नेपाली क्रिकेट टिमलाई चौतर्फी बधाई र शुभकामना: कसले के भने?
०२ चैत्र २०७९
•
३ मिनेट पाठ
नेपाली क्रिकेट टिमलाई चौतर्फी बधाई र शुभकामना: कसले के भने?
आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा यूएईलाई ९ रनले हराउँदै नेपालले एकदिवसीय विश्वकप छनोटमा स्थान बनाएको छ।




बिहीबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको थियो।

जवाफमा नेपालले ४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनाउँदा खेल रोकियो र डिएल मेडथका आधारमा नेपाल ९ रनले विजयी घोषणा भयो।

नेपालले एकदिवसीय विश्वकप छनोट भएसँगै नेपाली क्रिकेट टिमलाई सम्पूर्ण नेपालीहरुले बधाई साथै शुभकामना दिइरहेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले आइसीसी क्रिकेट विश्वकप लिग– २ अन्तरगतको नेपाल र युएईबीच भएको प्रतिस्पर्धामा नेपाली राष्ट्रिय क्रिकेट टोली विजयी भएकोमा बधाई दिएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहालले आइसिसी क्रिकेट विश्वकप लिग-२ मा युएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा पुग्न सफल भएकोमा खुसी व्यक्त गरेका छन्।

उनले लेखेका छन्,'आइसिसी क्रिकेट विश्वकप लिग-२ मा युएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा पुग्न सफल भएकोमा हार्दिक खुसी व्यक्त गर्दछु। लीगका खेलहरुमा उच्च कौशलता प्रदर्शन गर्दै नेपालको स्वाभिमान र गौरव उँचो राख्न सफल भएकोमा उच्च प्रशंसासहित नेपाली क्रिकेट टीम, प्रशिक्षक, क्यानलगायत हामी सबैलाई बधाई!,

पूर्व राष्ट्रपति विद्या देवि भण्डारीले आइसिसी क्रिकेट विश्वकप लिग-२ मा विजयी हुँदै नेपाली क्रिकेट टीम विश्वकप छनौटमा पुग्न सफल भएकोमा खुसी व्यक्त गरेकी छिन्।

भण्डारीले लेखेकी छिन्,'आइसिसी क्रिकेट विश्वकप लिग-२ मा विजयी हुँदै नेपाली क्रिकेट टीम विश्वकप छनौटमा पुग्न सफल भएकोमा खुसी व्यक्त गर्दछु। नेपालको गौरव बढाउन सफल नेपाली क्रिकेट खेलाडी, प्रशिक्षक तथा समर्थकलाई हार्दिक बधाई! बधाई नेपाल!,'

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालले विश्वकप छनोटमा स्थान पक्का गरेकोमा नेपाल गौरवान्वित भएको बताएका छन्।

'युएई विरुद्धको खेलमा ऐतिहासिक जित निकालेर  विश्वकप छनोटमा स्थान पक्का गरेकोमा नेपाली क्रिकेट टिमलाई हार्दिक बधाई! हामी गौरवान्वित छौं, नेपाल गौरवान्वित छ,' उनले लेखेका छन्।

त्यस्तै नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले यूएईलाई हराउँदै नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेकोमा बधाई दिएका छन्।

'बधाई टिम नेपाल! आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा यूएईलाई हराउँदै नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेकोमा हार्दिक बधाई,' उनले लेखेका छन्।

नेपाली कांग्रेसकै महामन्त्री विश्व प्रकाश शर्माले नेपाली क्रिकेट टिमलाई बधाई दिंदै राज्य, दलहरु र सबैलाई दायित्व बोध गराएको बताएका छन्।

शर्माले लेखेका छन्,'बधाई टिम नेपाल! यो जीतले खुशी मात्रै होइन राज्य, दलहरु र ञहामीझ सबैलाई बिशेष दायित्व बोध गर्न, नयाँ ढंगले सोच्न सजग गराएको छ!,'

नेपाल समाजबादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले विश्वकप क्रिकेटमा छनोट हुन सफल भएकोमा नेपाली टिमलाई बधाई दिंदै सबैले आआफ्नो क्षेत्रबाट देशको शीर ठाडो पार्ने काम गर्न आग्रह गरेका छन्।  

उनले लेखेका छन्, 'यूएई माथि जीत हासिल गरेर एकदिवसीय विश्वकप क्रिकेटमा छनोट हुन सफल भएकोमा नेपाली टिमलाई मुरीमुरी बधाइ! सबैले यसरी नै आआफ्नो क्षेत्रबाट देशको शीर ठाडो पार्ने काम गरौं! समृद्ध र सम्मानित नेपाल अवश्य बन्छ!,'

त्यस्तै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गज्जब म्याच भएको बताउँदै नेपाली टिमलाई विश्वकप छनोटमा प्रवेश गरेकोमा बधाई दिएका छन्।

थापाले लेखेका छन्, 'गज्जब म्याच! विश्वकप लिग २ प्रतियोगितामा शान्दार नतिजा निकाल्दै विश्वकप छनोटमा प्रवेश गरेकोमा टिम नेपाललाई हार्दिक बधाई!,'
अर्को समाचार
दशौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा कर्णालीमाथि लुम्बिनीको सहज जित
२४ मिनेट अघि
•
१ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा कर्णालीमाथि लुम्बिनीको सहज जित
सुर्खेत। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ६५ रनले पराजित गरेको छ।




आइतबार कालिन्चोक मैदानमा सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी प्रदेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६१ रन बनाएको थियो।

लुम्बिनीका लागि निर्मल गुरुङले सर्वाधिक ३३ रन बनाए। उनले २२ बलमा तीन चौका र दुई छक्का प्रहार गरे।

यस्तै युवराज शर्माले २८ बलमा २६ रनको योगदान दिए।

बलिङतर्फ कर्णाली प्रदेशका दिनेश अधिकारी र राजकुमार शाहले समान २–२ विकेट लिए। राजकुमार शाहले अन्तिम ओभरमा दुई विकेट लिँदै लुम्बिनीको इनिङ्सलाई थप रन बनाउनबाट रोके।

१६२ रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेश भने १७.४ ओभरमा ९६ रनमै समेटियो। कर्णालीका दिनेश रावतले सर्वाधिक २५ रन बनाए। त्यस्तै अरविन्द घर्ती मगरले २३ रनको योगदान दिए।

लुम्बिनीका बलर अजय चौहानले उत्कृष्ट प्रदर्शन गर्दै २१ रन खर्चेर ३ विकेट लिए। निर्मल गुरुङले पनि १८ रन दिँदै २ विकेट हात पारे।

समग्रमा ब्याटिङ र बलिङ दुवैमा सन्तुलित प्रदर्शन गरेको लुम्बिनीले प्रतियोगितामा महत्वपूर्ण जित निकाल्याे।
दुई घण्टाभित्र समस्या समाधान, नभए दुई दिन निःशुल्क इन्टरनेट : वर्ल्डलिंकको ‘ढुक्कको कनेक्सन’ अभियान सुरु
कर्पोरेट
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
दुई घण्टाभित्र समस्या समाधान, नभए दुई दिन निःशुल्क इन्टरनेट : वर्ल्डलिंकको ‘ढुक्कको कनेक्सन’ अभियान सुरु
वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले ‘ढुक्कको कनेक्सन’ सेवा सुरु गरेको छ।
Whatsapp
ठमेलबाट यसरी समातिए ८७ वर्षीय दक्षिण कोरियाली र भारतीय नागरिक, १५ करोडको कोकिन बरामद
अपराध
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
ठमेलबाट यसरी समातिए ८७ वर्षीय दक्षिण कोरियाली र भारतीय नागरिक, १५ करोडको कोकिन बरामद
प्रहरीका अनुसार दक्षिण कोरियाली नागरिकले आफ्नो ह्यान्ड ब्यागेजभित्र फल्स बटम बनाएर लुकाएको अवस्थामा तीन किलो कोकिन बरामद गरिएको हो। उक्त कोकिन लिन आएक...
Whatsapp
दशौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा कर्णालीमाथि लुम्बिनीको सहज जित
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा कर्णालीमाथि लुम्बिनीको सहज जित
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ६५ रनले पराजित गरेको छ।
Whatsapp
शिक्षाको ऋण तिर्न पूर्वविद्यार्थीको पहल, ४१ जनाको पहलमा अक्षयकोष स्थापना
शिक्षा
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
शिक्षाको ऋण तिर्न पूर्वविद्यार्थीको पहल, ४१ जनाको पहलमा अक्षयकोष स्थापना
प्रधानाध्यापकको कुर्सीमा बसेर विद्यालयको अवस्था नियाल्दा उनलाई एउटा प्रश्नले सधैँ घोचिरहन्थ्यो, आफूलाई शिक्षा दिएर जीवनको बाटो देखाउने विद्यालयका लागि...
Whatsapp
प्रेस स्वतन्त्रताप्रति कम्प्रमाइज हुँदैन : रास्वपा महामन्त्री आचार्य
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
प्रेस स्वतन्त्रताप्रति कम्प्रमाइज हुँदैन : रास्वपा महामन्त्री आचार्य
राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिनकुमार आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति रास्वपा प्रतिबद्ध रहेको बताएका छन्।
Whatsapp
प्रधानमन्त्रीलाई बाबुरामको सुझाव : दुई ठुला छिमेकी अर्थतन्त्रबिच नेपाललाई ‘गतिशील सेतु’ बनाऔँ
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
प्रधानमन्त्रीलाई बाबुरामको सुझाव : दुई ठुला छिमेकी अर्थतन्त्रबिच नेपाललाई ‘गतिशील सेतु’ बनाऔँ
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री बालेन्द्र शाहलाई दुई ठुला छिमेकी अर्थतन्त्रबिच नेपाललाई गतिशील सेतु बनाउने दिशामा अघि बढ्न सुझाव दि...
Whatsapp
यो पनि पढौँ
भारतविरुद्धको दोस्रो टेस्टमा न्युजिल्यान्ड बलियो स्थितिमा
खेल
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
भारतविरुद्धको दोस्रो टेस्टमा न्युजिल्यान्ड बलियो स्थितिमा
आइतबार तेस्रो दिनको खेलको समाप्तिमा २४३ रनको अग्रता बनाएसँगै न्युजिल्यान्डले दोस्रो टेस्टमा पकड बनाएको हो। 
Whatsapp
विना धितो कर्जा र केयर इकोनोमी पोलिसीमा काम अघि बढेको छ : मन्त्री यादव
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
विना धितो कर्जा र केयर इकोनोमी पोलिसीमा काम अघि बढेको छ : मन्त्री यादव
मन्त्री यादवले विना धितो कर्जा, उद्यमशीलता र केयर इकोनोमी पोलिसी जस्ता विषयहरूमा समेत काम अघि बढेको बताए।
Whatsapp
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ किलो थाई गाँजासहित तीन जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ किलो थाई गाँजासहित तीन जना पक्राउ
लागूऔषध नियन्त्रण ब्यूरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ किलो थाई गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।
Whatsapp
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
अभिनेत्री केकी अधिकारीले आफ्नो अनुमति र संलग्नताबिना एउटा गेमिङ एपले नाम र तस्बिर प्रयोग गरेको भन्दै आपत्ति जनाएकी छन्।
Whatsapp
इराकसँगको इरानी आर्थिक सम्बन्धमा ‘विदेशीहरू’ को प्रभाव गलत : इरानी सुरक्षा प्रमुख
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इराकसँगको इरानी आर्थिक सम्बन्धमा ‘विदेशीहरू’ को प्रभाव गलत : इरानी सुरक्षा प्रमुख
इराकसँगको आर्थिक सम्बन्धमा ‘विदेशीहरू’ ले हस्तक्षेप नगर्न इरानी सुरक्षा प्रमुख मोहसेन रेजाइले आइतबार आग्रह गरेका छन्।
Whatsapp
कांग्रेसको जिल्ला अधिवेशनको मिति तय, हिमाली जिल्लामा मंसिरमै निर्वाचन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कांग्रेसको जिल्ला अधिवेशनको मिति तय, हिमाली जिल्लामा मंसिरमै निर्वाचन
पार्टी सभापति गगनकुमार थापाले केन्द्रीय निर्वाचन समितिसँगको परामर्शपछि हिमाली जिल्लामा मंसिर २४ र २५ गते तथा अन्य जिल्लामा पुस ४ र ५ गते जिल्ला अधिवेश...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस