पोखरा- विभागीय टोली त्रिभुवनआर्मी क्लब१४ औं आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनल पुगेका छ। पोखरा रंगशालामा बिहीबार आर्मीले जावलाखेल युथ क्लबलाई २–० लेपराजित गरेको थियो। आर्मीको जितमाजितेन्द्र कार्की र दीपक गुरुङले गोल गरेका थिए। खेलको १० औं मिनेटमा पेनाल्टीमार्फत जितेन्द्रले गोल गर्दैआर्मीलाई अग्रता दिलाए। जावलाखेलका कालु थापाले आर्मीका राजीव गुरुङलाई डी एरियामा लडाएपछि आर्मीले पेनाल्टीअवसर पाएको हो।
अर्को गोल पाँच मिनेट थपिएको इन्जुरी समयको चौथो मिनेटमा दीपकले एक्लो प्रयासमा गरेका थिए। डी बक्सनजिकैबाट सेकेन्डबार च्याप्दै उनले प्रहार गोलमा परिणत भयो। दीपक नै म्यान अफ दी म्याच भए। आर्मीले अब थ्रीस्टार क्लबसँग खेल्नेछ।
खेलको नवौं मिनेटमै आर्मीका टंक बस्नेतले क्रस गरेको बलराजीव गुरुङले प्रहार गर्दा जावलाखेलका गोलरक्षक दिलीप क्षेत्रीले मुस्किलले जोगाए।
जावलाखेलले पनि पाएका केही अवसर उपयोग गर्न सकेन। तेस्रो मिनेटमै जावलाखेलका अनिल गुरुङको लामो प्रहार आर्मीका विकास तामाङले रोक्न खोज्दा आर्मीका गोलरक्षक सुशील श्रीवास्तव बिट भएका थिए। तर, खालि पोस्टमा जावलाखेलका पेमा लेन्डुप शेर्पा गोल गर्नबाट चुक्दा टोलीले अग्रता लिने मौका गुमायो। त्यस्तै ५३ औं मिनेटमा अनिललेगोलरक्षक श्रीवास्तव बिट भएको अवस्थामा गरेको प्रहारलाई आर्मीकै दीपक गुरुङले क्लियर गरिदिए।
जावलाखेलका प्रशिक्षक राजकुमार केसीले दुई वर्षपछि टिम प्रतिस्पर्धात्मक खेलका लागि मैदान आएकाले सेट हुन नसकेको बताए। लिगको'सुपर सिक्स' मा नपर्दा हामी दुई वर्षदेखि सक्रिय भएर खेलेका थिएनौं। २० वर्षमुनिका खेलाडी लिएर खेल्न आउँदा सेट हुन सकिएन,' उनले भने, 'टिमसेट हुन नसक्नु टोलीको पराजय हो।'
प्रशिक्षक केसीले आर्मीको पेनाल्टी नै 'टर्निङ प्वाइन्ट' भएको बताए।'मेरो रणनीतिअनुसार खेलाडीले खेलेका हुन्। तर पाएका सीमित अवसर उपयोग गर्न नसक्नु कमजोरी रह्यो,' उनले भने।
आर्मीका प्रशिक्षक मेघराज केसीले यो सिजनपहिलो खेल खेल्दा टोलीलाई 'रिकभरी' हुन समय लागेको बताए। लिग खेलेको करिब ४ महिनापछि टिम मैदानमा ओर्लेको बताउँदै उनले भने,'लिगपछि करिब चारमहिना ग्याप रह्यो। त्यसले सुरुमा रिकभरी हुन समय लाग्यो,' उनले भने, 'सिजन फेरिएपछि सुरुमा खेल्न केही गाह्रो हुन्छ।'
थ्री स्टारसँगको खेलमा अझ मिहिनेत गर्नुपर्ने प्रशिक्षक केसीले बताए। 'थ्रीस्टारबाट अब को–को खेलाडी खेल्छन् भन्ने थाहा हुन्न। एक सिजन सकिएर अर्काेमा खेल्दा क्लबमा ९० प्रतिशत खेलाडी परिवर्तन हुन्छन्। त्यही भएर हामी आफ्नै तरिकाले खेल्ने योजनामा छौं,' आर्मी प्रशिक्षक केसीले भने, 'जहिले खेलेपनि विपक्षीसँग भिड्दा मिहिनेत चाहिन्छ। हामीले थप मिहिनत गर्नुपर्नेछ।'
शुक्रबारको खेल
झापा–११ विरुद्ध पुलिस क्लब