बर्दिया— थरुहट संयुक्त संघर्ष समिति र मधेसी मोर्चाले आह्वान गरेको बन्दका क्रममा बर्दियामा नागरिक दैनिक पत्रिका जलाइएको छ।
बर्दिया सदरमुकाम गुलरियाका विभिन्न स्थानमा वितरणका लागि ल्याइँदै गरेको पत्रिका आन्दोलनकारीले नेपालगञ्ज–गुलरिया सडक खन्डमा पर्ने मैनापोखरमा आगजनी गरेका हुन्। आन्दोलनको समाचारलाई प्रथामिकता नदिएर थारु आन्दोलनलाई दमन गर्न खाजेको आरोप लगाउँदै पत्रिका आगजनी गरेको वितरण कर्मचारी दुर्गा पौडलले बताए।
'मै माथि बन्दकर्ता आइलाग्न लागे, मोटरसाइकल चाबी खोस्न थालेपछि साइड लाउँदालाउँदै पत्रिका खोसेर जलाए', उनले भने।
पत्रिका वितरणमा रोक नलगाएको र के कति कारणले जलाएको भन्नेबारे तत्काल जानकारी लिने थरुहट सयुत्त सघर्ष समितिका संयोजक गोबिन्द थारुले बताए।