कास्की जिल्ला फुटबल संघले यु–१९ छनोट प्रक्रिया शुरु गरेको छ। अखिल नेपाल फुटबल संघको निर्देशन अनुसार कास्कीले विहीबारदेखि यु–१९ खेलाडी छनोट प्रक्रिया शुरु गरेको हो।
संघले केहीदिन अघि मात्रै यु–१६ को छनोट प्रक्रिया टुग्याईसकेको छ। संघले यु–१६को २२ जना खेलाडी छनोट गरेर प्रदेश छनोटमा पठाएको थियो। बिहीबारदेखि शुरु भएको छनोट प्रक्रियामा १ सय ५० भन्दा बढी खेलाडीहरु सहभागिता रहेको कास्की जिल्ला फुटबल संघका उपाध्यक्ष एवं छनोट संयोजक विष्णु गुरुङले जानकारी दिए।
उनले बिहीबार र शुक्रबार दुईदिन छनोट प्रतियोगिता मार्फत खेलाडी छनोट गरिने बताए। संघमा आवद्ध प्रशिक्षक राजेन्द्र तामाङको मुख्य प्रशिक्षकत्वमा छनोट गरिने छ। छनोट प्रतियोगितामा अमन गुरुङ, शम्भु केसी, नरेश केसी, दिपेन्द्र तामाङ लगायतले छनोट गरेर अन्तिम नामावली प्रकाशन गरिने कास्की जिल्ला फुटबल संघका अध्यक्ष उज्वल रन्जितले बताए।
अखिल नेपाल फुटबल संघले साफ यु–१९ च्याम्पियनसिप २०२३ को लागि ४८ वटै जिल्लाबाट छनोट प्रतियोगिता शुरु गरिएको छ। जिल्ला छनोटपछि प्रदेश छनोट हुदैं केन्द्रीय छनोट गरिने छ। केन्द्रीय छनोटपछि साफ यु–१९ च्याम्पियनसिपको लागि खेलाडीलाई बन्द प्रशिक्षणमा राखिने छ।