क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक
०८ भदौ २०७८
•
२ मिनेट पाठ
क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक
नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरेको छ। क्यानका कोषाध्यक्ष रोशनकुमार सिंह र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचरका को–फाउन्डर सुलभ बुढाथोकीले सोमबार एक कार्यक्रमबीच राष्ट्रिय टोलीको नयाँ जर्सी सार्वजनिक गरेका हुन्। 




गत असारमा राष्ट्रिय टोलीको जर्सी डिजाइन गर्न प्रतिस्पर्धा नै गराइएको थियो। उक्त प्रतिस्पर्धाबाट आदर्श पोखरेलले डिजाइन गरेको जर्सी छनोट भएको हो। नयाँ जर्सी छनोटका लागि क्यानले क्यानका केन्द्रीय सदस्य छुम्बी लामा, जनरल म्यानेजर रौनक मल्ल, क्रिकेट म्यानेजर विनोद दास र प्रायोजकबाट एक सदस्यसहित चार सदस्यीय समिति गठन गरेको थियो।

सोही समितिले पाँच सयभन्दा बढी जर्सीबाट पोखरेलको डिजाइन छनोट गरेको हो। त्यसबापत पोखरेलले १ लाख रूपैयाँ प्राप्त गरे। सोमबार प्रायोजक माई सेकेन्ड टिचरका को–फाउन्डर बुढाथोकी र क्यानका कोषाध्यक्ष सिंहले उनलाई एक लाख रूपैयाँको चेक हस्तान्तरण गरे। नेपाली क्रिकेट टोलीले आगामी ओमान भ्रमणमा उक्त जर्सी लगाउनेछ। कार्यक्रममा क्यानका कोषाध्यक्ष सिंहले राष्ट्रिय झन्डाको रंग, देशको संस्कृति, भौगोलिक विविधता र अन्तर्राष्ट्रिय मान्यतालगायतका पक्षलाई ध्यानमा राखेर राष्ट्रिय टोलीको जर्सी छनोट गरिएको बताए। जर्सीको कुमको भागमा नेपालको झन्डा र जर्सीमा झन्डाको रंग प्रयोग गरिएको छ।  

जर्सीको अघिल्लो भागमा विश्वकै सर्वोच्च शिखर सगरमाथा, नेपालमा मात्र पाइने दुर्लभ एकसिंगे गैंडा र राष्ट्रिय प्रतीकलाई समावेश गरिएको छ। नेपालले ओमान भ्रमणअन्तर्गत सेप्टेम्बर ५ मा पपुवा न्युगिनीसँग खेल्ने एकदिवसीय खेलमा पहिलो पटक नयाँ जर्सी लगाउनेछ। पपुवा न्युगिनीसँग दुई एकदिवसीय खेल हुनेछ। यो शृंखलापछि नेपालले विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँग त्रिकोणात्मक शृंखला खेल्नेछ। उक्त त्रिकोणात्मक शृंखला सेप्टेम्बर १३ देखि २० सम्म हुनेछ। नेपाली टोली मंगलबार ओमानतर्फ प्रस्थान गर्ने तालिका छ।
अर्को समाचार
प्रधानमन्त्री कपः सुदूरपश्चिम क्रिकेट टोलीको जर्सी सार्वजनिक
०७ चैत्र २०८२
•
१ मिनेट पाठ
प्रधानमन्त्री कपः सुदूरपश्चिम क्रिकेट टोलीको जर्सी सार्वजनिक
प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि  सुदूरपश्चिम क्रिकेट टोलीको जर्सी सार्वजनिक गरिएको छ।




टोलीको मुख्य प्रायोजक एसपीए कलेजका प्रबन्ध निर्देशक सुवाश शाही, सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बासुदेव जोशी र कप्तान शेर मल्लले शनिबार संयुक्त रुपमा जर्सी सार्वजनिक गरेका हुन्।

राष्ट्रिय टोलीका सदस्य समेत रहेका मल्लको कप्तानीमा रहेको सुदूरको टोलीलाई यसै सिजन देखि धनगढीस्थित एसपीए कलेजले मुख्य प्रायोजन गरेको थियो। एसपीए कलेजले यसै सिजनदेखि ३ वर्षका लागि प्रदेशको महिला र पुरुष दुवै टोलीको मुख्य प्रायोजन गरेको थियो।  

साथै शाहीले प्रदेशको टोलीलाई व्यवसायिक रुपमा अघि बढाउन आफूहरुले गरेको सुरुवातलाई अन्य कर्पोरेट संस्थाहरुसँग पनि जोड्ने प्रयत्न भइरहेको बताए।

अनुभवी र युवा खेलाडीहरु सहित टोली सन्तुलित रहेका बताउँदै शीर्ष चारमा रहने लक्ष्यसहित टोली काठमाडौं जान लागेको कप्तान मल्लले बताए। टोलीमा कप्तान मल्लसहित किरण ठगुन्ना, खडक बोहरा, दिपक बोहरा, हेमन्त धामी, विकास आगरी, अभिषेक पाल, प्रकाश पाण्डेय, मिलन बोहरा, नरेन भट्ट, लोकेन्द्र चन्द, शौर्य श्रेष्ठ, नारायण जोशी, राजु रिजाल र अशोक धामी छन्।
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस