फुपुको उकासिएको मनोबल
१८ साउन २०७३
•
९ मिनेट पाठ
फुपुको उकासिएको मनोबल
काठमाडौं- हुने बिरुवाको चिल्लो पात। फुपुल्हामु खत्रीलाई यो पुरातन टुक्का ठ्याक्कै सुहाउँछ। बाल्यकालमा सबै चन्चल हुन्छन् नै। मनै चुलबुल हुन्छ। जे राम्रो लाग्यो त्यसमै मन भुल्छ। तर, फुपु भिन्न थिइन्सानैबाट। जुडो बाहेक केहीले फुपुलाई लोभ्याउन सकेन। र त उनी रियो ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्दैछिन्, राष्ट्रको झन्डा बोक्ने जिम्मेवारीसहित।




‘फुपु सानैबाट फरक स्वभावकी थिइन्। यहाँ जुडो बाहेक पनि मार्सल आर्ट्सका थुप्रै खेल हुन्छन्। अझै प्राय बच्चाहरू जिम्न्यास्टिकमा आकर्षित हुन्छन्,’ बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्रमा फुपुलाई प्रशिक्षण दिएका धर्मकुमारश्रेष्ठ सम्झन्छन्, ‘तर फुपुको ध्यान अन्य खेलले तान्न सकेन। उनी सधँै जुडोमै रमाइन्। अन्य बच्चाभन्दा फरक थिइन्। केही गर्नुपर्छ भन्ने भाव उनमा देखिन्थ्यो।’

ताप्लेजुङ लेलेप स्थायी घर भएकी २२ वर्षीया फुपु चार वर्षयता सिनियर टोलीबाट खेल्छिन्। स्नातक तहमा अध्ययनरत फुपुले एक वर्षअघि हङकङमा भएको ओलम्पिक र्‍याङकिङ जुडोमा रजत पदक जितेकी थिइन्। त्यही वर्ष मकाउमा पनि जेयुए क्याडेट जुनियर च्याम्पियनसिपमा कांस्यजितिन्। भारतमा सम्पन्न १२औं सागमा नेपालले कुल तीन स्वर्ण पदक जित्दा एउटामा फुपुको नाम थियो।

सागमा श्रीलंकाका डिवाइएल वाजेवर्द्धने, बंगलादेशकी कान्ता र पाकिस्तानकी अब्रिन मसिहलाई इप्पोन(नकआउट)बाट हराएकी फुपुले अन्तिम चरणमा भारतकी सुनीवाला देवीलाई पराजित गरी स्वर्ण जितेकी थिइन्। त्यही स्वर्णकै कारण उनलाई नेपाल ओलम्पिक कमिटीले रियो ओलम्पिकमा झन्डा बोक्ने जिम्मा दिएकोछ।

जीवन सधँै सरल रेखामा हिँड्ने भए सायद संघर्ष शब्दको जन्म हुने थिएन। फुपुको जीवनले पनि सरल मोड लिएन। उनलाई खेलमा लाग्न प्रेरित गर्ने बुवालाई असामयिक रूपमा गुमाइन्। टे्रकिङ पेशामा आबद्ध दोर्जे लामा खत्री छोरीलाई पनि खेलमार्फत सगरमाथाको उचाइँमा पुर्‍याउन चाहन्थे। तर, फुपु त्यो सफलतामा पुगिरहँदा बुवा भने जीवित रहेनन्। २०७१ वैशाखमा सगरमाथाको हिमपहिरोमा परेर दोर्जेको निधन भएको थियो।

‘आज मेरो बुबाको सपना पूरा भएको छ। देशका लागि जित्नुपर्छ भन्नुहुन्थ्यो। आज बुबा हामीमाझ रहनुभएनतर उहाँको मार्गदर्शनले मलाई डोहोर्‍याइरहेको छ,’रियो जानुअघि बुबा सम्झँदै फुपु भावुक भइन्,‘ओलम्पिक सबैको सपना हो। ९ वर्षको मिहिनेतपछि यो अवसर पाएकी छु। राम्रो गर्छु भन्ने विश्वास छ।’

फुपु ओलम्पिकमा जुडोबाट नेपालको प्रतिनिधित्व गर्ने चौथा खेलाडी हुन्। महिलातर्फ भने दोस्रा। यसअघि जुडोबाट गंगाराम डंगोल, ऋषिराम प्रधान र देवु थापाले ओलम्पिक खेलिसकेका छन्। बेइजिङ ओलम्पिक खेलेकी देवुले अहिले प्रशिक्षकको रूपमा फुपुको कला तिखारिरहेकीछन्। देवु पनि फुपुले राम्रो गर्नेमा विश्वस्त छिन्।‘ओलम्पिकमा पदक हाम्रो आशा होइन। यहाँसम्म नै हामीले धेरै कठिनाइ पार गर्नुपर्छ। हामी त्यो स्तरमा छैनौं,’ प्रशिक्षक देवुले भनिन्, ‘तर फुपुमा जुनुुन छ। त्यसैले राम्रो प्रदर्शन गर्नेमा म विश्वस्त छु। उनी सधैँ सिक्नतत्पर रहन्छिन्। रातको १० बजे पनि मलाई फोन गरेर कमजोरी कसरी सुधार्ने होला भनेर चिन्ता गरिरहन्छिन्। मलाई टेक्निकहरू सिकाइदिनू म सुतेर भए पनि सम्भि्करहन्छु भन्छिन्।’

आफूले नपाएको सफलता चेलीबाट हासिल गर्न चाहन्छिन् देवु। ओलम्पिकमा कुनै पनि खेलाडी पूरा समय टिक्न सकेका छैनन्। सबैभन्दा धेरै टिक्नेमा पर्छिन देवु। बेइजिङ ओलम्पिकमा उनी २ मिनेट टिकेकी थिइन्। फुपु पूरा ५ मिनेट टिकोस भन्ने चाहना छ देवुको। चाहनामात्र होइन, फुपुको प्रतिवद्धता देख्दा उनको विश्वास पनि बढ्न थालेको छ।

‘पछिल्लो समय फुपुले धेरै सुधार गरेकी छिन्। हङकङ जानुअघिसम्म पनि उनी त्यति राम्रो थिइनन् तर अहिले सबै पक्षमा उनले सुधार गरेकी छन्। उनको मनोबल पनि बढेको छ,’बेइजिङमा ताइपेइ खेलाडीसँग पराजित भएकी देवुले थपिन्, ‘सबै प्रशिक्षकको चाहना हुन्छ आफूले नपाएको सफलता चेलाबाट पाउने। मेरो पनि चाहना छ कि उनी कम्तीमा ५ मिनेट टिकोस्।उनले सागमा स्वर्ण जितेर मलाई खुसी पारिसकेकी छिन्। अब ओलम्पिकमा पनि राम्रो गर्नेमा म विश्वस्त छु।’

फुपु पनि आफ्नो लक्ष्यमा दृढ छिन्। जुडो संघले बिदाइ गरेको कार्यक्रममा विश्वस्त देखिएकी फुपुले उच्च मनोबलसाथ प्रतिस्पर्धा गर्ने बताइन्, ‘ओलम्पिक सपना पूरा हँुदैछ। पाँच मिनेट टिक्नु पहिलो लक्ष्य हो। त्यसमै मेरो ध्यान केन्द्रित गरेकी छु। म्याटमा छिर्ने बित्तिकै अंक गुमाउँदिनँ।कुमिकाता, मदेशिनाई (जुडोको भाषा)मेरो राम्रो पक्ष हो यसको भरपूर सदुपयोग गर्नेछु।’

११ दिनअघि एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा उत्कृष्ट महिला खेलाडी बनेकी फुपुले ओलम्पिकको छात्रवृत्तिमा १ वर्ष हंगेरीको बुढापेस्टमा प्रशिक्षण गरेकी थिइन्। उक्त प्रशिक्षणले आफ्नो प्रदर्शनमा सुधार आएको बताउछिन् फुपु। त्यहाँ सँगै प्रशिक्षण गरेकाहरू पनि ओलम्पिकमा छनोट भएका छन्। स्तरीय खेलाडीसँग खेल्न पाउँदा आफ्नो स्तर र मनोबल बढेको बताउँछिन् उनी।

‘हंगेरीको तालिमपछि क्विकनेस आएको छ। जिउमा लचकता बढेको छ। प्राविधिक रूपमा पनि धेरै सुधार आएको छ,’ फुपुले थपिन्, ‘पहिले नेपालीहरूसँग खेल्न पनि गाह्रो हुन्थ्यो अहिले त्यो अवस्था छैन। मनोबल बढेको छ। मसँगै प्रशिक्षण गरेका ५/६ जना ओलम्पिकमा पनि छनोट भएका छन्। उनीहरूको लक्ष्य पदक जित्ने हो। त्यसले उनीहरूसँग खेल्न पाँउदा मेरो स्तरमा पनि सुधार आएकोछ।’

बुढापेस्टमा भएको हंगेरी ओपन जुडो च्याम्पियनसिपमा कांस्य जितेकी फुपुले त्यही भएको खुला जुनियर जुडो च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन्।
अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
७ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।




यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस