काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) ले बहुप्रतीक्षित विशेष साधारणसभा वैशाख दोस्रो साता काठमाडौंमा गर्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)लाई प्रस्ताव गरेको छ।
निर्वाचित क्यानद्वारा गठित कार्यसम्पादन समितिको बैठकले सोमबार वैशाख १३ र १४ गते काठमाडौंमा विशेष साधारणसभा बोलाउने निर्णय गरेको हो।
आन्तरिक विवाद, राजनीतिक हस्तक्षेप, अपारदर्शिता र सुशासनको अभावजस्ता कारण गएको वैशाखमा आइसिसीले क्यानको सदस्यता निलम्बनमा राखेको थियो । जसका कारण नेपाली क्रिकेको सर्वोच्च निकाय निकम्मा बनिरहँदा आइसिसीले नै नेपालको क्रिकेट गतिविधि प्रत्यक्ष रूपमा सञ्चालन गरिरहेको छ।
आइसिसीले निलम्बन फुकुवाको प्रक्रिया सुरु गर्न बनाएको सल्लाहकार समूहरूद्वारा प्रस्तावित संशोधित विधान अक्षरस पास गर्न भन्दै निर्वाचित समितिलाई मार्च महिनामा विशेष साधारणसभा बोलाउन निर्देशन दिएको थियो । आइसिसीले नेपालको विवाद मिलाउन विधान संशोधन गर्नका लागि पूर्वअध्यक्ष विनयराज पाण्डेको नेतृत्वमा बनाएको सल्लाहकार समूहमा निर्वाचित क्यानका अध्यक्ष चतुरबहादुर चन्द र महासचिव अशोकनाथ प्याकुर्याल पनि छन्।
यसअघि भदौ ६ गते भएको निर्वाचित क्यानको विशेष साधारणसभाले सल्लाहकार समूहबाट पारित नयाँ विधानका केही बुँदामा संशोधन गरेपछि मिल्न लागेको क्यान विवाद पुनः लम्बिएको थियो । त्यसपछि आइसिसीले मार्चसम्ममा विधान संशोधनका लागि साधारणसभा गर्न मार्चसम्मको समय दिएको थियो।
‘हामीले विधानका केही विषय, साधारणसभाका सदस्यहरूको अवस्था तथा अन्य विषयमा जानकारी गराउँदै वैशाखको मिति प्रस्ताव गरेका छौं । आइसिसीबाट जबाफ आएपछि सूचना प्रकाशित गर्छौं,’ कार्यसम्पादन समितिका एक सदस्यले भने।