प्रोफेसनल गल्फर सञ्जय लामाले सोमबार सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको पहिलो दिन तीन स्ट्रोकको अग्रता लिएका छन्।
पार–७२ को गोकर्ण गल्फ क्लबमा सोमबारदेखि सुरु भएको सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपमा सञ्जयले पहिलो दिन अग्रता लिएका हुन्। यो प्रतियोगिता सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत सातौं प्रतिस्पर्धा पनि हो। उनले दुई प्रो. गल्फर राजेन्द्र श्रेष्ठ प्रधान र रवि खड्कामाथि तीन स्ट्रोकको अग्रता बनाएका हुन्। सञ्जयले ६ अन्डर ६६ को कार्ड बनाए। राजेन्द्र र रविले भने तीन अन्डर ६९ को कार्ड बटुले। पोखराका प्रो गल्फर भुबहादुर गुरुङसँगै एमेच्योर गल्फरद्वय सुवास तामाङ र सद्भाव आचार्य संयुक्त रूपमा चौथो स्थानमा रहे। पहिलो दिन यी तीनको समान दुई अन्डर ७० बन्यो। चार दिनसम्म चल्ने उक्त प्रतियोगितामा कुल ७२ होलमा प्रतिस्पर्धा हुनेछ।
३६ होलको खेलपश्चात् कट नियम लागू हुँदा शीर्ष २१ प्रोफेसनल र शीर्ष ६ एमेच्योर गल्फरले अन्तिम ३६ होलमा स्थान बनाउनेछन्। कुल आठ लाख पुरस्कार रहेको प्रतियोगितामा ३१ जना प्रो गल्फले प्रतिस्पर्धा गर्दै छन्। प्रतियोगिताको विजेताले एक लाख ४० हजार, उपविजेताले ९० हजार र तेस्रो हुने गल्फरले ६७ हजार नगद पुरस्कार पाउनेछन्। शीर्ष २१ स्थानमा रहने गल्फरले नै नगद पुरस्कार पाउनेछन्।