संखुवासभा – स्वास्थ्यको लागी खेलकुद, राष्ट्रको लागी खेलकुद, मादीको पहिचान फुटबल विकासको अभियान भन्ने मुल नाराका साथ आमन्त्रित दोस्रो मादी नगर रनिङ कप पुरुष फुटबल आइतबार (आज) बाट सुरु हुँदैछ।
मादी नगरपालिकाको प्रायोजन तथा हाङ्थुम क्लव मादीको आयोजनामा हुने प्रतियोगितामा मोरङ, सुनसरी, ताप्लेजुङ र संखुवासभाका १० टिमको सहभागिता रहेको छ। आज हुने पहिलो खेलमा अमर ज्योती क्लव मोरङ र आयोजक यू १७ बीच हुने छ।
प्रतियोगितामा विजेता हुने टिमले तीन वर्षे रनिङ शिल्ड नगद १ लाख ५ हजार र उप विजेताले ट्रफी नगद ८० हजार साथमा मेडल र प्रमाण–पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।
जिल्लामा हुने ठूला फुटबल प्रतियोगितामध्ये अरुण भ्याली रनिङ शिल्ड र मादी नगर कपलाई मूख्य प्रतियोगिताको रुपमा लिइन्छ। प्रतियोगिता चैत्र १ गते सम्म चल्ने छ।