चितवन-दुईदिने अविरल वर्षापछि दक्षिण चितवनको माडीमा आएको बाढीले बगाएर मंगलबार राती एकजनाको मृत्यु भएको छ।माडीको रतौली खोला तर्ने क्रममा बगाएर बघौडा ८ ब्रम्हापुरीका स्थानीय मानबहादुर रसाइलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिए।
राँगा किन्न भनेर घरबाट पल्लो गाउँ गएर फर्कने क्रममा उनलाई खोलाले बगाएको थापाले जानकरी दिए। मगुई खोलाले बगाएका अर्का एकजना सन्त महत्तोको भने जिवितै उद्धार गरिएको थियो।
समुहमा तीन जना गएकामा सँगै फर्किएका थिए। खोला तर्ने क्रममा दुईजना पार गरेपनि एकजनालाई बगाएको उनले बताए। खोजीका क्रममा उनको शव रातीनै फेला परेको थियो। बिहान मुचुल्का उठाएर शव परिक्षणका लागि भरतपुर ल्याउने तयारी भएको प्रहरीले जनाएको छ।