महेन्द्रनगर(धनुषा)- प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा आज रामनवमी पर्वको रौनक छाएको छ। प्रत्येक वर्ष मर्यादा पुरुषोत्तम रामको जन्म दिनको स्मरणमा आज जनकपुरमा धूमधामका साथ रामनवमी मनाउने गरिन्छ।चैत्रशुक्ल नवमी अर्थात् रामनवमीको अवसरमा राम, जानकी, जनक मन्दिर लगायतमा आज बिहानैदेखि पूजाअर्चना गर्ने श्रद्धालु भक्तजनको घुइँचो लागेको छ।
त्रेता युगमा आजकै दिन अयोध्यामा रामको जन्मभएको पौराणिक ग्रन्थमा उल्लेख छ । आजको दिन देशभरि रामको स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डमा स्नान ध्यान गरी व्रत बसेर गीता पाठ, 'अध्यात्म रामायण', 'बाल्मीकि रामायण' र 'तुलसीकृत–रामायण'वाचन गर्नाका साथै रामको पूजाआराधना गरी रातभरि भजनकिर्तन र जाग्राम बस्ने परम्परा छ।
यो पर्व चैते नवरात्रिको बीचमै परेको हुनाले आजको दिन रामका साथै आदि शक्ति नवदुर्गा देवीको पनि पूजा गरिन्छ । नवमी पर्वको अवसरमा आयोजित मेलामा सहभागी हुन नेपाल तथा भारतबाट हजारौँको सङ्ख्यामा श्रद्धालु आएका छन् । रामनवमी व्रत बस्नेहरुले सबै हटी सिद्धि प्राप्त गर्ने जनविश्वास छ ।
यस्तै नरसिंह युवा क्लबले रामानन्दचोकस्थित दुर्गा पूजा एवम् मेला आयोजन गरेको छ । रासस