मुख्यमन्त्री ब्याडमिन्टनको उपाधी प्रिन्स र जेशिकालाई
२८ माघ २०७९
•
५ मिनेट पाठ
मुख्यमन्त्री ब्याडमिन्टनको उपाधी प्रिन्स र जेशिकालाई
इटहरीमा जारी प्रथम मुख्यमन्त्री राष्ट्रिय र्‍याकिङ् खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०७९ को उपाधी पुरुष एकल तर्फ नेपाल पुलिसका प्रिन्स दाहाल र महिला एकल तर्फ एपिएफकी जेशिका गुरुङ्ले जितेका छन्।  




प्रिन्सले त्रिभुवन आर्मी क्लबका प्रफुल महर्जनलाई २३–२१, २१–१५ ले पराजित गर्दै उपाधी उचालेका हुन्। विजय बापत दाहालले नगद ५० हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे। उपविजेता प्रफुलले नगद २५ हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे। तेश्रो स्थानमा पुलिसका बिष्णु कटुवाल र आर्मीका रुकेश महर्जन रहे। बिष्णु र रुकेश प्रत्येकले नगद १०÷१० हजार हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे।

यसैगरि जेशिकाले आर्मीकी अमिता गिरीलाई २१–८, २१–१५ ले पराजित गर्दै उपाधीका साथ नगद ५० हजार सहित हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरिन्। अमिताले दोश्रो भए बापत नगद २५ हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरिन्। तेश्रो स्थान रहेका सेनाकी रशिला महर्जन र कस्तुरी कलेजकी सिमा राजबंशीले नगद १०÷१० हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे।

सुनसरी जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको पुरुष युगल तर्फ पुलिसका बिष्णु कटुवाल र प्रिन्स दाहालको जोडीले जित हात पार्दै उपाधी सहित नगद ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे। कटुवाल र दाहालको जोडीले आर्मीका प्रफुल महर्जन र रुकेश महर्जनको जोडीलाई १९–२१, २१–१३, २१–१४ ले पराजित गर्दै उपाधी उचालेका हुन्। दोश्रो स्थानमा रहेको महर्जन जोडीले नगद १५ हजार र तेश्रो स्थानमा रहेका दीपक बोहरा र सुनिल जोशी तथा पुलिसका जीवन आचार्य र एपिएफका बिजीत थापा मगरको जोडी संयुक्त तेश्रो हुँदै ७ हजार ५ सय सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे।

यस्तै महिला तर्फ सेनाका अमिता गिरी र रशिला महर्जनको जोडीले एपिएफका जेशिका गुरुङ्ग र सुनयना मुखियाको जोडीलाई २१–१०, २१–९ ले पराजित गरे। विजयी जोडीले नगद ३० हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे। उपविजेताले नगद १५ हजार हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे। तृतीय स्थान प्राप्त गरेका झापाकी अन्जना राई र धनकुटाकी अरुणा तामाङ्ग तथा एपिएफकी शोभा गौचन र पुलिसकी निता लम्सालको जोडी प्रत्येकले ७ हजार ५ सय सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे।

मिक्स युगल तर्फको खेलमा आर्मीका प्रफुल महर्जन र रशिला महर्जनको जोडीले आफ्नै क्लबका पविन लिनथेप र अनुमाया राईको जोडीलाई २१–१०, २१–८ ले पराजित गर्दै उपाधीका साथ नगद ३० हजार प्राप्त गरे। उपबिजयी लिनथेप र राईको जोडीले नगद १५ हजार प्राप्त गरे। यस्तै तेश्रो स्थानमा रहेका एपिएफका क्षितीज खनाल र जेशिका गुरुङ्ग तथा पुलिसका जीवन आचार्य र निता लम्सालको जोडी प्रत्येकले नगद ७ हजार ५ सय प्राप्त गरे।  

भेट्रान ४५ बर्ष माथिको स्पर्धामा सागर फिडका भजनलाल चौधरी र श्याम लामाको जोडीले बिजय प्राप्त गर्‍यो। चौधरी र लामाको जोडीले स्पोर्टस् हवका सन बहादुर साम्बा र लाक्पा शेर्पाको जोडीलाई १५–२१, २१–१८, २१–१८ ले पराजित गदै बिजय प्राप्त गरेका हुन्। तेश्रो स्थानमा तेहथुमका गोपाल खपाङ्गी र मदन लिम्बुको तथा दीपक आङ्गदम्बे र बिकास श्रेष्ठको जोडी रहे। बिजयी जोडीले नगद २० हजार, उपबिजयीले नगद १० हजार र तेश्रो हुने जोडी प्रत्येकले नगद ५/५ हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे।  

भेट्रान ५५ बर्ष माथिको खेलमा सुनसरीका गणेश राई र भोजपुरका दान बहादुर तामाङ्गको जोडीलाई पराजित गर्दै गुहाटीका बास्तव नियोग र धादिङ्गका बिष्णु लाल श्रेष्ठको जोडीले बाजी मारे। नियोग र श्रेष्ठको जोडीले राई र तामाङ्को जोडीलाई २१–१०, २१–१९ ले पराजित गरेका हुन्। मोरङ्गका कुमार घले र सुनरीका भोज राज रखालको जोडी तथा कास्कीका रमेश भट्टचनक र ललितपुरका दिल बहादुर कदङ्गवाको जोडी संयुक्त तेश्रो भए। बिजयी जोडीले नगद २० हजार, उपबिजयी जोडीले नगद १० हजार र तेश्रो हुने जोडीले नगद ५ हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे।

छात्र यु ११ तर्फको खेलमा एपिएफका आरुष सिमखडाले भोजपुरका तयाबुङ्ग राईलाई २१–१०, २१–१३ ले पराजित गर्दै बिजयी भए। तेश्रो स्थानमा आर्मीका दीप थिङ् र सप्तरीका संगम राउत रहे। छात्रा तर्फ कास्कीकी निभा राई बिजयी भईन्। भोजपुरकी रितु तामाङ् खुट्टामा चोट बोकी रिटायर्ड हर्ट भएपश्चात निभाले खेल जिजेकी थिईन्। पहिलो सेट ४–२१ ले गुमाएकी रितु दोश्रो सेटमा ५–११ को स्थितीमा खुट्टामा चोट बोक्न पुगि रिटायर्ड भएकी थिईन्। तेश्रो स्थानमा बेलटार ब्याडमिन्टन एकेडेमीकी ईशिता खत्री र सुनसरीकी रिश्ता रावल रहे। बिजयीले नगद १३ हजार, उपबिजयीले नगद ७ हजार र तृतीयले नगद ३ हजार ५ सयका साथ मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे।  

यु १३ छात्र तर्फ आर्मीका रिजन मगरले एपिएफका आरुष सिमखडालाई २१–१७, २१–१२ ले पराजित गर्दै उपाधी उचाले। तेश्रो स्थानमा काठमाडौ ब्याडमिन्टन एकेडेमीका प्रवल श्रेष्ठ र तनहुका सफल भुजेल रहे। छात्रा तर्फ सेनाकी रिहाना शेरचन बिजयी भईन्। उनले पहिलो सेट आर्मीकी टिसारानी शाक्यलाई २१–१४ ले जितेकोमा दोश्रो सेट ११–३ को अवस्थमा टिशा रिटायर्ड हर्ट भए पश्चात सोतः खेल जितेकी थिईन्। तेश्रो स्थानमा आर्मीकी समृद्धि श्रेष्ठ र कास्कीकी निभा राई रहे। बिजयीले नगद १५ हजार, उपबिजयीले नगद ८ हजार र तेश्रोले नगद ४ हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे।  

यु १५ छात्र तर्फ सेनाका कविर केसीले एपिएफका अरुण अधिकारीलाई २१–१२, २१–१४ ले पराजित गर्दै उपाधी उचाले। तेश्रो स्थानमा सुनसरीका संगम गिरी र कैलालीका शिषिर राना रहे। छात्रा तर्फ सेनाकी टिसारानी शाक्य घाईते भएर खेल छोडे पश्चात सेनाकी रिहाना शेरचनले स्वतः प्रतियोगिता जितिन्। तेश्रो स्थानमा बेलटार ब्याडमिन्टन एकेडेमीकी बिकिता आचार्य र कास्कीकी निभा राई रहे। बिजयीले नगद १७ हजार, उपबिजयीले नगद ९ हजार र तेश्रोले नगद ४ हजार ५ सय सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे।  

बिजयी खेलाडीहरुलाई प्रमुख अतिथी नेकपा एमाले १ नं। प्रदेश सभा सदस्य तथा सचेतक माननिय रेवती रमण भण्डारी, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, उपाध्यक्ष चन्द्र शेखर लामा, सुनसरी जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष प्रतिक श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए।
अर्को समाचार
ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल : अश्माङ्क च्याम्पियन, महिलातर्फ अञ्जिला विजेता
२८ मिनेट अघि
•
१ मिनेट पाठ
ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल : अश्माङ्क च्याम्पियन, महिलातर्फ अञ्जिला विजेता
काठमाडौं । गोकर्ण गल्फ क्लबमा आयोजित ‘ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल २०२६’ को उपाधि अश्माङ्क कार्कीले जितेका छन्। आइतबार सम्पन्न दुईदिने प्रतियोगितामा १० ह्यान्डिक्यापमा खेलेका कार्कीले ४२ स्टेबलफोर्ड अङ्क जोड्दै उपाधि हात पारेका हुन्। 




उपाधिसँगै कार्कीले ट्रफी, चन्द्रागिरि हिल्सको प्रेसिडेन्सियल सुइटमा एक रातको बसाइ, डिशहोम फाइबर इन्टरनेटको एक वर्षको सब्सक्रिप्सन तथा प्रतियोगिताको च्याम्पियनलाई प्रदान गरिने प्रतिष्ठित ‘ब्लु ज्याकेट’ प्राप्त गरे।

प्रतियोगितामा ३८ अङ्क जोडेका ब्रिगेडियर जनरल सुभाषजङ्ग थापा काउन्टब्याकका आधारमा उपविजेता बने। 

महिला गल्फतर्फ अञ्जिला योञ्जन ३५ अङ्कसहित विजेता बने भने ३३ अङ्क जोड्नुभएकी तारा कार्की चित्रकार उपविजेता भए।

कूटनीतिक नियोगका गल्फरहरूको विधामा कर्णेल भी. सुब्रमण्यम तथा ६० वर्षमाथिको सिनियर विधामा तेन्डी शेर्पाले उपाधि जिते।

प्रतियोगिताको पहिलो दिनको ट्रफी ३८ अङ्कसहित ऋषि अग्रवालले हात पारे। लङ्गेस्ट ड्राइभतर्फ पहिलो दिन स्वप्निल भट्टराई र दोस्रो दिन विज्ञान राणा विजेता बने। त्यसैगरी, क्लोजेस्ट टु द पिन (पिनसिकर) अवार्ड पहिलो दिन वाङ्चेन ढोन्डुप र दोस्रो दिन तुलसी भट्टले जिते। मोस्ट बर्डिज (बर्डी मास्टर) अवार्ड पहिलो दिन टाशी डोङ र दोस्रो दिन संगम केसीले प्राप्त गरे।

पाँचौँ होलमा ‘होल इन वान’ गरेका गौरव शाहले विशेष पुरस्कार प्राप्त गरे। तर, दसौँ होलमा राखिएको स्कोडा कोडियाक कार भने कसैले जित्न सकेनन्।

ग्लोबल आइएमई बैङ्कको प्रायोजनमा थ्री–क्वार्टर ह्यान्डिक्यापसहित स्टेबलफोर्ड फर्म्याटमा खेलाइएको उक्त प्रतियोगितामा पहिलो दिन ९५ र दोस्रो दिन ८० गरी कुल १७५ गल्फरको सहभागिता रहेको थियो।

विजेताहरूलाई प्रमुख अतिथि नेपाल राष्ट्र बैङ्कका गभर्नर प्रा.डा. विश्वनाथ पौडेल, ग्लोबल आइएमई बैङ्कका अध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल र गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरेले पुरस्कार वितरण गरे।

अन्य सबै विधाका विजेताहरूले समेत चन्द्रागिरि हिल्समा एक रातको बसाइ र डिशहोम फाइबर इन्टरनेटको एक वर्षको प्याकेज प्राप्त गरेका छन्।

मुलुकका सबै ७७ जिल्लामा सञ्जाल विस्तार गर्न सफल पहिलो निजी क्षेत्रको वाणिज्य बैङ्क ग्लोबल आइएमई बैङ्कले हाल ३४१ शाखा, ३६६ एटीएम, १३६ शाखारहित बैङ्किङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र तीनवटा विदेशस्थित प्रतिनिधि कार्यालयमार्फत सेवा प्रदान गर्दै आइरहेको छ।

आधुनिक प्रविधिको उच्चतम प्रयोगमार्फत उत्कृष्ट ग्राहक सेवा प्रदान गर्दै आएको बैङ्क हालै अन्तर्राष्ट्रिय भुक्तानी सेवा संस्था भिसा इन्टरनेसनलको ‘एक्सिलेन्स इन प्रोडक्ट इनोभेसन’ र ‘एक्सिलेन्स इन भ्यालु एडेड सर्भिसेस’ गरी दुई प्रतिष्ठित विधामा सम्मानित भएको छ। साथै, बैङ्कले सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैङ्क नेपाल’ को उपाधिसमेत हासिल गरिसकेको छ।
सुकुमबासीको समस्या पेचिलो बन्दै : सरकार भन्छ उठेर जाऊ, सुकुमबासी भन्छन् जाँदैनौँ
समाज
Clock २ मिनेट अघि | १ मिनेट पाठ
सुकुमबासीको समस्या पेचिलो बन्दै : सरकार भन्छ उठेर जाऊ, सुकुमबासी भन्छन् जाँदैनौँ
भक्तपुरको मध्यपुर थिमि नगरपालिका बोडेस्थित होल्डिङ सेन्टरमा आश्रय लिएर बसेका विस्थापित सुकुमबासी परिवार र सरकारबीचको विवाद थप पेचिलो बन्दै गएको छ।
Whatsapp
इरानले अमेरिकी सेनाविरुद्ध स्टारलिंक प्रयोग गरेको खुलासा भएपछि रिसाए एलन मस्क
अन्तर्राष्ट्रिय
Clock १० मिनेट अघि | १ मिनेट पाठ
इरानले अमेरिकी सेनाविरुद्ध स्टारलिंक प्रयोग गरेको खुलासा भएपछि रिसाए एलन मस्क
अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि इरानले अमेरिकी सेनाविरुद्धको सैन्य अभियानमा स्पेसएक्सको स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवा प्रयोग गरेको...
Whatsapp
नेपाल एक्सेसिबिलिटी समिट भोलिदेखि पोखरामा, १० देशका चार सय बढी सरोकारवाला सहभागी हुने
समाज
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
नेपाल एक्सेसिबिलिटी समिट भोलिदेखि पोखरामा, १० देशका चार सय बढी सरोकारवाला सहभागी हुने
पोखरामा सोमबारदेखि नेपाल एक्सेसिबिलिटी समिट हुने भएको छ।
Whatsapp
ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल : अश्माङ्क च्याम्पियन, महिलातर्फ अञ्जिला विजेता
खेल
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल : अश्माङ्क च्याम्पियन, महिलातर्फ अञ्जिला विजेता
गोकर्ण गल्फ क्लबमा आयोजित ‘ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल २०२६’ को उपाधि अश्माङ्क कार्कीले जितेका छन्।
Whatsapp
काठमाडौंका स्पा सेन्टरमा प्रहरीको छापा, १३ महिलासहित १४ जना नियन्त्रणमा
समाज
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंका स्पा सेन्टरमा प्रहरीको छापा, १३ महिलासहित १४ जना नियन्त्रणमा
व्यावसायिक तथा सार्वजनिक मर्यादाविपरीत गैरकानुनी गतिविधि हुने गरेको सूचनाका आधारमा प्रहरीले विभिन्न स्थानका स्पा सेन्टरमा चेकजाँच गरेको हो।
Whatsapp
५४ हजार नगदसहित जुवा खालबाट १० जना पक्राउ
अपराध
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
५४ हजार नगदसहित जुवा खालबाट १० जना पक्राउ
उयदपुर प्रहरीले जुवा (ताल) खालबाट रंगेहात नगदसहित १० जनालाई पक्राउ गरेको छ।
Whatsapp
यो पनि पढौँ
राप्रपाले आसन्न महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्ने
राजनीति
Clock ४० मिनेट अघि | ० मिनेट पाठ
राप्रपाले आसन्न महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्ने
राप्रपाले आगामी आठौँ महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गरी नेतृत्व चयन गर्ने भएको छ।
Whatsapp
जनादेश प्राप्त सरकारलाई असफल हुने छुट छैन : विश्वप्रकाश शर्मा
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
जनादेश प्राप्त सरकारलाई असफल हुने छुट छैन : विश्वप्रकाश शर्मा
नागरिकमा छाएको निराशा चिर्न राजनीतिक दल देश विकासका सवालमा एकमत हुनुपर्नेमा उनले जोड दिए।
Whatsapp
नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष पोखरेलद्वारा कांग्रेस लुम्बिनीको महामन्त्रीमा उम्मेदवारी घोषणा
राजनीति
Clock ४६ मिनेट अघि | ० मिनेट पाठ
नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष पोखरेलद्वारा कांग्रेस लुम्बिनीको महामन्त्रीमा उम्मेदवारी घोषणा
नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष विपुल पोखरेलले नेपाली कांग्रेस लुम्बिनी प्रदेशको महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्।
Whatsapp
दोस्रो रात्रिकालीन सडक दौड पुस १० गते हुने
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
दोस्रो रात्रिकालीन सडक दौड पुस १० गते हुने
पर्यटनको राजधानी पोखरामा आगामी पुस दोस्रो साता रात्रिकालीन सडक दौड ‘पोखरा नाइट स्ट्रिट रेस–२०२६’ आयोजना हुने भएको छ।
Whatsapp
दशौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटतर्फ आर्मी दोस्रो चरणमा प्रवेश, एनआरएनए बाहिरियो
खेल
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटतर्फ आर्मी दोस्रो चरणमा प्रवेश, एनआरएनए बाहिरियो
सुर्खेतमा जारी दशौं राष्ट्रिय खेलकुदको पुरुष क्रिकेटमा नेपाल आर्मी दोस्रो चरण प्रवेश गर्दा एनआरएनए टोली भने लिग चरणबाटै बाहिरिएको छ ।
Whatsapp
दशौं राष्ट्रिय खेलकुद: महिला बास्केटबलको उपाधि एपीएफ र आर्मीलाई
खेल
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद: महिला बास्केटबलको उपाधि एपीएफ र आर्मीलाई
दशौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला बास्केटबलको उपाधि एपीएफ र नेपाल आर्मीले आइतबार हात पारेका छन् ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस