२०७८ कात्तिकमा शिलान्यास भएको कर्णाली प्रदेश रंगशालाको काम ६० प्रतिशत भएको छ। प्रदेश गौरवको आयोजनाको रुपमा निर्माधिन प्रदेश रंगशालाको ६० प्रतिशत भौतिक प्रगति र ४६ प्रतिशत वित्तिय प्रगति भएको जनाइएको हो।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले आर्थिक वर्ष २०७९/०८० भएगरेका प्रगतिबारे गरिएको कार्यक्रममा रंगशालाको ६० प्रतिशत काम सकिएको जनाइएको हो। रंगशालामा भएको कामहरुमा थ्री डी एनिमेसनमा देखाइए अनुसार दर्शक प्याराफिटमा ४ हजार कुर्चि जडान, भिआईपी तर्फको प्याराफिट सिभिल निर्माण (फिनिसिङ्ग र छाना निर्माण बाँकी), कवर्ड हलको छाना बाहेक फिनिसिङ्ग कार्य भइरहेको छ, पौडी पोखरी, ब्यवसायीक सटर, गेट निर्माणकार्यको स्टकचर कार्य सम्पन्न हुने चरणमा रहेको छ।
त्यस्तै फुटबल मैदानमा दुवो लगाई, स्तर वृद्धिको कार्य भइरहेको छ। एथलेटिक्स ट्याकको सव बेस र नाली निर्माण सम्पन्न भएको छ। रंगशालामा रुख रोप्ने, हरियाली गर्ने कार्य भइरहेको छ। हालसम्म रंगशाला निर्माण कार्यमा ६५ करोड ८५ लाख रुपैँया खर्च भइसकेको कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र संज्यालले बताए। तोकिएको समयसिमाभित्र निर्माधिन रंगशाला सम्पन्न हुने दावी सदस्य सचिव संज्यालले बताए।
हालसम्म तोकिएकै समयमा कामहरु भइरहेको समेत उनले जानकारी दिए। रंगशाला निर्माण सम्पन्न गर्नका लागि १ अर्ब ४७ लाख ४७ हजार ६ सय रुपैँया लागत लाग्ने छ। यही रंगशालामा १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता हुनेछ। दश हजार दर्शक अट्ने क्षमताको रंगशाला बन्नेछ। जसमा फुटवल, भलिवल, बास्केटवल, स्विमिङ पुल, दौडहरु लगायतका दजनौं खेलहरुका रंगशालामा संचरना बनिरहेको छ।
त्यस्तै जुम्लाको राजा सिम खेलमैदानमा ५० लाख र रुकुम (पश्चिम) को चौरजहारीमा रहेको पातिहाल्नामा खेलमैदानमा ९४ लाख १७ हजार खर्च भएको जनाइएको छ। कर्णाली प्रदेशमा ०७९÷०८० मा चाल तर्फ ३ करोड ७२ लाख १५ हजार र पुँजीगत तर्फ ६१ करोड ७ लाख ५६ हजार गरेर ६४ करोड ७९ लाख ७१ हजार रुपैँया कर्णाली प्रदेश खेलकुद विकास परिषद् मार्फत खर्च गरिएको छ। आगामी वर्षका लागि १ अर्ब १९ लाख ७६ हजार रकम खेलकुद क्षेत्रका १३ वटा शिर्षकमा खर्च गर्ने गरि विनियोजन गरिएको प्रदेश सरकारले विनियोजन गरेको सदस्य सचिव संज्यालले बताए।