सुर्खेत- कर्णाली राजमार्गअन्तर्गत सुर्खेत, पोखरीकाँडाको कालखोलामा भएको बस दुर्घटनामा मृतकको संख्या १८ पुगेको छ। गम्भीर घाइते १० जनालाई नेपालगन्ज रिफर गरिएको र ३४ जनाको सुर्खेतमै उपचार भइरहेको प्रहरीले जनाएको छ। पाँचजना डिस्चार्ज भएर घर गएका छन्।सुर्खेत जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर योगेन्द्र हमालका अनुसार मृतकमध्ये पाँचजनाको सनाखत भएको छ। बसचालक छिन्चु निवासी मिनबहादुर वली (बुढा), सहचालक सोही ठाउँका भविबहादुर खत्री र यात्रुहरु बाजुरा गोत्रीका मुनराज बिष्ट, पंखे सार्की र पुने सार्कीको सनाखत भएको हमालले जानकारी दिए।
आइतबार बिहान कालिकोटको जितेगडाबाट कैलाली टीकापुरको लागि छुटेको ना४ख ६८५७ नम्बरको बस साँझ करिब ६ बजे दुर्घटना भएको थियो। बस सडकदेखि करिब सात सय मिटर तल खसेको प्रहरीले जनाएको छ।
आइतबार बिहान कालिकोटको जितेगडाबाट कैलाली टीकापुरको लागि छुटेको ना४ख ६८५७ नम्बरको बस साँझ करिब ६ बजे दुर्घटना भएको थियो। बस सडकदेखि करिब सात सय मिटर तल खसेको प्रहरीले जनाएको छ।