काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले नेपालले क्रिकेटमा पाएको उपलब्धि संस्थागत गनृुपर्ने बताएका छन्।
जिम्बाव्बेबाट विश्वकप छनोट खेलेर सोमबार साँझ टिमसहित स्वदेश फर्किएका कप्तान खड्काले सञ्चारकर्मीसँगको संक्षिप्त प्रतिक्रियामा नेपालले पहिलोपटक एक दिवसीय मान्यता पाएको र यसलाई संस्थागत गर्न सबैले सहयोग गर्नुपर्नेमा जोड दिए।
पारसले एक दिवसीय मान्यता पाउन सफल भएकोमा आफूहरु अत्यन्त खुसी रहेको यसको निरन्तरता चाहेको बताए। ‘हामी खुसी छौं। पाएको उपलब्धिलाई संस्था गर्नुपर्छ। क्रिकेटको विकासका लागि बोर्ड गठन गर्नुपर्छ। क्यानको विवाद छिटो भन्दा छिटो समाधान गरेर गति दिनुपर्छ। घरेलु क्रिकेटको संरचना विकासमा ध्यान दिनुपर्छ’, उनले भने।