भक्तपुरको एउटा स्कुलका विद्यार्थीले सोमबार धान काटेर भित्र्याएका छन्। भक्तपुर नगरपालिका वडा नं २ मिवाछें व्यासीस्थित एभरेष्ट इगलिश स्कुल व्यासीका ससाना विद्यार्थीले धान काटेर भित्र्याएका हुन्।
असार १५ गते ती विद्यार्थीले स्कुल नजिकैको स्कुलको जग्गामा रोपेको धान काटेर भित्र्याएका हुन्। स्कुलको कक्षा ४ मा अध्ययनरत एक सय १५ विद्यार्थी उक्त काममा सहभागी थिए। विद्यार्थीलाई व्यवहारिक ज्ञान दिने उद्देश्यले स्कुलले धान काट्न लगाइएको जनाएको छ। विद्यार्थीले समूहमा बसेर धान काट्ने, मुठा बनाउने, धान चुट्ने, सफा गर्ने, पराल थुपार्नेलगायतका काम सिकेका थिए।
यसअघि उनीहरुलाई कक्षामै यसबारे प्रशिक्षण दिइएको थियो। साथै उनीहरुलाई काम गर्ने तरिकाबारे कक्षा बाहिर बोर्डमा प्रदर्शन पनि गर्न लगाइएको थियो। धान काटेर विटा बनाउने, विटा बोक्ने, चुट्ने, बताउने र चाल्ने, सफा बनाउने र रास बनाउने तरिका उनीहरुले सिकेका थिए। साथै धान काट्ने कार्य गर्दा प्रयोग हुने शव्दहरु जस्तै हँसिया, कचिया, नाग्लो, चाल्नो, विटा बाँध्ने, पराल, कुनिउँं, धानको रासबारेमा पनि जानकारी गराइएको थियो।
विद्यार्थीलाई धान काट्ने कामका लागि कक्षा ४ का कोअर्डिनेटर शिक्षिका कविता पौडेललगायत शिक्षिकाहरु सुनिता सुवेदी, कुशुमकुलामी मगर, पुष्पा लाछिमस्यू, रजु श्रेष्ठलगायतले सहयोग गरेका थिए।
स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारी विद्यार्थीलाई किताबमा मात्रै सिमित नराखी व्यवहारिक ज्ञान दिन प्रत्येक वर्ष कक्षा ४ का विद्यार्थीलाई यसरी नै सबै काम गर्न लगाउने जनाए। धानको विउ राख्नेदेखि भित्राउनेसम्मको काममा उनीहरुलाई सिकाउन उनले सुनाए। रोपाइँदेखि धान काट्नेलगायतका क्रियाकलापहरु गराउने गरेको उनले जनाए। यसले कमसेकम आफूहरुले दैनिक खाने चामल कहाँंबाट कसी आउँंछसम्म भएपनि विद्यार्थीले सिक्ने विश्वास उनले व्यक्त गरे।
उनीहरुले यो काम प्रत्येक वर्ष स्कुल नजिकको भक्तपुर नगरपालिका वडा नं २ मिवाछें व्यासीको करिब एक रोपनी खेतमा गर्ने गर्दछन्। विद्यार्थीले तयार पारेको यो धान सामाजिक कार्यमा दान दिने गरेको स्कुलले जनाएको छ।