भाइटीकाका दिन काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा असिनासहित वर्षा भएको छ। बुधबार दिउँसो अचानक मौसम बदली भई वर्षा भएपछि चाडपर्वको चहलपहलमा सामान्य असर पुगेको छ।
काठमाडौं उपत्यकाका साथै धादिङ र नुवाकोटका विभिन्न भागमा समेत असिनापानी परेको छ।
दिउँसो परेको असिनापानीका कारण सडकमा सवारी आवागमन सुस्त हुनुका साथै टीका लगाउन हिँडेका सर्वसाधारणलाई केही असहज भएको थियो।
वर्षाले उपत्यकाको जनजीवन सामान्य प्रभावित बनेको छ।
नेपाल प्रहरी प्रधान कार्यालयले फौजदारी अपराधको अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना तथा विवरण अनधिकृत रूपमा चुहावट गर्ने बहालवाला तथा पूर्वप्रहरी कर्मचारीमाथि विभागीय र कानुनी कारबाही गर्ने चेतावनी दिएको छ।
अनुसन्धानका गोप्य विवरण विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आउन थालेपछि कार्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
प्रहरी महानिरीक्षकको सचिवालयअन्तर्गत केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै गोप्य सूचना चुहावटले शंकित व्यक्तिको वैयक्तिक गोपनीयतामा असर पारेको उल्लेख छ।
यसले अनुसन्धान प्रक्रियाको निष्पक्षता, संवेदनशीलता र प्रहरीको सांगठनिक गरिमामा समेत आँच पुऱ्याएको कार्यालयको ठहर छ।
कार्यालयले नेपाल प्रहरीमा कार्यरत तथा सेवाबाट अलग भइसकेका सम्पूर्ण कर्मचारीलाई अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, विवरण, लिखत तथा विद्युतीय अभिलेख अनधिकृत रूपमा कसैलाई उपलब्ध नगराउन र सार्वजनिक नगर्न निर्देशित गरेको छ।
यस्ता कार्यमा प्रत्यक्ष वा अप्रत्यक्ष संलग्न नहुन र नगराउन समेत सचेत गराइएको छ।
पूर्व वा बहालवाला कुनै पनि प्रहरी कर्मचारी यस्ता गैरकानुनी तथा अनुशासनविपरीत गतिविधिमा संलग्न रहेको पाइएमा कारबाही गरिने विज्ञप्तिमा उल्लेख छ।
साथै, यस्ता कार्यलाई प्रोत्साहन, सहयोग वा सहजीकरण गरेको पाइएमा प्रचलित कानुन र संगठनको नीतिगत व्यवस्थाबमोजिम छानबिन गरी विभागीय तथा कानुनी कारबाही गरिने कार्यालयले जनाएको छ।
फौजदारी मुद्दाको अनुसन्धानका क्रममा संकलन गरिएका गोप्य सूचना, लिखत, प्रमाण तथा विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबिना अनधिकृत व्यक्ति वा सञ्चारमाध्यमलाई उपलब्ध गराउनु, सार्वजनिक गर्नु वा चुहावट गर्नु प्रचलित कानुन र प्रहरी आचरणविपरीतको गम्भीर कसूर हुने विज्ञप्तिमा जनाइएको छ।
प्रहरी नियमावली, २०७१ को नियम ७१ (आचरण सम्बन्धी व्यवस्था) उल्लङ्घनको कसूरमा नियम १०९ र ११३ तथा मुलुकी अपराध संहिता, २०७४ को दफा ९२ (३), (४) र (५) बमोजिम गोप्य सूचनाको अनधिकृत खुलासा र दुरुत्साहनमा कारबाही हुने व्यवस्था छ।
कार्यालयले सबै प्रहरी कर्मचारीलाई पदीय मर्यादा, व्यावसायिक आचरण, अनुशासन र सांगठनिक जिम्मेवारीप्रति सदैव सचेत र जिम्मेवार रहन अनुरोध समेत गरेको छ।
नेपाल प्रहरी प्रधान कार्यालयले फौजदारी अपराधको अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना तथा विवरण अनधिकृत रूपमा चुहावट गर्ने बहालवाला तथा पूर्वप्रहरी कर्मचा...
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
जलवायु परिवर्तनका कारण बढ्दै गएको बाढी, पहिरो, अत्यधिक तापक्रम, जलस्रोत संकट र वायु प्रदूषणका चुनौती सामना गर्न काठमाडौं महानगरपालिकाले सात बुँदे प्रत...