काठमाडौं- करिब चार दर्जन आरोहीले शुक्रबार बिहान विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहन गरेका छन्। महिना दिनदेखि उपयुक्त मौसम कुरेर सगरमाथा आधारशिवरमा बसिरहेका २ सय ८८ विदेशी र एक नेपाली आरोही तथा करिब चार सय नेपाली 'हाइ अल्टिच्युड वर्कर'मध्ये ४० जना जति शुक्रबार बिहान शिखर पुगेका हुन्। उनीहरु ३४ आरोहण दलमा सहभागी छन्।'बिहान ४० जना जति आरोही शिखर पगेको जानकारी आएको छ,' आधार शिविरमा रहेका पर्यटन विभागका नायब सुब्बा तथा सम्पर्क अधिकृत (लियाजोँ) ज्ञानेन्द्र श्रेष्ठले नागरिकन्युजसँग टेलिफोनमा भने, 'यसमा कुन देशका र क-कसले चढे भने एकीन विवरण अझै आउन बाँकी छ।'
उनका अनुसार शुक्रबार शिखर पुग्नेमा २० जना नेपाली र २० जना जति विदेशी आरोही रहेको अनुमान छ। बिहीबार बिहान पनि तीन नेपाली र तीन विदेशीले चुचुरोमा विजयी झन्डा फहर्याएका थिए।
पछिल्ला दुई वर्ष लगातार ठूला प्राकृतिक विपत्तिका कारण सगरमाथा आरोहण स्थगित भएको थियो। ती वर्ष आरोहण गर्न नपाएका अधिकांश यसपालि शिखर पुग्ने तयारीमा छन् । २०७१ वैशाख ५ गते आएको भयानक हिमपहिरोमा परी १३ आरोहण सहयोगी (शेर्पा) को मृत्यु, तीनजना बेपत्ता र ६ जना घाइेत भएपछि सरकारले नै आरोहण गतिविधि स्थगित गरेको थियो ।
त्यस्तै २०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पपछि उत्पन्न हिमपहिरोमा परेर १६ जना गाइडको मृत्यु भएको थियो । त्यस घटनापछि पनि ८ हजार ८ सय ४८ मिटर अग्लो सगरमाथा आरोहण स्थगित भएको थियो ।
पहिलो घटनालगत्तै सरकारले अनुमति लिइसकेर पनि आरोहणमा जान नपाएका सबै आरोहीलाई आगामी पाँच वर्षभित्र जहिले आए पनि आरोहणमा जान दिने निर्णय गरेको थियो ।
सामान्यतयाः जेठ पहिलो साताबाट दोस्रो साताभित्र अधिकांश आरोही शिखर पुग्ने गर्छन्। उनीहरू चैत दोस्रो सातादेखि सगरमाथातर्फ जाने गर्छन्। त्यसपछि आधारशिविर पुगेर झन्डै एक महिनासम्म त्यहीँ बसेर त्यहाँको वातावरणसँग आफूलाई घुलमिल (एक्लिमेटाइज) गराउँछन् । आधारशिविरबाट पहिलो क्याम्प, दोस्रो क्याम्प जाने र फर्केर आधारशिविर आउनजाने गरिरहन्छन् । अनुमति पाएको ७५ दिनभित्र सगरमाथा आरोहण गरिसक्नुपर्ने सरकारी नियम छ ।
२०७१ मा एक नेपाली र ३१ विदेशी आरोही सहभागी दलले पर्यटन विभागबाट अनुमति लिएका थिए। त्यसबाट विभागले ३२ लाख ५० हजार अमेरिकी डलर (त्यसबेलाको ३१ करोड ३९ लाख १७ हजार ५ सय रुपैयाँ) रोयल्टी उठाएको थियो । सगरमाथा आरोहण अनुमति लिएका ३१ विदेशी दलमा ३ सय ३४ आरोही थिए । तीमध्ये २ सय ७७ पुरुष तथा ५७ महिला छन् । तिनमा ८५ अमेरिकी, ३५ बेलायती, २५ भारतीय, २३ जापानी र २२ चिनियाँ आरोही थिए ।