काठमाडाैं–संचारमन्त्रालयले पत्रकारको न्युनतम पारिश्रमिक १९ हजार पाँच सय बनाउने प्रस्ताव मन्त्रिपरिषद पठाएको छ। न्युनतम पारिश्रमिक निर्धारण आयोगको सिफारिसमा मन्त्रालयले पत्रकारको न्युनतम पारिश्रमिक १९ हजार ५०० पुर्याउने प्रस्ताव मन्त्रिपरिषदका लगेको हो।मन्त्रालयले न्युनतम पारिश्रमिक निर्धारण आयोग, नेपाल पत्रकार महासंघ र मिडिया सोसाइटीसँगको छलफलपछि सो प्रस्ताव मन्त्रिपरिषदमा संचारमन्त्रालयका प्रेस सल्लाहकार मातृका पौडेलले बताए। मन्त्रालयले संचार प्रतिष्ठानलाई उद्योगको मान्यता दिने, रोयल्टी छुट दिने, उद्योगसरह लोडसेडिङको समयमा सोझै विद्युत उपलब्ध गराउने निर्णय गरेपछि संचार उद्धमी पत्रकारको न्युनतम पारिश्रमिक १९ हजार ५ सय पुर्याउन सहमत भएको मन्त्रालयले जनाएको छ। न्युनतम पारिश्रमिक निर्धारण आयोगले पत्रकारको न्युनतम पारिश्रमिक १९ हजार ५ सय र संचार प्रतिष्ठानमा काम गर्ने कर्मचारीको न्युनतम पारिश्रमिक १४ हजार ५ सय पुर्याउन सिफारिस गरेको थियो।
मन्त्रालयका अनुसार बिहीबार बस्ने मन्त्रिपरिषद बैठकले न्युनतम पारिश्रमिकको विषयमा निर्णय गर्नेछ। यसैगरी मन्त्रालयले आमसंचार अध्ययन तथा अनुसन्धान संग्राहलय गठन गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पेश गरेको छ।