सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आफूलाई नजरबन्द गरेर सरकारले कलुसित मनशाय प्रकट गरेको बताएका छन्।
निलम्बनमा परेका प्रधानन्यायाधीश जबराले आज सर्वोच्च अदालत जाने तयारी गरिरहेका बेला आफ्नो निवासलाई समेत घेराबन्दी गरेर सरकारले यस्तो मनशाय देखाएको बताएका हुन्।
जबराले नागरिकसँग भने, 'म ११ बजेसम्म सर्वोच्चमा पुग्ने तयारी गरिरहेको थिएँ, १०ः४५ बजे घरबाट निस्किए। तर मेरा सुरक्षाकर्मीले बाहिर निस्किन नदिनु भन्ने आदेश छ भने। स्कर्टिङ पनि नदिनु भन्ने आदेश छ भने। सरकारद्वारा प्रहरी परिचालन गरेर नै मलाई रोक लगाइयो, प्रध्यानन्यायाधीशलाई सर्वोच्चमा जान नदिनु सरकारकाे कलुसित मनशाय देखियो'
प्रधानन्यायाधीश जबराले आफू माथिको महाअभियोगको कारबाही टुंगो नलाग्दै नियमित काममा फर्किन लागेको सूचना सर्वोच्चमा पठाएको भन्ने समाचार सार्वजनिक भएसँगै उनलाई सर्वोच्चमा छिर्न नदिन बाक्लो मात्रमा सुरक्षकर्मीहरु समेत खटाइएको छ। जबराको निवासमा समेत बाहिरबाट ताला लगाएर प्रहरी तैनाथ गरिएको बताइएको छ।
राणाविरुद्ध गत फागुन १ गते ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गराएका थिए। प्रतिनिधि सभाको कार्यकाल अन्त्य भएर आजबाट नयाँ निर्वाचनको कार्यक्रम सुरु भएको छ। प्रतिनिधि सभाको कार्यकाल शनिबार राति अबेरबाट सकिएको छ।
संविधानको धारा १०१ को उपधारा (६) र प्रतिनिधि सभा नियमावली २०७५ को नियम १६१ को उपनियम ९ मा महाअभियोगको कारबाही प्रारम्भ भएपछि त्यस्तो कारबाहीको टुंगो नलागेसम्म प्रधानन्यायाधीशले आफ्नो पदको कार्यसम्पादन गर्न नपाउने व्यवस्था छ।