नेपालले नेत्रहीन महिला ट्वान्टी-२० क्रिकेट शृंखलामा भारतमाथि १० विकेटको रबाफिलो जित निकालेको छ।
भारतको मुम्बईस्थित पुलिस जिमखानामा बुधबार भएको तेस्रो खेलमा नेपालले घरेलु टोलीमाथि सहज जित निकालेको हो। यससँगै पाँच खेलको शृंखलामा नेपालले पुनरागमनको संकेत गरेको छ। यसअघि नेपाल पहिलो खेलमा ८ रन र दोस्रो खेलमा ४ रनले पराजित भएको थियो।
तेस्रो खेलमा भने नेपालले सानदार जित निकाल्दै शृंखलामा पुनरागमनको संकेत गरेको हो। १७२ रनको लक्ष्य पछ्याएको नेपालले १९.१ ओभरमा बिनाविकेट जित निकाल्यो। नेपालको जितमा विनीता पुन ७८ र मनकेशी चौधरी ७५ रनमा अविजित रहे। विनीताले ६० बलमा सात चौका हिर्काइन्।
उनी प्लेयर अफ दी म्याच घोषित भइन्। ५७ बल खेलेकी मनकेशीले पाँच चौका प्रहार गरिन्। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गरेको भारतले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै एक सय ७१ रनको योगफल खडा गर्यो।
ओपनर सिमु दासले ८४ रनमा र सरिता श्राठे ३१ रनमा नटआउट रहँदै पाहुना टोलीका लागि चुनौतीपूर्ण लक्ष्य खडा गरे। भारतका कुनै पनि खेलाडीले बाउन्ड्री प्रहार गर्न सकेनन्। चार विकेट नै भारतले रनआउटका रूपमा गुमाउन पुग्यो।
घरेलु टोलीका लागि ओपनर सुष्मा पटेल र मध्यक्रमकी ब्याटर राभानीले समान १४ रन जोडे। भारतले अतिरिक्त २० रन पाएको थियो। नेपालले चौथो खेल बिहीबार नै खेल्नेछ। यो खेल पनि जित्दै नेपाल शृंखला जीवन्त राख्ने लक्ष्यमा हुनेछ। घरेलु टोली भने यो खेल जित्दै एक खेलअगावै शृंखला आफ्नो बनाउने योजनामा छ।