वाह! नेपाली दर्शक
०५ चैत्र २०७३
•
९ मिनेट पाठ
वाह! नेपाली दर्शक
काठमाडौं- एक समय थियो क्रिकेट ‘खेल्नेलाई मुर्ख र हेर्नेलाई महामुर्ख’  को रुपमा हेरिन्थ्यो। जर्ज बर्नाड शाँले भनेकै भरमा त्यस्तो धारणा विकास भएको थिएन। बरु उनले क्रिकेट र यो खेलप्रति समाजको धारणा बुझेर त्यसलाई सैद्धान्तिकरण गरेका थिए।




प्राचिन कालमा क्रिकेटको स्वरुप पनि त्यस्तै थियो। खेल सकिने समयसिमा तोकिएको हुदैनथ्यो। तर समय फेरिएको छ। सबैभन्दा लामो स्वरुपको टेस्ट पनि बढिमा ५ दिन सम्ममात्र चल्छ। पचास ओभरको एक दिवसीय हुदै अहिले २० ओभरको ट्वान्टी–२० स्वरुपले लोकप्रियता कमाइरहेको छ।

क्रिकेटमा फेरिएको संरचनासँगै योसँग जोडिएका धारणा पनि परिवर्तन हुदै छन्। ‘खेल्ने मुर्ख हेर्ने महामुर्ख’ को भनाई पूरा परिवर्तन भइसकेको छ। मैदानमा पुगेर हेर्नमात्र होइन घरमै बसेर हेर्न चाहनेका लागि प्रत्यक्ष प्रसारण गर्न टेलिभिजनहरुले करोडौं डलर खर्चिने गरेका छन्। टिकट किनेर मैदानमै गएर हेर्नेमात्र होइन टिभीमै आँखा गाड्नेहरुको संख्या दशौं करोड पुगिसक्यो।

नेपालमा क्रिकेटको औपचारिक इतिहास त्यति लामो छैन। तर छोटो समयमै यसको लोकप्रियता ग्राफ अचम्मसँग बढिसकेको छ, अझै बढ्दो छ। अन्तर्राष्ट्रिय स्तरको एकमा त्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राष्ट्रिय टोली उत्रनुमात्र पर्छ, समर्थकको भिडले मैदान भरिन्छ। मौरीले रानोलाई ढाकेजस्तै समर्थकले भरिन्छ त्रिवि मैदान। पर्खाल भित्रमात्र होइन, टिकट नपाएर छिर्न नपाउनेको भिड बाहिर झन बढि हुन्छ।

यसै साता नेपालले आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत केन्याविरुद्ध दुई खेल खेल्यो। शुक्रबारबाट परेको वर्षाले पहिलो खेलको दिन शनिबारसम्म पनि निरन्तरता पायो। पानी परेको बेला क्रिकेट खेल्न मिल्दैन। त्यसैले खेल हुने निश्चित थिएन। तर, झरीका बीच पनि मैदान छिर्न बिहानैबाट दर्शकको लामो लाइन कीर्तिपुरमा लागिसकेको थियो। नेपाली समर्थकको क्रिकेट लगावलाई त्यो दिन मौसमले पनि सम्मान गर्‍यो। पानी पर्न रोकिपछि ३ घन्टा ढिलो गरि खेल शुरु भयो। खेलकै बीच पनि पटक–पटक पानीले खेल रोकियो। तर दर्शक विचलित भएनन्। उनीहरुको धैर्य टुटेन। खराब प्रकाशका कारण खेल रोकिने जोखिम बुझेका नेपाली दर्शकले मोबाइलको बत्ति बालेर सांकेतिक रुपमा खेल चलाउन दुवै टिम, निर्णायकहरु तथा अम्पायरलाई आग्रह गरे।

दर्शकको लगाबसँग नेपाली क्रिकेटकर्मी परिचित थिए नै। यसले आइसिसीबाट आएका अधिकारी र भ्रमणकारी टोलीलाई प्रभावित गर्‍यो। त्यही दृष्यलाई क्यामरामा कैद गरेका आइसिसी ग्लोबल डेभलपमेन्ट प्रमुख विलियम ग्लेनराइटले टि्वट गरिहाले, ‘नेपालमा क्रिकेटप्रेमीको संख्या उल्लेख्य छ। केन्याविरुद्धको खेलमा मोबाइल बत्ति बालेको दृष्य रोमाञ्चक छ। उक्त खेलमा भ्रमणकारी विजयी भए।’

नेपालले आइसिसीको एसोसिएट सदस्य राष्ट्र हो। एक दिवसीय मान्यता पाउनका लागि लामो समयदेखि नेपालले गरिरहेको संघर्षले अझै गन्तव्य पाइसकेको छैन। तर, कतिपय टेस्ट खेल्ने देशकै भन्दा बढि दर्शक उपपस्थित गराएर नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय जगतलाई लोभ्याएको छ। एसोसिएट राष्ट्रमा यस्तो दर्शक उपस्थिती देखेर नेपाल आउने टोलीका खेलाडी तथा प्रशिक्षकहरु आश्चर्यमा पर्छन्।

केन्याविरुद्धको त्यही दर्शक मोहबाट प्रभावित बनेका नेदरल्यान्डका विकेटकिपर वेस्ले वरेसीको टि्वट यसको एउटा दरिलो प्रमाण हुन सक्छ। उनले तीनदिन अघि टि्वट गरेका थिए्, ‘नेदरल्यान्ड्स र नेपालबीच ३ एक दिवसीय र ३ ट्वान्टी–२० खेल्न सम्भव छ। त्रिवि मैदानको त्यो वातारणमा अद्भुत छ।’

केन्याका प्रशिक्षक स्टिभ टिकोलो पनि त्रिवि मैदानमा उपस्थित दर्शकको प्रशंसा गर्नबाट पछि हटेनन्। आफ्नो देशमा दर्शक संख्या न्युन रहने भन्दै उनले थपे, ‘हाम्रो देशमा मुक्लिलले ५ सयको हाराहारीमा दर्शक उपस्थित हुन्छन्। तर यहाँ हरेक खेलमा १० हजार भन्दा बढिको उपस्थिती हुन्छ,’ टिकोलोले भने, ‘एसोसिएट राष्ट्रमा कतै पनि यो संख्यामा दर्शक उपस्थिती देख्न सकिदैन। नेपालको क्रिकेट क्रेज उदाहरणीय छ।’

आइसिसी विश्व क्रिकेट लिग अन्तर्गत गतवर्ष भएको नामिबियाविरुद्धको खेलबाट अनलाइनमार्फत टिकट विक्री प्रबन्ध गरिएको थियो। नामिबिया र केन्याविरुद्धका दुवै खेलमा टिकट विक्री जिम्मा लिएको इशेवाका अनुसार नामिबियाविरुद्ध दुवै खेलमा १० हजारभन्दा धेरै र केन्याविरुद्धको दुवै खेलमा ११ हजारको हाराहारीमा टिकट विक्री भएको छ। त्यसभन्दा अघि पनि त्रिवि मैदानमा उपस्थित दर्शक व्यवस्थापन गर्न हम्मे पर्ने गरेको सुरक्षाकर्मीहरु सम्झन्छन्।

क्रिकेटप्रतिको यस्तै आकर्षणका कारण आइसिसीले नेपाललाई प्राथमिकतामा राखेको छ। आइसिसीले नेपाल क्रिकेट संघ (क्यान) को सदस्यता निलम्बनमा राखेको छ। यसका बावजुद पनि यहाँको दर्शक मोहकै कारण आइसिसीले नामिबिया र केन्याविरुद्धको खेल नेपालमा गराएको थियो।

‘हामीलाई यहाँ आएर खेल गराउनै पर्छ भन्ने छैन। तर, यहाँ क्रिकेटप्रति दर्शकको जुन माया छ, त्यसले हामीलाई आकर्षित गर्छ। त्यसैले नेपालमा खेल गराएका हौं,’ आइसिसी छनोट प्रतियोगिताका निर्देशक गुरजीत सिंहले केन्याविरुद्धको खेल दैरान भनेका थिए, ‘नभए हामीलाई यहाँ आएर दुःख गर्नुपर्ने कुनै कारण छैन।’

नेदरल्यान्ड्सका विकेटकिपर वरेसीले टि्वटमार्फत नेपाल आउने उत्कट चाहना व्यक्त गरिसकेका छन्। औपचारिक रुपमा पनि नेदरल्यान्ड्स र स्कटल्यान्डले नेपालको यो माहोलमा आएर खेल्ने इच्छा बारम्बार प्रकट गरेको नेपाली क्रिकेट अधिकारीहरु बताउँछन्।

आइसिसी एसोसिएट तथा एफिलिएट प्यानलका अम्पायर देवेन्द्र सुवेदीले पनि एसोसिएट राष्ट्रमा यस्तो माहोल कतै नहुने भन्दै नेपालले समर्थकको यो उत्साहबाट फाइदा लिनु पर्ने बताए। ‘एसोसिएट राष्ट्रमा यस्तो माहोल कही हुदैन। अफगानिस्तानमा विस्तारै माहोल बढ्दै छ। तर नेपालमा जस्तो हुदैन। त्यसैले तटस्थ खेलका लागि पनि नेपाल उत्तम थलो हो। तर बिडम्वना यहाँ क्रिकेट संघ नै निलम्बनको अवस्थमा छ। सधै आइसिसी आएर यहाँ खेल गराउन सम्भव छैन। त्यसैले क्रिकेट विवाद चाडो समाधान गरेर अघि बढ्ने हो भने नेपालमा क्रिकेटको भविष्य राम्रो छ।’
अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
८ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।




यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस