वन्यजन्तुसँग साक्षात्कार गराउँदै कुम ठाकुर
०८ असार २०८३
•
३ मिनेट पाठ
वन्यजन्तुसँग साक्षात्कार गराउँदै कुम ठाकुर
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अवलोकन भ्रमणका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइँमा पर्ने गरेका छन्, यहाँका कुम ठाकुर। परिपक्व अनुभव बटुलेका कारण पर्यटकको रोजाइँमा उनी परेका हुन्।




कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ नयाँबस्तीका ३७ वर्षीय ठाकुर ‘नेचरगाइड’ हुन्। “सिनियर नेचर गाइड भएकाले शुक्लाफाँटामा पर्यटक लिएर जानेमध्ये अग्रस्थानमै पर्छु।” ठाकुरले भने, “विदेशमा पसिना बगाएर दुःख गर्नुभन्दा घरआगँनमै पर्यटकलाई वन्यजन्तु र पर्यावरणसित साक्षात्कार गराउन पाउँदा खुसी छु।”

नेचरगाइड एसोसिएसन शुक्लाफाँटाको अध्यक्षसमेत रहेका ठाकुर शुक्लाफाँटाबारे निकै जानकार भइसकेका नेचरगाइड हुन्। “२००९ मा मलेसिया गएको तीन वर्षपछि सन् २०१२ को अन्तिमतिर फर्किएर नेचरगाइडको काममा लागेँ”, उनले भने, “१३ वर्षदेखि निरन्तर शुक्लाफाँटा निकुञ्जमा नेचरगाइडका रूपमा काम गर्दैछु।”

सन् २००७ मा नेचरगाइड तालिम लिएका ठाकुरले गर्मी याममा शुक्लाफाँटामा धेरै वन्यजन्तु सहजै देख्न सकिने बताउँछन्। “पर्यटकलाई कुन क्षेत्रमा कुन वन्यजन्तु भेटिन्छ भन्नेबारे थाहा भएअनुरूप नै घुमाउँछु”, उनले भने, “शुक्लाफाँटा निकुञ्ज दुर्लभ वन्यजन्तु र वनस्पतिका लागि प्रख्यात छ।” उनले यहाँ चरा हेर्न धेरै विदेशी पर्यटक आउने गरेको बताए।

नेचर गाइडसँगै फोटोग्राफरको समेत काम गरिरहेका ठाकुरले प्रायः शुक्लाफाँटामा पाइने वन्यजन्तुको तस्बिर/भिडियो पनि कैद गरेका छन्। “चर्चित फोटोग्राफरदेखि मोडल, कलाकार, भ्लगरलाई यहाँ घुमाएको छु”, उनले भने, “चरा हेर्न आउने विदेशी पर्यटक यहाँको माहोलमा रमाइलो मानेर जान्छन्।”

शुक्लाफाँटाको अवस्था, वस्तुस्थिति र भूगोलबारे जानकार भइसकेका ठाकुरले गर्मी मौसममा महिनामा १० देखि १५ पटक पाटे बाघ देखिने गरेको बताए।

यहाँ बढी संख्यामा पर्यटक फागुनदेखि जेठ अन्तिमसम्म आउने गरेका छन्। “कोभिडपछि केही समय पर्यटक आवागमन प्रभावित भयो। दसैँतिहारका बेला पनि यहाँ अवलोकनका लागि जानेको लर्को हुन्छ। फोटोग्राफर र वर्डवाचरलाई धेरै आउँछन्। चार सय ६५ भन्दा बढी प्रजातिका चराचुरुङ्गी यहाँ छन्”, उनले भने, “आन्तरिक पर्यटक बाघ र बाह्य पर्यटक चरा हेर्न बढी रुचाउँछन्। बाह्रसिङ्गे भनेर हेर्न आउने पर्यटकको सङ्ख्या पनि छ।”

शुक्लाफाँटा जङ्गल कटेजमा कार्यरत ठाकुरले नेचरगाइडको कामबाट मासिक २५ देखि ३० हजार आम्दानी हुने गरेको बताए। “यहाँ जीप सफारी र जङ्गल वाक मात्र छ। भविष्यमा थप योजना ल्याउन सके पर्यटक बढी भित्रिन्छन्”, उनले भने, “पर्यावरणमा रमाउने बानी परेका पर्यटकका लागि शुक्लाफाँटा उत्कृष्ट गन्तव्य हो।”

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मुल रहेको मझगाउँ र नयाँ बस्ती क्षेत्रमा मात्रै १०/१२ जना नेचरगाइड भूमिकामा काम गर्छन्। “जुनियर गाइडको एक हजार र चरा हेर्न जाने पर्यटकबाट दुई हजार रुपैयाँभन्दा माथि आम्दानी हुन्छ”, उनले भने।

तीन सय पाँच वर्गकिलोमिटरमा रहेको शुक्लाफाँटामा आहरा प्रजाति प्रशस्त छ। नेचरमा अध्ययन खोज्नेको उचित ठाउँ पनि हो।” मुलुकमै ठूलो घाँसे मैदान र थोरै क्षेत्रफलमा धेरै दुर्लभ वन्यजन्तु र वनस्पति वन्यजन्तु हेर्न मिल्ने भएकाले यहाँ भ्रमण गर्ने स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या बढिरहेको छ।

उनले बाघ यहाँको रानीताल, बाबाताल, सालगौडी ताल, चौधर खोला, शिकारी ताल, घाँसे मैदान र बर्कौला क्षेत्रमा बढी देखिने गरेको बताए।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
४ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस