खेलमा छैन खेलाडीको ध्यान
१८ पौष २०८०
•
३ मिनेट पाठ
खेलमा छैन खेलाडीको ध्यान
प्यालिस्टाइनी खेलाडीलाई प्रशिक्षण दिँदै प्रशिक्षक मकरम दबौब। तस्बिर : एएफपी
गाजाको युद्धका कारण प्यालेस्टाइनले कतार एसियन कप २०२३ को उद्घाटन सुरु हुन दुई हप्ता बाँकी छँदा पनि आफ्नो ध्यान केन्द्रित गर्न संघर्ष गरिरहेको छ।




हमासले अक्टोबर ७ मा दक्षिण इजरायलमा हमला गरेपछि जबाफमा इजरायलले गरेको लगातार आक्रमणका कारण कयौं खेलाडीले आफन्तजन गुमाइसकेका छन्। गाजाका धेरै भूभागहरू भग्नावशेषमा परिणत भएका छन्। धेरै जसो हवाई क्षेत्रहरूमा क्षति पुगेको छ। स्टेडियमहरूमा पनि पूर्ण क्षति पुगेको छ।

केही फुटबलका मैदानहरूमा अस्थायी चिहान राखिएका छन्। किनकि स्टेडियमका लागि प्रयोग गरिने स्थान पहुँचभन्दा धेरै टाढा छन्। त्यसैले प्यालेस्टाइनको टोली अहिले साउदी अरेबियामा प्रशिक्षण गरिरहेको छ। प्यालेस्टाइन फुटबल टोलीका प्रशिक्षक मकरम दबौबले कुनै पनि खेलाडीको ध्यान खेलमा केन्द्रित हुन नसकेको बताए।

‘प्रशिक्षण गर्नुभन्दा अगाडि पछाडि हरेक खेलाडी समाचारहरू हेर्ने गर्छन्,’ प्यालेस्टाइनका प्रशिक्षक मकरम दबौबले भने। कतारले आगामी जनवरी १२ देखि फेब्रुअरी १० सम्म एसियन कप फुटबलको आयोजना गर्दै छ। प्यालेस्टाइनले भने आफ्नो पहिलो खेल जनवरी १४ मा इरानविरुद्ध खेल्नेछ।

‘खेलाडीहरू चिन्तित छन् र आफ्नो परिवारको भावनामा हराउने गर्छन्,’ ट्युनिसियाका पूर्वखेलाडी तथा प्रशिक्षकसमेत रहेका डबौबले भने। गत वर्षको जुनमा तेस्रो पटक एसियन कपमा स्थान बनाएपछि प्यालेस्टाइन फुटबल एसोसिएसनले उत्सव मनाएको थियो।

गाजामा युद्धविरामको संकेत नदेखिएपछि खेलाडीहरूले हतासा महसुस गरिरहेका छन्। एसियन कपको विशेष तयारी गर्ने प्रयासमा भए पनि उनीहरूका लागि सहज भइरहेको छैन। ‘प्रतियोगिता हुन नसकेपछि उनीहरूमा शारीरिक, प्राविधिक र रणनीतिक रूपमा पनि समस्या देखिएको छ।

साथै मानसिक रूपमा पनि धेरै समस्या आइरहेका छन्,’ प्रशिक्षक डबौबको चिन्ता छ। हमासले इजरायलमा आक्रमण गरेयता गाजामा कुनै पनि फुटबल खेल भएको छैन। इजरायलले वेस्ट बैंक क्षेत्र पूर्ण नियन्त्रणमा लिएको छ।

धेरै खेलाडहरूले अहिले निकै सघंर्ष गर्नुपरेको छ। तीमध्ये टोलीका सदस्य मोहमौद वाडी र मोहमेद सालेहका परिवार त गाजामा नै बन्धक बने। उनीहरूका घरहरू पनि पूर्ण क्षति भएको प्रशिक्षक बताउँछन्। ‘उनीहरूले अहिले धेरै अफ्ठ्यारो परिस्थितिबाट गुज्रनुपरेको छ,’ उनले भने।

अन्य खेलाडीका आफन्तजनले पनि इजरायली आक्रमण भोग्नुपरेको छ। उनीहरू शरण खोज्न पूर्व क्षेत्र धाइरहेका छन्। संयुक्त राष्ट्रका अनुसार गाजाका ८५ प्रतिशत मानिसहरू बसाइ सर्नुपरेको उल्लेख छ। मानिस बस्ने कुनै स्थान पनि सुरक्षित नरहेको धारणा छ। इजरायलले उत्तरदेखि दक्षिणसम्म पनि आक्रमण बढाएको छ।

आक्रमणबाट अहिलेसम्म २१ हजार ९ सय ७८ जनाले ज्यान गुमाउनुपरेको छ। जसमा अधिकांश महिला र बालबालिका छन्। प्रशिक्षक डबौबले एसियन कपमा समूहचरणभन्दा माथि उक्लिन सके प्यालेस्टाइन फुटबलले त्यहाँका जनतालाई सम्मानजक रूपमा उभ्याउने धारणा राख्छन्।

‘सबैभन्दा महŒवपूर्ण पक्ष नै अन्तर्राष्ट्रिय क्षेत्रमा प्यालेस्टाइनको झन्डा फरफराउनेछ। यसले गर्दा प्यालेस्टाइनीले आफ्नो अस्तित्व देखाउनेछन्। यो खेलका क्रममा प्यालेस्टाइनीहरू पनि स्वतन्त्रता र राम्रो जीवनका लागि हकदार छन् भन्ने देखाउनेछ।’

प्यालेस्टाइन फुटबल एसोसिएसनका अध्यक्ष जिब्रिल राजुबले गाजा युद्धले विशेष रूपमा ‘खेल र युवामाथि आक्रमण गरेको बताए। उनका अनुसार अहिलेसम्म खेलका करिब एक हजार सदस्यले ज्यान गुमाएको उल्लेख गरे।

इजरायली सेनाले ओलम्पिक चार्टर उल्लंघन गर्दै प्यालेस्टाइनी खेलका क्लबहरूमाथि विशेष आक्रमण गरिरहेको उनको आरोप छ। गाजामा रहेको यार्मुक फुटबल स्टेडियमलाई इजरायली सेनाले हिरासत र सोधपुछ केन्द्रका रूपमा परिणत गरेको समेत उनको भनाइ छ। त्यसको प्रमाणका भिडियो फुटेज पनि उनले प्रस्तुत गरेका छन्।

प्यालेस्टाइनी बालबालिका सोही स्टेडियममा भित्र नियन्त्रणमा रहेको राजुबको भनाइ छ। यद्यपि, इजरायली सेनाले भने त्यो फुटेज देखिएका आतंकवादी गतिविधिमा संलग्नको आशंकामा त्यहाँ रहेको दाबी गरेको छ। त्यो रंगशाला सन् १९३९ मा बनेको हो।

राजुबका अनुसार प्यालेस्टाइनको यो सबैभन्दा पुराना रंगशाला पनि हो। रंगशालाभित्र अपराध गरिरहेको प्रमाणसहित अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र फिफाको सहयोगका लागि पत्रसमेत फुटबल संघले पठाइसकेको छ। -एफपी
अर्को समाचार
प्लेयर्स टु वाच,लुइस स्वारेज (उरुग्वे)
०९ असार २०७१
•
२ मिनेट पाठ
प्लेयर्स टु वाच,लुइस स्वारेज (उरुग्वे)
नकआउट चरण प्रवेशका लागि महत्त्वपूर्ण रहेको खेलमा मंगलबार उरुग्वेले इटालीसँग प्रतिस्पर्धा गर्दा सबैको ध्यान लुइस स्वारेजमाथि केन्द्रित हुनेछ। विश्वकपलाई एक महिना बाँकी हुँदा मोन्टेभिडियोमा घुँडाको शल्यक्रिया गराएपछि उरुग्वेली टोलीका सबैभन्दा मुख्य खेलाडीको फिटनेस चासोको विषय थियो।समूह चरणको दोस्रो खेलमा इङ्ल्यान्डलाई हराउँदा स्वारेजले चोटबाट सनसनीपूर्ण पुनरागमन जनाए। उनकै दुई गोलमा दक्षिण अमेरिकी टोली युरोपको महारथीलाई २–१ ले हराउन सफल भयो। 
२००७ को फेब्रुअरी ७ मा कोलम्बियाविरुद्ध खेल्दै उरुग्वेको राष्ट्रिय टोलीमा डेब्यु जनाएका २५ वर्षे स्वारेजले देशका लागि ७८ खेलमा ४१ गोल गरिसकेका छन्। अझ पछिल्लो समय उनी उच्च फर्ममा छन्। नेपोलीका फरवार्ड इडिन्सन काभानीसँग राष्ट्रिय टोलीमा उनको राम्रो तालमेल छ। पछिल्लो खेलमा इङ्ल्यान्डविरुद्ध दुई गोल गरेर उनले त्यसको प्रमाण दिइसकेका छन्। बितेको सिजन लिभरपुलका लागि ३१ गोल गरेर उनले इङलिस प्रिमियर लिगका व्यावसायिक खेलाडी संघको वर्ष खेलाडी पुरस्कार जित्नुका साथै क्लबलाई लिग उपाधिको मुख्य दावेदारका रुपमा उभ्याएका थिए। लिभरपुलका लागि गरेको त्यही प्रदर्शनले उनलाई युरोपेली फुटबल बजारमा सबैभन्दा बिकाउ खेलाडीमा उभ्याएको छ। आगामी सिजनका लागि उनी बार्सिलोनाको लक्ष्य बनेका छन्।


रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस