ग्रामीण सडकमा सधैँको सास्ती
०६ असोज २०८२
•
३ मिनेट पाठ
ग्रामीण सडकमा सधैँको सास्ती
सांकेतिक तस्बिर
बागलुङ जिल्लाकै सबैभन्दा विकट गाउँ नर्जाखानी तीन महिनादेखि सिधा सडक सञ्जालसँग टुटेको छ।  

दसैँ नजिकिएसँगै सहर बजार र विदेश गएका आफन्त गाउँ फर्किन थाले। उनीहरूले लिएर आएको कोसेली पनि घरमा सजिलै पुग्न पाएका छैनन्। स्थानीय घण्टौँ पैदलयात्रा गरेर गन्तव्यमा पुग्नुपर्ने बाध्यता छ। खोलामा गाडी नतर्ने र पहिरोले पुरिएको सडकमा पैदलयात्रा पनि निकै कष्टकर हुँदा नर्जाखानीका नागरिकले वर्षौँदेखि सास्ती खेप्नुपरेको छ।  

तमानखोला गाउँपालिका–६ मा पर्ने नर्जाखानी पुग्न आधा दर्जन स्थानमा खोला तर्नुपर्छ। तर ती खोलामा पुल नबन्दा बर्खाको करिब चार महिना यातायात ठप्प हुने गरेको छ। स्थानीय तह स्थापनापछि सडकले जोडिएको नर्जाखानीका स्थानीय अहिले पनि दैनिक उपभोग्य सामान बोकेरै उपभोग गर्छन्।  

गाउँपालिकाको केन्द्र बोङ्गादोभान बजारदेखि नर्जाखानीसम्म बाह्रैमहिना सडक सञ्चालन गर्न पाँच स्थानमा मोटरेबल पुल निर्माण गर्नुपर्छ। अहिलेसम्म कुनै पनि स्थानमा पुल नबन्दा स्थानीय मर्कामा छन्। नर्जाखानीसँगै पात्ले र भित्रिवन गाउँ अहिले सडक सञ्जालभन्दा टाढा छन्। तीन महिनाभन्दा बढी समय सडक बन्द हुँदा गाउँमा सामान ढुवानी गर्न समस्या भएको स्थानीय तमबहादुर छन्त्यालले बताए। सडकले हिउँदमा धेरै सुविधा दिए पनि बर्खामा समस्या मात्रै बनाएको उनको भनाइ छ।  

उनले भने, ‘सडकमा ठूला–ठूला पहिरो आएर बसेको छ, खोला उर्लिएर गाडी हिँड्ने ठाउँमा पुगेको छ, दसैँ आयो, सडक खुलेन, हामीहरू धेरै मर्कामा छौँ, चाडवाडका बेला बजारबाट गाडीमै सामान ल्याउन पाए कति सजिलो हुने थियो, पाँच/छ घण्टा बोकेरै ल्याउनुपर्छ, खोलामा पुल बने त गाउँमै गाडी आउँथ्यो होला।’  

बर्खामा गाडी नचल्दा बिरामीलाई अस्पताल पुर्‍याउन र यात्रा गर्न सबैभन्दा बढी समस्या हुने गरेको तमानखोला गाउँपालिका–५ का अध्यक्ष चित्रहादुर छन्त्यालले बताए। यहाँका धेरै गाउँ खोला पार गरेपछि मात्रै पुग्न सकिने हुँदा अहिलेसम्म एउटा पनि बन्न नसकेको उनको भनाइ छ। खोलामा पानीको बहाव नघट्दा ठाउँ–ठाउँमा पहिरोले पुरिएको सडकसमेत खुलाउन नसकिएको उनले बताए।  

तमानखोलाका अध्यक्ष जोकलाल बुढा मगरले भौगोलिक विकटताका कारण एक गाउँदेखि अर्को गाउँमा पुग्न धेरै ठाउँमा खोला पार गर्नुपर्ने जनाउँदै पुल नहुँदा नागरिकले समस्या भोग्नुपरेको बताए। खोलामा पानीको बहाव कम भएपछि सडक सञ्चालनमा ल्याउने योजना बनाए पनि वर्षा नरोकिएको हुँदा दसैँ अगाडि सबै सडक सञ्चालनमा आउने सम्भावना कम रहेको उनको भनाइ छ। बर्खाका लागि स्थानीयले हिउँदमै सामान खरिद गरेर राख्नुपर्ने अवस्था रहेको भन्दै हिउँदमा खरिद गरेर राखेको सामानको म्याद बर्खाभरिमा गुज्रिसक्ने उनले बताए।  

उनले भने, ‘दसैँ तिहार आयो, सबै सडक खुलाउने तयारी गरिरहेका छौँ, तर खोलामा पानीको सतह नघट्दा दसैँ अगाडि सबैँ ठाउँमा गाडी चल्ने सक्ने सम्भावना कम छ, तमानखोलामा धेरै खोला छन्, एक गाउँदेखि अर्को गाउँसम्म पुग्न खोला तर्नुपर्छ, सबै ठाउँमा मोटरबाटो त पुर्‍यायौँ,’ उनले भने, ‘तर मोटरेबल पुल निर्माण गर्न सकेका छैनौँ, एउटै पुल निर्माण गर्न करोडौँ बजेट लाग्छ, त्यो बजेट पालिकासँग हुँदैन, केही ठाउँमा त बने अझै एक दर्जन पुल बनाउन सके पालिकाभर बाह्रैमहिना सडक सञ्चालन गर्न सकिने थियो।’  

चार वर्ष अगाडिसम्म बुर्तिबाङ बजारदेखि बोङ्गादोभानसम्म पुग्न दुई स्थानमा गाडी परिवर्तन गर्नुपर्थ्यो। ढोरपाटन नगरपालिका–४ हुद्राफेँदी र भालिबाङ खोलामा मोटरेबल पुल निर्माण भएपछि बाह्रैमहिना यातायात सञ्चालन हुन थालेको छ। अहिले पालिकाको केन्द्रदेखि वडा नं २ को खोलेस्बाङबाहेक, वडा नं ५ को खुङ्खानीबाहेक अन्य वडामा बर्खामा सिधा यातायात सञ्चालन हुन सक्दैन।  

वडा नं ३ को तमान, वडा नं ४ को लाम्मेला गाउँ हुँदै म्याग्दी पुग्न ढोमइघाट र शेर्माखोला घाटमा पुल आवश्यक भए पनि यहाँ अहिलेसम्म पुल बनेको छैन। वडा नं २ को बोङ्खानी, मुठाचौर लगायतका गाउँसम्म पुग्न बोङ्खानीघाटमा मोटरेबल पुल बनेपछि यस वर्षदेखि सवारी सञ्चालन हुन थालेका छन्। रासस
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
३ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस