चितवन— क्यान्सर अस्पतालमा काम गर्ने समयमा निजी अस्पतालमा काम गरेको आरोपमा सोमबार चितवन प्रहरीले दुई जनालाई समाएको छ।स्थानीयले अनुगमन गर्दा उनीहरु अस्पतालमा अनुपस्थित देखिएपछि खोजी गर्दै जाँदा निजी अस्पतालमा काम गरेको भेटिएका थिए । स्थानीयले नै समाएर उनीहरुलाई प्रहरीको जिम्मा लगाइएको हो।
पक्राउ पर्नेमा भरतपुरको बिपी कोइरला मेमोरियल क्यान्सर अस्पतालको रेडियोलोजी विभागमा कार्यरत दुई जना कर्मचारी छन् । क्यान्सर अस्पतालको नियमावलीमा अस्पताल समयमा माथिल्लो तहका व्यक्तिलाई जानकारी नदिई अस्पताल कर्मचारीले अन्यत्र जान नपाउने व्यवस्था छ । तर ती कर्मचारी दिउँसो एक बजे अन्य अस्पतालमा भेटिएका हुन् ।
क्यान्सर अस्पताल भरतपुरका रेडियोलोजी विभागका जुनियर कन्सल्ट्यान्ट डा. ज्ञानबहादुर श्रेष्ठ र प्राविधिक जयनारायण झा सोमबार दिउँसो १ बजेको समयमा चितवन अस्पताल प्रालि चौबिसकोठीमा काम गर्दै गरेको अवस्थामा भेटिएका थिए । अस्पतालको नियमअनुसार उनीहरुलाई निलम्बनसम्मको कारबाहीका लागि प्रमाण जुटेको छ । तर अस्पताल अधिकारीले यो विषयमा छानबिन बाँकी रहेको बताएका छन् ।
क्यान्सर अस्पतालका उपनिर्देशक डा. देजकुमार गौतमले चिकित्सक निजी अस्पतालमा गएको बारे छानबिन गरी कारबाही गरिने बताए । 'यसअघि पनि गलत काम गर्ने एक जना चिकित्सकलाई निलम्बन गरिएको हो, आज आइतबार पनि समातिएका व्यक्तिहरुका बारेमा स्पष्टीकरण लिएर छानबिन गरी कारबाही प्रक्रिया अघि बढाउनेछौं,' उपकार्यकारी निर्देशक गौतमले भने।
क्यान्सर अस्पताल बचाउ संघर्ष समितिका संयोजक बाबुराम अधिकारीसहितको टोलीले दुई जनालाई नियन्त्रणमा लिई प्रहरी बोलाई जिम्मा लगाएका थिए । भरतपुरको क्यान्सर अस्पतालमा पछिल्लो समय दिनप्रतिदिन चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोमानी बढ्दै गएर बिरामीले दुःख पाउन थालेपछि स्थानीयले समिति बनाएर नियमित अनुगमन सुरु गरेका छन् ।
क्यान्सर अस्पतालमा कार्यरत ९० प्रतिशत डाक्टर तथा प्राविधिक भरतपुरका विभिन्न निजी अस्पतालमा काम गर्छन् । बिहान ९ बजेअघि र दिउँसो ४ः३० बजेपछि उनीहरुलाई निजी अस्पतालमा काम गर्ने सुविधा नियमवालीमा उल्लेख छ । तर अस्पतालमा हाजिर गरेर अस्पताल समयमै डाक्टर र प्राविधिक निजी अस्पतालमा भेटिन थालेका छन् ।
निजी अस्पतालमा नियमविपरीत खुलेआम काम गरिरहेको अवस्थामा क्यान्सर अस्पतालका डाक्टर प्राविधिकहरु भेटिएको यो पहिलो घटना नभएको स्थानीयले गठन गरेको क्यान्सर अस्पताल बचाउ संघर्ष समितिका संयोजक बाबुराम अधिकारीले बताए । अस्पताल सुधारका लागि आफूहरुले दिएको सुझाव पालना नभएपछि स्थानीयको अनुगमन सुरु गरेको उनले बताए ।