माइक्रो नै गराउँछ धेरै दुर्घटना
१२ वैशाख २०७३
•
११ मिनेट पाठ
माइक्रो नै गराउँछ धेरै दुर्घटना
काठमाडौं- आइतबार बिहान साढे ९ बजेतिर चुच्चेपाटीबाट बा ५० प ३९४९ नम्बरको स्कुटर चाबहिल चोकबाट साइडलाइट बाल्दै सुकेधारातर्फ मोडिन खोज्यो। तर, चुच्चेपाटीबाट गौशालातर्फ जाने लेनबाट आइरहेको एउटा भ्यान ९० डिग्रीको कोणमा फनक्क घुमेर स्कुटर पेल्दै सुकेधारातर्फ नै मोडियो। ट्राफिकले लेन अनुशासन मिच्दै अगाडि हुत्तिएको भ्यानलाई रोक्न खोजे तर सकेनन्।

आफ्नै लेनमा आइरहेको स्कुटरलाई मित्रपार्कतर्फबाट आइरहेको बा २ ज ६२४ नम्बरको ट्याक्सीले पुनः रोक्यो। कहिले भ्यान, कहिले यात्रुबाहक बस, कहिले ट्याक्सीले गन्तव्यतर्फ जान अवरोध सिर्जना गरेको स्कुटर निकैबेरको अल्झन र पेलाइपछि बल्ल गन्तव्यतर्फ जान पायो।

आइतबार नै दिउँसो २ बजे बल्खुचोकमा कंलकीबाट आइरहेको बा २ ख २८४० नम्बरको यात्रुबाहक बसलाई पानी बोकेर कीर्तिपुरतर्फबाट आइरहेको ट्यांकरले बाटो छेक्यो। खाल्डाखुल्डी भएको बाटोमा ढलपल गर्दै आएको ट्यांकरलाई ट्राफिकले सिठी फुक्दै छेउ लगाए। ट्राफिक प्रहरी ट्यांकर चालकसँग कुराकानी गरिरहेको समयमा कालिमाटीतर्फबाट आएको कीर्तिपुर जाने बसले चक्रपथ परिक्रमा गर्ने बसहरु छेक्यो। ट्राफिकले घरी ट्यांकरलाई घरी यात्रुबाहक बसलाई संकेत गर्दै हटाउने प्रयास गरे। तर क्षणभरमै सवारी जामले चोक अस्तव्यस्त बन्यो।

सडक विस्तारपछि फराकिलो भएको चाबहिल चोक र बल्खु चोकमा आइतबार मात्र यस्ता दृश्य देखिएका होइनन्। विस्तारपछि झन् फराकिलो भएका अधिकांश चोकमा यस्ता दृश्य सधैं नियमितजस्तै देखिन्छन्। ट्राफिक प्रहरीका अनुसार विस्तारपछि ती चोक सहज हुनु सट्टा झन् अस्तव्यस्त बनेका छन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार चाबहिल र बल्खुमात्र होइन, राजधानीका सबै चोक अहिले अस्तव्यस्त छन्। विस्तार गरिएको सडकमा ट्राफिक बत्ती र सडकमा लेन तथा अन्य मार्किङ संकेत नहुँदा सवारी व्यवस्थापन टाउको दुखाइ बनेको महाशाखाका प्रमुख डिआइजी प्रकाश अर्याल बताउँछन्।

'बाटो त फराकिलो भयो, तर चालकको सवारी हाँक्ने शैली भने उस्तै अराजक छ। चालकको व्यवहारमा परिवर्तन नआउँदासम्म र चोकमा ट्राफिक बत्ती र मार्किङ व्यवस्था नहुँदा चोकको समस्या समाधान गर्न गाह्रो छ,' उनले भने, 'चारतिरबाट हुत्तिएर आएका सवारीलाई चारपाँच जना ट्राफिक प्रहरीको हातको इसाराले मात्र नियमन गर्न साह्रै कठिन छ।'

उनले चोकहरुमा ट्राफिक बत्तीको व्यवस्थापन, लेन छुट्याउने मार्किङ र चालकमा अनुशासन हुने हो भने सवारी व्यवस्थापन ९० प्रतिशतभन्दा बढी सहज हुने बताए।

डिआइजी अर्यालका अनुसार चाबहिल र बल्खुसहित त्रिपुरेश्वर, नयाँ बानेश्वर, कोटेश्वर, गौशाला, कलंकी, नयाँ बानेश्वर, बालाजु, माछापोखरी, गोंगबु, सोह्रखुट्टे, नख्खुचोक, सातदोबाटो, महाराजगन्ज, माइतीघर र पुतलीसडक चोक सबैभन्दा अस्तव्यस्त हुने चोक हुन्। चोकको अस्तव्यस्तताकै कारण दुर्घटना दरमा समेत वृद्धि भइरहेको महाशाखा प्रमुख अर्यालले बताए।

'फराक बनेका सडकमा आउने सवारीको चाप अत्यधिक हुन्छ र चोकमा आएर थुप्रिँदा सानाठूला दुर्घटना भइहाल्ने रहेछ,' उनले भने, 'चोकहरुमा पैदलयात्रीको समेत ठूलो हुल ओहोरदोहोर भइरहने हुँदा कार्यालय समयमा त चोकलाई व्यवस्थापन गर्नै नसक्ने हुन्छन्।' उनका अनुसार यस्ता चोकमा सबैभन्दा बढी सवारी साधनलाई ढलपल गर्दै कुदाउने माइक्रोले दुःख दिने गरेका छन्।

काठमाडौं उपत्यकाका सडकमा कुद्ने अधिकांश माइक्रो तथा मिनीबस चालकको कुदाउने शैली निकै अराजक हुने गरेको महाशाखाका प्रवक्ता लोकेन्द्र मल्लले बताए।

'चालकको यस्तै मनपरीकै कारण सडकमा अराजकता र दुर्घटनाको दर बढेको हो,' मल्लले भने, 'सडकमा दादागिरी देखाउनेमध्ये भेटेजतिलाई हामी कारबाही गर्छौं, तर सबैलाई लेन अनुशासन र ट्राफिक नियम बुझाउनु जरुरी छ।'

सडकमा मनपरी सवारी चलाउनेमध्ये माइक्रोचालक नै पहिलो नम्बरमा पर्ने गरेको महाशाखाको दुर्घटना तथ्यांकले देखाउँछ। 'माइक्रोचालकले नागबेली गर्दै 'जिकज्याक' गाडी हाँक्ने र लेन अनुशासन मिच्ने गरेकैले माइक्रो धेरै दुर्घटनामा परेको महाशाखाको अध्ययनमा छ।

उपत्यकाका चोकमा दैनिक लाखौं सवारी आवतजावत गर्ने गर्छन्। तीमध्ये माइक्रो, ट्यांकर, मिनीबस र मोटरसाइकलले नियमविपरीत सवारी हुइँकाउँदा चोकहरुमा दैनिक सानाठूला गरी दर्जनभन्दा बढी दुर्घटना हुने गरेको महाशाखाको तथ्यांकले देखाउँछ। तीमध्ये सबैभन्दा बढी माइक्रो दुर्घटना हुने गरेका छन्।

उपत्यकामा १ हजार ६ सय ४७ वटा माइक्रो गुड्छन्। त्यसमध्ये ३ सय ३४ वटा दुर्घटनामा परेको ट्राफिक महाशाखाको पछिल्लो एक वर्षको तथ्यांक छ। दुर्घटनाको यो दर सवारी संख्याका आधारमा २० प्रतिशतभन्दा बढी हो। यसको तुलनामा उपत्यकामा सबैभन्दा धेरै दुर्घटना हुने ठानिएको मोटरसाइकल सुरक्षित देखिन्छ। सवारी संख्याका आधारमा मोटरसाइकल दुर्घटनाको दर ०.३४ प्रतिशत मात्र छ। उपत्यकामा ५ लाखभन्दा बढी मोटरसाइकल कुद्छन्।

माइक्रोपछि सवारी संख्याका आधारमा धेरै दुर्घटना पर्नेमा बस र मिनीबस छन्। महाशाखाका अनुसार उपत्यकामा १४ हजार ८ सय ३७ बस र मिनीबस छन् जसमध्ये ४.४ प्रतिशत दुर्घटनामा पर्छन्। तेस्रो नम्बर ट्रकको छ। १६ हजार ४ सय ९७ ट्रकमध्ये ३.३ प्रतिशत दुर्घटनामा पर्ने गरेका छन्। कार–जिपको दुर्घटना दर १.९ प्रतिशत छ।

अधिकांश माइक्रो जिकज्याक चलाउँदा, यात्रु लिन तीव्र गतिमा ओभरटेक गर्दा, लेन अनुशासन मिच्दा, गलत ओभरटेक र गलत ढंगले मोड्दा, अरू सवारी साधनलाई बाटो नदिँदा र पेलेर चलाउन खोज्दा दुर्घटना भएको पाइएको छ।

उक्त अनुसन्धानले चोक तथा अन्य सडकमा सवारीको दुर्घटना र मनपरी बढ्नुमा निÈेध गरिएका स्थानमा सवारी रोक्ने, जथाभावी यात्रु चढाउन र ओराल्न प्रतिस्पर्धा गर्ने, Ôमताभन्दा बढी यात्रु कोच्ने, चालकले गाडी कुदाउँदा–कुदाउँदै मोबाइल फोन प्रयोग गर्ने, सहचालकले जिउ बाहिर निकाल्ने, ट्राफिक संकेत नटेर्ने, जथाभावी हर्न बजाउने, ट्राफिकसँगै अनावश्यक विवाद गर्ने, यात्रुस"ग मुखामुख लाग्ने, भाडामा विवाद भए झोक्किएर गाडी कुदाउने समस्या देखाएको छ।

महाशाखाले समस्यालाई केलाएर अध्ययन गरे पनि समाधान भने निस्किएको छैन। महाशाखाले चालकलाई कारबाही गर्नुसट्टा खुला साँढेझैं छाड्दा समस्या ज्यँूका त्यूँ भएको यात्रु बताउँछन्।

डिआइजी अर्याल भने यात्रुको कुरा मान्न तयार छैनन्। उनी सवारी नियम मिच्नेलाई गरिने कानुनी कारबाही निकै फितलो भएकाले नै अराजकता बढेको बताउँछन्। 'हाम्रो कानुन नै निकै कमजोर छ। जतिठूलो अपराध गरे पनि दुई सयदेखि एक हजारसम्म जरिवाना हुने भएकाले चालकले नियमलाई लत्याउने क्रम बढेको हो।' उनले सडकमा चालकको दादागिरीलाई कम गर्न र सडकमा अनुशासन कायम गर्न कारबाही र सजाय व्यवस्थालाई कडा बनाउनुपर्ने बताए।

'चालकको खराब व्यवहार गोमन सर्पझैं डरलाग्दो छ,' उनले भने, 'तर हामी त्यसलाई सानो सिन्काले नियन्त्रणमा लिन खोजिरहेका छौं।' उनले कडा कानुनसँगै विस्तारित सडकमा आवश्यक पर्ने संकेत, बत्ती, लाइनको अनिवार्य व्यवस्था हुनुपर्ने बताए।

महाशाखाले चोकहरु अस्तव्यस्त बनेपछि सडक बत्ती, संकेत र मार्किङको व्यवस्था गर्न सडक विभागलाई पत्राचार पनि गरेको छ। तर, महाशाखाको पत्रलाई विभागले थन्काएर राखेको छ। विभागका प्रवक्ता दयाकान्त झाले सडकको अस्तव्यस्ततालाई सुधार्न सडकमा आवश्यक मार्किङ गर्न निर्देशन दिइसकेको दाबी गरे।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस