चितवनमा यू १६ इष्ट जोन कप बागमती प्रदेश छनोट क्रिकेट प्रतियोगिता हुने भएको छ।
भरतपुर महानगरपालिका र बागमती प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा भोलि (सोमबार) देखि निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालाको नमुना खेल मैदानमा क्रिकेट प्रतियोगिता हुन लागेको हो।
प्रतियोगितामा नेपाल क्रिकेट संघबाट मान्यता पाएका बागमती प्रदेशका ६ जिल्लाको टोलीको सहभागिता रहने आज (आइतबार) भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ।
बागमती प्रदेश टिमबाट फेरी राष्ट्रिय खेलाडी छनोट गरिनेछ। प्रतियोगितामा म्यान अफ दि म्याच, वेस्ट बलर, वेस्ट ब्याटर, म्यान अफ द सिरिजलाई पुरस्कारको व्यवस्था गरिएको छ। यू १६ इष्ट जोन कप बागमती प्रदेश छनोट क्रिकेट प्रतियोगिता भएपनि नाम भरतपुर मेयर बागमती प्रदेश अन्डर १६ क्रिकेट छनोट प्रतियोगिता राखिएको छ।
८ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको प्रतियोगितामा भरतपुर महानगरपालिकाले ५ लाख रुपैयाँ सहयोग गरेको छ।

टिमलाई दुई समूहमा वर्गीकरण गरिएको छ। समूह ‘ए’ काठमाडौँ, भक्तपुर, मकवानपुर र समूह ‘बि’ मा ललितपुर, चितवन र नुवाकोट रहेका छन्।भोलि उद्घाटन खेल काठमाडौँ र भक्तपुरबिच हुनेछ। प्रत्येक टिममा १४ जना खेलाडी सहित १६ जनाको सहभागिता रहनेछ। यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीबाट बागमती प्रदेशको टिम तयार गरिने बागमती प्रदेश क्रिकेट संघका अध्यक्ष राजु बस्नेतले जानकारी दिए।