डिजिटल गढी प्रिमियर लिगको फाइनलमा खेल छपकी सुपर किङ्स
०२ वैशाख २०७९
•
३ मिनेट पाठ
डिजिटल गढी प्रिमियर लिगको फाइनलमा खेल छपकी सुपर किङ्स
 प्रदेश न १ कै पहिलो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता डिजिटल गडी निर्माण अभियानको आयोजना र सुनसरी जिल्ला क्रिकेट संघको व्यवस्थापनमा भएको डिजिटल गढी प्रिमियर लिगको फाइनल खेल छपकी सुपर किङ्सले ६५ रनले जितेको छ।




आजको फाइनल खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको छप्की सुपर किङ्सले २० ओभरमा ८ विकेट गुमाउँदै  १७६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो। सुपर किंग्सका लागि श्रवण यादवले ७ चौका र ६ छककाको मदतले सर्वाधिक ३० बलमा ५९ रन बनाएका थिए।

त्यस्तै कप्तान सिद्धान्त लोहनीले २ चौका र ३ छककाको मदतले १२ बलमा ३० रन बनाएका थिए। त्यसैगरी रितेश रायले चार चौकाको मदतले ३५ बलमा  २४ रन बनाएका थिए।

मधेली च्यालेन्जरका लागि सुमित यादव, कमल खत्री, आमोद यादवले २ विकेट र फ्रिदोष र ज्ञानेन्द्रले १–१ विकेट लिएका थिए।

त्यसैगरी १७६ रनको विशाल लक्ष्य पछ्याउन मैदान उत्रेको माधेली १९ ओभर २ बल खेल्दै सम्पूर्ण विकेट गुमाएर मात्र १०७ रनमा समेटिएको थियो। मधेलिका लागि विवेक मेहताले सर्वाधिक  २ चौका र २ छक्का को मदतले ३० बलमा २८ रन बनाएका थिए।

त्यसैगरी कमल खत्रीले ३ छक्का को मदतले १४ बलमा २१ रन बनाएका थिए। सुपर किङ्सका लागि अभिषेक ले ३ जोसक, श्रवण र दीपकले २ र सिद्धान्तले १ विकेट लिएका थिए।

फाइनल खेलका म्यान अफ म्याच श्रवण यादव घोषित भएका थिए। प्रतियोगिताको बेस्ट बलर माधेली च्यालेन्जरका सुमित यादव त्यसैगरी वेस्ट ब्याट्सम्यान छपकी सुपर किंग्सका रितेश रोय र प्लेयर अफ द सिरिज छपकी सुपर किङ्सका श्रवण यादव भएका थिए।

फाइनल खेलका विजेता टोली छपकी सुपर किङ्सले ट्रफी मेडल सहित १ लाख नगद पुरस्कार हात पार्‍यो। उपविजेता बनेको मधेलीले पचास हजार नगद र मेडल प्राप्त गर्‍यो।

नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रीय कोषाध्यक्ष रोशन सिंह,नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य साथै गण्डकी खेलकुद विकास बोर्डका सदस्य ऋषिराम गौतम, नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य दुर्गाराज पाठक, यस प्रतियोगिताका मुख्य प्रायोजक वाईवाईका मार्केटिङ म्यामेजर रवीन्द्र मास्के, डिजिटल आदर्श गडी निर्माण अभियानका अध्यक्ष विद्यानन्द यादव, उपाध्यक्ष श्रवण यादव र डिजिटल गडी प्रिमियर लिगका प्रतियोगिताका डाइरेक्टर विप्लव घोशले पुरस्कार वितरण गरेका थिए।

नेपाल क्रिकेट संघका केन्द्रीय कोषाध्यक्ष रोशन सिंहले प्रतियोगितामा बोल्दै ‘यस प्रतियोगिताले प्रदेश नं १ मै पहिलो फ्र्याञ्चाइज क्रिकेट प्रतियोगिताले प्रदेश नं १ मात्रै नभई नेपाल क्रिकेट संघलाई नै  ठूलो टेवा पुराउने’ उनको भनाइ थियो।

त्यसैगरी नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य साथै गण्डकी खेलकुद विकास बोर्डका सदस्य ऋषिराम गौतमले प्रतियोगितामा बोल्दै ‘यसरी गाउँगाउँदेखि जिल्लाजिल्लासम्म यसरी प्रतियोगिता हुँदा पक्कै नेपाली क्रिकेटलाई ठूलो टेवा पुराउने र यसका लागि सबै स्थानीय सरोकारदेखि सबैको साथसहयोग चाहिने’ उनको भनाइ थियो।

त्यसैगरी नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य दुर्गाराज पाठक ले बोल्दै ‘यस प्रतियोगितालाई समापन गर्न लाग्ने आयोजकतर्फ धन्यवाद ज्ञापन गर्दै यस प्रतियोगिताले निरन्तरता पाओस् भन्ने शुभकामना दिएका थिए।

चैत्र २५ देखि वैशाख १ गतेसम्म भएको यस प्रतियोगितामा छपकी सुपर किङ्गस, छिटाहा टाइगर्स, गढी राईडर्स, भमरी वारियर्स र मधेली च्यालेन्जर्स गरी ५ टोलिले  यस प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए।
अर्को समाचार
ट्वान्टी– २० विश्वकपका लागि खेलाडी चयन
२० वैशाख २०८१
•
१ मिनेट पाठ
ट्वान्टी– २० विश्वकपका लागि खेलाडी चयन
पछिल्ला समय टोलीमा नियमित रहँदै खेलाडी नै आगामी ट्वान्टी– २० विश्वकपका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीमा परेका छन्।नेपाल क्रिकेट संघ (क्यान) ले रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय नेपाली टोली बुधबार घोषणा गरेको छ।




विश्वकप आउन ३० दिन मात्र बाँकी छँदा टोली घोषणा गरिएको हो। टोलीमा अधिकांश नियमित खेल्दै आएका खेलाडी छन्। यो टोलीमा तीव्र गतिका बलर कमलसिंह ऐरी र स्पिनर सागर ढकाल समावेश भएका छन्। दुवै जना ओमानमा सम्पन्न एसिसी प्रिमियर कपमा नेपाली टोलीमा थिएनन्। क्यानले विश्वकप तयारीकै लागि वेस्ट इन्डिज ‘ए’ सँग घरेलु मैदानमा पाँच खेलको शृंखला खेलिरहेको छ।

यसै शृंखलामा कमल र सागरसँगै विनोद भण्डारी, आरिफ सेख, लोकेश बम, आकाश चन्द र विवेक यादव खेलिरहेका छन्। कमल र सागर मात्र विश्वकपका लागि छनोट हुन सफल भए। यसै महिना एसिसी प्रिमियर कप खेलेको नेपाली टोलीमा दुई परिवर्तन गरेको हो। विवेक र आकाशको स्थानमा कमल र सागर आएका हुन्।

लामो समयदेखि नेपाली टोलीमा रहँदै आएका सोमपाल कामी पनि विश्वकप टोलीमा परेका छन्। सन् २०१४ को विश्वकप खेलेका सोमपाल १० वर्षपछि नेपालले सफलता दोहो¥याउँदा टोलीमा पर्न सफल रहे।

वेस्ट इन्डिज र अमेरिकामा संयुक्त रूपमा आयोजना हुने विश्वकपमा नेपाल समूह ‘डी’ मा छ। नेपालको समूहमा श्रीलंका, दक्षिण अफ्रिका, बंगलादेश र नेदरल्यान्ड्स छन्। नेपालले जुन ४ मा नेदरल्यान्ड्ससँग खेल्दै विश्वकप यात्रा थाल्ने छ।  

नेपाली टोलीमा काे काे छन् ?

रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, सन्दीप जोरा, कुशल मल्ल, गुल्सन झा, सोमपाल कामी, करण केसी, प्रतीश जिसी, ललितनारायण राजवंशी, अविनाश बोहरा, कमलसिंह ऐरी, सागर ढकाल।
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस