खोटाङमा आयोजित खोटेहाङ गाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि संखुवासभा र भोजपुरले जितेका छन्।
शुक्रबार सम्पन्न ‘पाँचौँ खोटेहाङ अध्यक्ष कप भलिबल प्रतियोगिता ०८०’ मा पुरुषतर्फ संखुवासभाको सभा पोखरी गाउँपालिका ३ बाह्रबिसे र महिलातर्फ भोजपुरको रामप्रसाद राई गाउँपालिका ८ बासिखोरा विजयी भएका हुन्।
छैठौँ स्थापना दिवसको उपलक्ष्यमा गाउँपालिकाले पुरुष र महिलातर्फ अन्तरपालिका वडा स्तरीय भलिबल प्रतियोगिता आयोजना गरेको हो। ३ नं. वडाको सावाकाली माध्यमिक विद्यालय सावाकटहरे प्राङ्गणमा सम्पन्न प्रतियोगितामा बाह्रबिसेले भोजपुरको रामप्रसाद राई गाउँपालिका ५ मानेभन्ज्याङलाई पराजित गर्दा महिलातर्फ भोजपुरकै आमचोक गाउँपालिका ९ दुस्मानालाई पराजित गर्दै बासिखोरा विजयी भएको हो।
पुरुषतर्फ विजयी बाह्रबिसेले नगद १ लाख १५ हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता माने भन्ज्याङले नगद ७० हजारसहित मेडल र प्रमाणपत्र पाएको आयोजक गाउँपालिका युवा तथा खेलकुद विकास समितिले जनाएको छ। त्यसै गरी महिलातर्फ विजेता बासीखोराले नगद ७५ हजार नगदसहित ट्रफि र प्रमाणपत्र पाउँदा उपविजेता दुम्मानाले नगद ४० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
पुरुषतर्फ विभिन्न जिल्लाका २६ समूहको सहभागिता रहेको प्रतियोगितामा सेमिफाइनलसम्म पुग्ने खोटाङकै बराहपोखरी गाउँपालिका ४ फाक्टाङ र खोटेहाङ गाउँपालिका १ लिकुवापोखरीलाई ३५/३५ हजार नगदसहित मेडल र प्रमाणपत्र पुरस्कार दिइएको थियो। विद्यागत पुरस्कारमा पुरुषतर्फ सर्वोत्कृष्ट हुने सभा पोखरीका दिलबहादुर विष्ट, उत्कृष्ट लिफ्टर सभा पोखरीकै गजेन्द्र राई तथा उत्कृष्ट स्पाइकर रामप्रसाद राई गाउँपालिकाका दिनेश तामाङ घोषित भए।
महिलातर्फ सर्वोत्कृष्ट हुने रामप्रसाद राई गाउँपालिकाकी ममता राई, उत्कृष्ट लिफ्टर रामप्रसाद राई गाउँपालिकाकै मनकला राई तथा उत्कृष्ट स्पाइकर आमचोककी आरुशा तामाङ सबैलाई ५/५ हजार नगदसहित ट्रफि र प्रमाणपत्र प्रदान गरियो। त्यसै गरी अनुशासित पुरस्कारतर्फ पुरुषतर्फ खोटेहाङ गाउँपालिका ३ सावाकटहरे र महिलातर्फ बराहपोखरी गाउँपालिका ४ फाक्टाङलाई पनि नगद ५/५ हजारसहित ट्रफि र प्रमाणपत्रले सम्मान गरियो। विजेता समूह तथा विद्यागत पुरस्कार पाउने सबै खेलाडीहरुलाई गाउँपालिका अध्यक्ष उदिमबहादुर राई ‘मुक्ति’, उपप्रमुख रुपेश राई, प्रमुख प्रशासकीय अधिकृत अजम्बर राई र वडाध्यक्षहरुले ट्रफि, नगद, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए।
गाउँपालिकाले बर्सेनि स्थापना दिवसको अवसरमा खेलकुद लगायत विविध कार्यक्रम गर्दै आएको छ। जस अनुसार गत वर्ष आयोजित भलिबल प्रतियोगितामा पुरुषतर्फ भोजपुरको षडानन्द नगरपालिका १ नेपालेडाँडा र महिलातर्फ ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका १ मोली विजयी भएका थिए।
यस वर्षको वार्षिकोत्सवमा गाउँपालिकाले भलिबलसँगै विभिन्न क्षेत्रमा योगदान पुर्याउने गाउँपालिकावासी नागरिकलाई पुरस्कृत र सम्मान गरेको छ। जस अनुसार उत्कृष्ट कृषक, उत्कृष्ट कृषक समूह, उत्कृष्ट उपभोक्ता समिति, उत्कृष्ट कर्मचारी, उत्कृष्ट शिक्षक लगायत विभिन्न तप्का र तप्काको छनौट गरी गाउँपालिकाले पुरस्कार तथा सम्मान गरेको अध्यक्ष मुक्तिले बताए।