पछिल्ला समय टोलीमा नियमित रहँदै खेलाडी नै आगामी ट्वान्टी– २० विश्वकपका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीमा परेका छन्।नेपाल क्रिकेट संघ (क्यान) ले रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय नेपाली टोली बुधबार घोषणा गरेको छ।
विश्वकप आउन ३० दिन मात्र बाँकी छँदा टोली घोषणा गरिएको हो। टोलीमा अधिकांश नियमित खेल्दै आएका खेलाडी छन्। यो टोलीमा तीव्र गतिका बलर कमलसिंह ऐरी र स्पिनर सागर ढकाल समावेश भएका छन्। दुवै जना ओमानमा सम्पन्न एसिसी प्रिमियर कपमा नेपाली टोलीमा थिएनन्। क्यानले विश्वकप तयारीकै लागि वेस्ट इन्डिज ‘ए’ सँग घरेलु मैदानमा पाँच खेलको शृंखला खेलिरहेको छ।
यसै शृंखलामा कमल र सागरसँगै विनोद भण्डारी, आरिफ सेख, लोकेश बम, आकाश चन्द र विवेक यादव खेलिरहेका छन्। कमल र सागर मात्र विश्वकपका लागि छनोट हुन सफल भए। यसै महिना एसिसी प्रिमियर कप खेलेको नेपाली टोलीमा दुई परिवर्तन गरेको हो। विवेक र आकाशको स्थानमा कमल र सागर आएका हुन्।
लामो समयदेखि नेपाली टोलीमा रहँदै आएका सोमपाल कामी पनि विश्वकप टोलीमा परेका छन्। सन् २०१४ को विश्वकप खेलेका सोमपाल १० वर्षपछि नेपालले सफलता दोहो¥याउँदा टोलीमा पर्न सफल रहे।
वेस्ट इन्डिज र अमेरिकामा संयुक्त रूपमा आयोजना हुने विश्वकपमा नेपाल समूह ‘डी’ मा छ। नेपालको समूहमा श्रीलंका, दक्षिण अफ्रिका, बंगलादेश र नेदरल्यान्ड्स छन्। नेपालले जुन ४ मा नेदरल्यान्ड्ससँग खेल्दै विश्वकप यात्रा थाल्ने छ।
नेपाली टोलीमा काे काे छन् ?
रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, सन्दीप जोरा, कुशल मल्ल, गुल्सन झा, सोमपाल कामी, करण केसी, प्रतीश जिसी, ललितनारायण राजवंशी, अविनाश बोहरा, कमलसिंह ऐरी, सागर ढकाल।