विकासको अगुवाइ गर्ने नेतृत्व पर्खिरहेको बागलुङ–२
१६ माघ २०८२
•
५ मिनेट पाठ
विकासको अगुवाइ गर्ने नेतृत्व पर्खिरहेको बागलुङ–२
बागलुङ दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा बाँडिएको छ । जसमध्ये क्षेत्र नं. २ ले पश्चिम बागलुङलाई समेटेको छ । भौगोलिक विकटता, गरिबी, बेरोजगारी, अशिक्षा जस्ता समस्यासँग जुधिरहेको यस क्षेत्र विकासको पर्खाइमा छ । प्रचुर सम्भावना भएर भौतिक विकासमा पछि परेको यहाँका मतदाता दुरगामी दृष्टिकोणसहित विकासको अगुवाइ गर्ने नेतृत्वको खोजीमा छन् ।  

बहुदलपछिका सात वटा आम निर्वाचनमा मत दिएर जिताएका राजनीतिक दल र उम्मेदवारले अपेक्षित रुपमा काम गर्न नसक्दा यस क्षेत्र विकासमा पछाडि परेको जनगुनासो छ । यस क्षेत्रलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने बागलुङ–घोडाबाँधे सडक मार्ग खुलेको २५ वर्ष बितिसक्दा कोलोपत्र हुन नसक्नु त्यसकै एक दृष्टान्त हो । दुई दशकदेखि चर्चामा रहेको र सरकारले निर्माण घोषणा गरेको उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजनाले गति लिन नसकेकामा स्थानीवासी असन्तुष्ट छन् ।  

ठूला र रुपान्तरणकारी योजना तत्काल कार्यान्वयनमा आउन नसके पनि जनजीविकासँग सम्बन्धित समस्या छिटो सम्बोधन हुनुपर्ने मतदाताको माग छ । निर्वाचनताका बाँडेका आश्वासन नेताहरुले पूरा गरुन् भन्ने उनीहरु चाहन्छन् । मध्यपहाडी लोकमार्गले यातायात सेवामा केही सहजता ल्याए पनि यस क्षेत्रका ग्रामीण सडक भने अझै नाजुक अवस्थामा छन् । कतिपय वडामा बाह्रैमास यातायात सञ्चालन गर्न नसकिने अवस्था छ । राष्ट्रिय राजमार्गमा जोडिए पनि यस क्षेत्रमा आर्थिक गतिविधि न्यून छ ।  

स्वास्थ्य र शिक्षामा पहुँचको दृष्टिले बागलुङ–२ का बासिन्दा पछाडि छन् । भौगोलिक विकटताका कारण ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिकालगायत स्थानीय तहमा स्वास्थ्य सेवामा सर्वसाधारणको सहज पहुँच छैन । सबै नागरिकलाई आधारभूत शिक्षा र स्वास्थ्य सेवा पुर्‍याउन राज्यले गरेको प्रयास यस क्षेत्रमा अपर्याप्त देखिन्छ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माका अनुसार भौगोलिक विकटता र सचेतनाको कमी आदि स्वास्थ्य क्षेत्रका चुनौती हुन् ।  

मातृ तथा नवशिशु स्वास्थ्यका दृष्टिले निसीखोला र ढोरपाटन जिल्लाकै कमजोर छ । ती दुई स्थानीय तहमा घरमै हुने सूत्केरीको दर बढी छ । गत आवको आँकडा अनुसार निसीखोलाका १६ आमाले घरमै सुत्केरी गराएको जनस्वास्थ्य निरीक्षक शर्माले जानकारी दिइन । बालबालिकाको विद्यालय छोड्ने दर पनि यही क्षेत्रमा बढी छ । पढाइ बीचमै छाडेर रोजगारीका लागि भारतलगायत मुलुकमा जान यहाँका युवा विवश छन् । गरिबी र विपन्नता यस क्षेत्रको अर्को समस्या हो । व्यावसायिक कृषि, पशुपालन, पर्यटन, खनिज आदिमा अथाह सम्भावना भएपनि स्थानीयवासीको जीवनयापन गुजारामुखी छ ।

उद्यम र व्यवसाय प्रवर्द्धनका गतिविधि न्यून हुने गरेका छन् । वैदेशिक रोजगारीमा जानेको संख्या अधिक छ । अधिकांश भारत र खाडी मुलुक पुगेका छन् । अन्य विकसित मुलुकमा अध्ययन र रोजगारीका जानेको सङ्ख्या बढ्दो छ । देशकै एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्ष यही क्षेत्रमा पर्ने भए पनि पर्यटनबाट स्थानीयवासीले यथोचित लाभ पाएका छैनन् । पर्यटन पूर्वाधार र प्रचारप्रसारको अभाव छ । ढोरपाटनलाई मध्यवर्ती क्षेत्र घोषणा गर्ने सरकारको योजना सफल हुन सकेको छैन ।  

जिल्लाको सबैभन्दा होचो भूभाग बडीगाड गाउँपालिकाको खर्बाङ बजार (छ सय मिटर) देखि सबैभन्दा अग्लो भूभाग ढोरपाटनमा पर्ने फागुने धुरी (चार हजार ६९० मिटर) यही क्षेत्रमा पर्छ । यस क्षेत्र छिमेकी जिल्ला गुल्मी, प्यूठान, रोल्पा, रुकुम पूर्व र म्याग्दीसँग जोडिएको छ । बेंसीका सम्म फाँटदेखि लेकका पाटनसम्म यहाँको भूगोल फैलिएको छ । ढोरपाटन सिकार आरक्ष, घुम्टेको लेक, गलकोट दरबार, पातीहाल्ने, तिलाचन ताल, रिघा ताल, बराह ताल, नौडल्ले पहाड, डुँडेको लेक, निलुवा, सहस्रधारा झरना, टेउवा मूर्तिकला सङ्ग्रहालय, सोलेडाँडालगायत यहाँ मुख्य पर्यटकीय क्षेत्र हुन् ।  

जिल्लाको मौलिक पहिचानका रुपमा रहेका बुट्टेनली, नेपाली हाते कागज, राडीपाखी, भाँगो आदि यहीँ पाइन्छन् । कुनै ताका तामाखानी चलाएका छन्त्याल जातिको बसोबास यहाँ छ । तमानखोला गाउँपालिकामा पर्ने लाम्मेलाखानी, गुर्जाखानी, खुङ्खानी, बोङ्खानी, घोसाखानी, घैयाखानीलगायत ‘उपल्लो बाइस खानी’ अन्तर्गत थिए । ती ठाउँमा अहिलेपनि तामाखानीका तोबा (प्वाल), सुरुङ र अवशेष भेटिन्छन् ।  

स्थानीयवासीका अनुसार पुस्तौँदेखि चलेका तामाखानी श्री ३ चन्द्र शमशेरको पालामा विसं १९८१ देखि बन्द छन् । तत्कालीन सरकारले कर (भेजा उठाउने) नियम बसालेपछि गाउँलेले तामा निकाल्न छाडेका थिए । छन्त्यालहरुले रैथाने प्रविधिबाट तामा उत्खनन गर्थे । गाउँपालिका अध्यक्ष जोकलाल बुढा तामाखानी रहेको क्षेत्रको पहिचान र सूचीकृत गर्न पहल थालिएको बताउँछन् । तामाखानीको सम्भाव्यता अध्ययनपछि खोज र उत्खननका लागि पहल अगाडि बढाउने गाउँपालिकाको योजना छ ।  

यस क्षेत्रमा बसोबास गर्ने जातजातिका आफ्नै मौलिक संस्कृति र रहनसहन छ । ताराखोलाको सिस्नो खोस्ने पर्वदेखि निसीखोलाको पुतली नाच, गलकोटको सती घाटुदेखि ढोरपाटनको झाँक्री नाचसम्म यहाँका सांस्कृतिक धरोहर हुन् । यस क्षेत्रमा क्षेत्री, ब्राम्हण, जनजाति, दलित आदिको मिश्रित बसाबोस छ । बागलुङ–२ मा गलकोट नगरपालिका, ढोरपाटन नगरपालिका, ताराखोला गाउँपालिका, बडिगाड गाउँपालिका, तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिकामा समेटिएको छ ।  

यस क्षेत्रमा कुल ९६ हजार ३३५ मतदाता रहेको निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ऋषिराम रिजालले जानकारी दिए । तीमध्ये महिला मतदाता ४८ हजार २०५ र पुरुष मतदाता ४७ हजार १३० छन् । यस क्षेत्रमा ५९ मतदानस्थल र ११५ वटा मतदान केन्द्र छन् । विसं २०४८ को आमनिर्वाचनमा यस क्षेत्रमा नेपाली कांग्रेसका ओमप्रसाद गौचन विजयी भएका थिए ।  

विसं २०५१ र २०५६ को निर्वाचनमा राष्ट्रिय जनमोर्चाका परी थापा, विसं २०६४ को संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका नीरज पुन, विसं २०७० को दोस्रो संविधानसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका ज्ञानकुमारी छन्त्याल विजयी भएकी थिइन ।  

विसं २०७४ को निर्वाचनमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट देवेन्द्र पौडेल र विसं २०७९ को निर्वाचनमा नेकपा (माओवादी केन्द्र) का तर्फबाट पुनः पौडेल नै विजयी भएका थिए ।

यसपटकको निर्वाचनमा नेपाली कांग्रेसका टेकराज पौडेल, नेकपा (एमाले) बाट मञ्जु शर्मा चालिसे, नेपाली कम्युनिष्ट पार्टीका ज्ञामनाथ गैरे ‘अनिल’, राष्ट्रिय स्वतन्त्र पार्टीका सोम शर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टीका अञ्चल शाही उम्मेदवार छन् । 

जनता समाजवादी पार्टीका पूर्णबहादुर घर्ती, मङ्गोल नेशनल अर्गनाइजेसनबाट जुनबहादुर थापामगर, नेपाल मानवतावादी पार्टीका टेकप्रसाद कामी, नेशनल रिपब्लिक नेपालबाट नरबहादुर बुढा, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट पदमबहादुर कुवँर, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट लोकेन्द्र घिमिरे र श्रम संस्कृति पार्टीबाट हर्कबहादुर पुन चुनावी मैदानमा छन् । 
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस