जिल्लाको मात्र होइन, राजस्थान प्रान्तको टोलीमा सहभागी भएर हकीमा उत्कृष्ट प्रदर्शन गरे। भारतमा रहँदा जिल्ला र प्रदेशस्तरीय थुप्रै प्रतियोगिता खेलेका नरबहादुर हाल हकीको कञ्चनपुर प्रशिक्षकका रुपमा कार्यरत छन्।

प्रशिक्षक चन्दले पछिल्लो समय सुदूरपश्चिमलाई हकी खेलको माध्यमबाट पनि चिनाएका छन्। भारतबाट कञ्चनपुर फर्किएपछि उनी यहाँ हकी खेलाडी उत्पादनमा समर्पित छन्। उनकै मेहनतका कारण हकीमा सुदूरपश्चिम प्रदेश अब्बल छ। विसं २०५२ देखि कञ्चनपुरको महेन्द्रनगरमा हकी प्रशिक्षकका रुपमा कार्यरत चन्दले हालसम्म ८० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरिसकेका छन्।

सन् १९९५ मा भारतको मद्रास (हाल चेन्नई) मा सातौँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता हुने तय भएको थियो। नेपालमा उक्त प्रतियोगिताको तयारी हुँदै थियो। नेपालले हकीमा भाग लिने भयो। तर नेपालमा हकी खेलको त्यती राम्रो अवस्था थिएन। नरबहादुर हकीमा भारतको राजस्थानमा चिनिएका खेलाडी थिए। उनको खेल देखेर नै भतिज गणेशबहादुर चन्दले नरबहादुरलाई सो प्रतियोगिताबारे जानकारी गराए।

“घर (महेन्द्रनगर) बाट भतिज गणेबहादुरको फोन आयो, उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको तर्फबाट हकी खेल्ने अवसर छ भनेर खबर गरे”, २९ वर्षअघिको कुरा सम्झिदै नरबहादुरले भने “एक पटकको फोनको भरमा म नेपाल फर्किए र सोझै हकीको बन्द प्रशिक्षणमा सहभागी भए।”

नरबहादुरका भतिज गणेशबहादुर हाल कञ्चनपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष छन्। उनी भारतको राजस्थानमा छँदा नरबहादुरका सहपाठी हुन्। नरबहादुरले मद्रासमा भएको सातौँ दक्षिण एसियाली खेलकुदमा हकीमा उत्कृष्ट खेल प्रदर्शन गरे।

“मेरो प्रदर्शनबाट प्रभावित भएर हकीका तत्कालीन मुख्य प्रशिक्षक अशोक पाण्डेले कञ्चनपुरमा हकी सिकाउन अस्थायी नियुक्ति दिए।” सातौँ दक्षिण एसियाली खेलकुदबाट फर्किएदेखि हालसम्म उनी यतै हकी खेलाडी उत्पादनमा सक्रिय छन्।

नरबहादुर आफुलाई हकीको सफल प्रशिक्षक ठान्छन्। उनी आफ्नो भूमिकाप्रति सन्तुष्ट छन्। “मैले सिकाएका खेलाडी सुदूरपश्चिमको टोलीमा मात्र होइन् देशभर छरिएका छन्”, उनले भने।

खासगरी नरबहादुरले उत्पादन गरेका खेलाडीको नेपाल पुलिस क्लब, एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबमा दबदबा रहेको छ। विसं २०५२ मा हकी प्रशिक्षकका रुपमा जागिर खाएका उनी २०६१ सालमा स्थायी भए।

“पछिसम्म पनि भारतको राजस्थानबाट हकी खेल्न र जागिर खान निम्तो आइरहन्थ्यो”, नरबहादुरले भने “म नेपालमै खेलाडी उत्पादनमा लागेँ, यसमै सन्तुष्ट छु।”

भारतको राजस्थानको उदयपुरमा स्वामी विवेकानन्द उच्च माध्यमिक विद्यालयमा पढ्दा विद्यालयका खेल प्रशिक्षक मधुकान्त सेनाडियाले नरबहादुरलाई हकी खेलमा प्रवेश गराएका हुन्। उक्त विद्यालयमा उनी सुरुवातमा फुटबल खेल्थे। प्रशिक्षक सेनाडियाकै करकापले पछि उनले हकी खेल्न थाले। हकी खेल्न थालेको वर्षदिनमै नरबहादुर जुनियरतर्फ उदयरपुर जिल्लाकै उत्कृष्ट खेलाडी बने।

“त्यतीबेला भारतमा छँदा चारवटा राष्ट्रिय तथा प्रदेशस्तरीय खेलमा सहभागी भएँ”, उनले विगत सम्झिदै भने।

सुदूरपश्चिम प्रदेशका नौवटा जिल्लामध्ये कञ्चनपुरमा मात्र हकीको अभ्यास गराइन्छ। यहाँ हकी लोकप्रिय छ। भारतको गुवाहाटीमा भएको ११औँं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साफ) मा सहभागी नेपालको महिला हकी टोलीमा सबै नरबहादुरले सिकाएका खेलाडी थिए।

उनकै मेहनतका कारण पाचौँ र छैठाैँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमले महिला हकीमा स्वर्ण पदक जितेको थियो। त्यसपछिका राष्ट्रिय प्रतियोगितामा पनि नरबहादुरले उत्पादन गरेका खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गर्दै आएका छन्।

सन् २०१० मा बङ्लादेशको ढाकामा भएको १२ औँ साफ खेलकुद प्रतियोगितामा हकीमा सहभागीमध्ये अधिकांश खेलाडी नरबहादुरकै उत्पादन थिए। महेन्द्रनगर नजिकैको उल्टाखाम त हकी खेलका नामले परिचित छ।

कञ्चनपुरका महेन्द्रनगरस्थित कभर्डहल र भीमदत्त नगरपालिका–३ लक्ष्मी माविको चउरमा उनले हकी सिकाउँदै आएका छन्। उनलाई पूर्वाधार अभाव खड्केको छ। “फुटबल मैदानमा हकी सिकाउनुपर्ने अवस्था छ”, उनले भने।

नरबहादुरले हकीका सिनियर खेलाडी कान्तुराम पनेरुको निजी पहलमा हकी मैदान बनाउन प्रयासरत रहेको बताए। खेल मैदान बनाउन पनेरुसँगै हातेमालो गर्न उनी कस्सिएका छन्। 

“स्तरीय खेल मैदान र खेल सामग्री प्राप्त भए हकीमा धेरै प्रगति गर्न सकिन्छ”, प्रशिक्षक नरबहादुरले उत्साहित हुँदै भने। हालसम्म महेन्द्रनगरस्थित कभर्डहलमा उत्पादन गरेका ६८ तथा उल्टाखाम गाउँमा उत्पादन भएका १६ खेलाडीले नेपालको टोलीमा रहेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हकी प्रतियोगिता खेलिसकेको उनले जानकारी दिए। “हाल ६५ खेलाडी हकीको नियमित अभ्यासमा  छन्”, प्रशिक्षक नरबहादुरले भने।

कञ्चनपुर फुटबल सङ्घका अध्यक्ष एवम् सहपाठी गणेशबहादुर चन्द नरबहादुरले हकीमा गरेको मेहनत लोभलाग्दो भएको बताउँछन्। “खेलमैदान र खेल सामग्री अभावमा पनि प्रतिभावान खेलाडी उत्पादन गर्नु चानचुने कुरा होइन”, उनले भने। 

-शेरबहादुर सिंह/रासस
अर्को समाचार
पुरुष फुटबलतर्फ सेमिफाइनल समीकरण पूरा, बाँकी खेलहरू जुम्लामा हुने
१ घण्टा अघि
•
१ मिनेट पाठ
पुरुष फुटबलतर्फ सेमिफाइनल समीकरण पूरा, बाँकी खेलहरू जुम्लामा हुने
सुर्खेत। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आइतबार भएको पुरुष फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र कोशी प्रदेशले १–१ गोलको बराबरी खेलेका छन्।




नेपाली सेनाको सुर्खेतस्थित राजदल गणको खेल मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले एक–एक गोल गरेका हुन्।

खेलको ५१औँ मिनेटमा त्रिभुवन आर्मी क्लबका निराजन धामीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर, खेलको ६८औँ मिनेटमा कोशी प्रदेशका मिलन राईले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्‍याए।

खेलका क्रममा कोशी प्रदेशका जर्सी नम्बर १० का खेलाडी शौरभ लिम्बुले पहेँलो कार्ड पाएका थिए। बराबरीसँगै त्रिभुवन आर्मी क्लब र कोशी प्रदेश दुवै टोलीले प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन्।

यसअघि एपीएफ र नेपाल पुलिस सेमिफाइनलमा पुगिसकेका छन्। योसँगै सेमिफाइनलको समीकरण पूरा भएको छ।

सेमिफाइनलमा आर्मी र एपीएफ तथा कोशी र पुलिस भिड्ने छन्। अब सेमिफाइनल र फाइनल खेलहरू जुम्लामा सञ्चालन हुनेछन्।
चार पटक म्याद थप्दा पनि सकिएन तालचोक–बेगनास सडक निर्माण
अर्थ
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
चार पटक म्याद थप्दा पनि सकिएन तालचोक–बेगनास सडक निर्माण
‘स्वच्छन्द–सपना–वर्ल्डवाइड जेबी’ले चार लेनको उक्त सडक बनाउने जिम्मा पाएको थियो।
Whatsapp
भाषा र लोकसंस्कृति जोगाउँदै गण्डकी प्रज्ञा–प्रतिष्ठान
समाज
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
भाषा र लोकसंस्कृति जोगाउँदै गण्डकी प्रज्ञा–प्रतिष्ठान
युवा पुस्तालाई आफ्नो मातृभाषाप्रति गर्वानुभूति गराउँदै मातृभाषा बोल्नका लागि प्रेरित गर्ने उद्देश्यले भाषा कक्षा सञ्चालन गर्न लागिएको सदस्य सचिव श्रेष...
Whatsapp
रत्ननगरको सभाहल अस्पताललाई हस्तान्तरण गर्ने तयारी
समाज
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
रत्ननगरको सभाहल अस्पताललाई हस्तान्तरण गर्ने तयारी
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रत्ननगरमा निर्माणाधीन सभाहल बकुलहर रत्ननगर अस्पताललाई हस्तान्तरण गर्न सक्दो प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरे...
Whatsapp
काठमाडौंमा खसीबोकाको मासु भन्दै बाख्रीको मासु बिक्रीवितरण गरी कालोबजारी, प्रहरीद्वारा अनुसन्धान सुरु
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीबोकाको मासु भन्दै बाख्रीको मासु बिक्रीवितरण गरी कालोबजारी, प्रहरीद्वारा अनुसन्धान सुरु
काठमाडौंमा खसीबोकाको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री वितरण गरेको आरोपमा आठ जना पक्राउ परेका छन्।
Whatsapp
हसिना शासनका प्रभावशाली प्रहरी अधिकारीकी पत्नी र दुई साला पक्राउ
अन्तर्राष्ट्रिय
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
हसिना शासनका प्रभावशाली प्रहरी अधिकारीकी पत्नी र दुई साला पक्राउ
पूर्वप्रधानमन्त्री शेख हसिनाको शासनकालका प्रभावशाली प्रहरी अधिकारी मोनिरुल इस्लामकी पत्नी र दुई सालालाई हिंसा तथा तोडफोडको योजना बनाएको आरोपमा पक्राउ...
Whatsapp
गण्डकीमा शतप्रतिशत विद्युतीकरण गर्ने लक्ष्य
समाज
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
गण्डकीमा शतप्रतिशत विद्युतीकरण गर्ने लक्ष्य
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङको निसेलढोरमा यसै वर्ष केन्द्रीय विद्युत् सेवा विस्तार गर्ने बताएका छन्।
Whatsapp
यो पनि पढौँ
सामुदायिक पशु व्यवस्थापनमा धनगढीको उदाहरणीय प्रयास
समाज
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
सामुदायिक पशु व्यवस्थापनमा धनगढीको उदाहरणीय प्रयास
बस्ती र सडकमा छाडा छोडिएका पशुचौपायाले निम्त्याउने दुर्घटनाको त्रास र बालीनाली जोगाउनुपर्ने बाध्यताबाट आजित कैलालीको धनगढी उपमहानगरपालिकाका बासिन्दाका...
Whatsapp
पुरुष फुटबलतर्फ सेमिफाइनल समीकरण पूरा, बाँकी खेलहरू जुम्लामा हुने
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष फुटबलतर्फ सेमिफाइनल समीकरण पूरा, बाँकी खेलहरू जुम्लामा हुने
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आइतबार भएको पुरुष फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र कोशी प्रदेशले १–१ गोलको बराबरी खेलेका छन्...
Whatsapp
दशौं राष्ट्रिय खेलकुद : सुदूरलाई हराउँदै आर्मी फाइनल प्रवेश
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद : सुदूरलाई हराउँदै आर्मी फाइनल प्रवेश
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला क्रिकेट अन्तर्गत विभागीय टोली त्रिभुवन आर्मी क्लब सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै फाइनल प्रवेश गरेको छ।
Whatsapp
दुर्गममा पनि आधुनिक र गुणस्तरीय स्वास्थ्य पूर्वाधार पुर्‍याउँदै याङवरक पाँचथर
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दुर्गममा पनि आधुनिक र गुणस्तरीय स्वास्थ्य पूर्वाधार पुर्‍याउँदै याङवरक पाँचथर
दूरदराजका नागरिकलाई गाउँघरमै गुणस्तरी स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यसहित जिल्लाको याङवरक गाउँपालिकाले स्वास्थ्य क्षेत्रको विकास र विस्तार...
Whatsapp
रारा ताल पुग्यो दशौं राष्ट्रिय खेलकुदको ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रारा ताल पुग्यो दशौं राष्ट्रिय खेलकुदको ट्रफी
कर्णालीको पर्यटन प्रवर्धन र राष्ट्रिय खेलकुदको प्रचारप्रसारलाई एकैसाथ अघि बढाउने उद्देश्यले सुरु गरिएको टर्च तथा ट्रफी टुरले रारासम्मको यात्रा तय गरेक...
Whatsapp
लागूऔषधसहित चार जना पक्राउ
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित चार जना पक्राउ
झापामा लागूऔषध ब्राउन सुगरको कारोबारमा संलग्न रहेको आरोपमा दुई युवतीसहित चार जना पक्राउ परेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस