साहसिक खेलमा अन्तराष्ट्रिय विजेता खोटाङका खेलाडी गृह जिल्लामा सम्मानित भएका छन्।
थाईल्याण्डमा सम्पन्न पटकपटकको ‘मुआथाई खेल प्रतियोगिता’मा लगातार ३ पटक जितेर इतिहास बनाएका खेलाडी बरुण घले गुरुङलाई सम्मान गरिएको हो।
जिल्लाको केपिलासगढी गाउँपालिका ४ बाक्सिलाका स्थायी बासिन्दा घलेले थाईल्याण्डका मुआथाई खेलाडीलाई हराउने पहिलो नेपाली हुन्। घलेले माघ ६ गते, २९ गते र फागुन १४ गतेको स्पर्धामा लगातार ३ पटक थाई खेलाडीलाई हराएर इतिहास रचेका छन्। नेपालले थाईल्याण्ड गएर त्यहीँका खेलाडीलाई ‘ह्याट्रिक’ गर्नु ऐतिहासिक सफलता भएको भन्दै गृह जिल्ला, गाउँपालिका र वडाले उनलाई सम्मान गरेका हुन्।
माघ ६ गते थाईल्याण्डको राजादर्मन स्टेडिएममा भएको खेलमा थाई खेलाडीलाई हराउँदै नेपालको पहिलो विजयी खेलाडीको इतिहास रचेका उनले माघ २९ गते थाईल्याण्डकै पटायास्थित मुआथाई स्टेडिएममा भएको अर्को खेलमा पहिलो राउण्डको ४० सेकेन्डमै थाई खेलाडीलाई टेक्निकल नकआउट (टीकेओ) मार्फत हराएर जित दोहोर्याएका थिए। त्यस्तै फागुन १४ गते राजधानी बैंककमा आयोजित ‘रोड शो इपिसोड’मा पनि किक बक्सिङ मेथडमा टिकेओमार्फत नै हराएर ह्याट्रिक गर्न उनी सफल भएका थिए।
उनलाई जिल्लाबासीले बोलाएर सम्मान गरेको हो। फागुन २६ गते वडा नं. ४ बाक्सीलाले सम्मान गरेको उनलाई २७ गते केपिलासगढी गाउँपालिकाले सम्मान गरेको छ। गाउँपालिका उपाध्यक्ष गुरुराज राईले घलेलाई अबिर, खादा, माला र प्रमाणपत्रले सम्मान गरे। उपाध्यक्ष राईले मुआथाई खेलमार्फत नेपाल र खोटाङ जिल्लाको शीर उचो पारेको भन्दै प्रशंसापत्रसहित सम्मानपत्र प्रदान गरेका थिए।
मुआईथाई खेलमा नेपालको पहिलो विजयी खेलाडीको इतिहास बनाउन सफल भएको भन्दै उपाध्यक्ष राईले घलेलाई आगामी दिनमा थप खेलकुद सफलताको कामनाका साथ खेलाडीहरु राष्ट्रको इज्जत र गौरब भएको बताए। त्यसैगरी नेर्पा स्पोर्टस् क्लब नेर्पाले पनि घलेलाई आईतबार सम्मान गरेको छ। सदरमुकाम दिक्तेलमा आयोजित एक कार्यक्रममा खेलाडी घलेलाई क्लबका उपाध्यक्ष विशाल राई, सचिव वीरेन गुरुङ र सदस्य दिगेन्द्र गुरुङले खादा, माला र सम्मानपत्र प्रदान गरे।
नेपालको इरावान मुआथाई फाईट जिममा प्रशिक्षणा दिदै आएका घले हाल बैंककस्थित मेड मुआथाई जिममा तालिम लिईरहेका पनि छन्। हालसम्म मुआथाई खेलको बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता जनाईसकेका घले थाईल्याण्डमा ह्याट्रिक गर्न सफल भएका हन्। मुआथाई खेल साहसिक र खतरनाक खेलमा गनिन्छ। खेल्ने क्रममा कुनै पनि बेला हात खुट्टा भाँचिन सक्ने तथा अनुहार बिग्रने खतरा भएकाले यो खेल उस्तै साहसीले मात्र खेल्ने गरेका छन्।