काठमाडौं- नयाँ वर्ष २०७३ को पहिलो बिहानीको सूर्य झुल्किसकेकै थिएन। बिहानको साढे ३ बजेतिर लाजिम्पाट सडकमा हिँडिरहेका एक व्यक्तिलाई तव्री रफ्तारमा आएको गाडीले ठक्कर दियो। लरबरिँदै हुँकिएको उक्त गाडी थप बतासियो।ठक्करका कारण भुइँमा लडेका काठमाडौं–२९ रानीबारीका ४५ वर्षीय राजु खड्कालाई तत्कालै सुरक्षाकर्मीको सहयोगमा त्रिवि शिक्षण अस्पतालतर्फ लागियो। तर, खड्काले नयाँ वर्षको पहिलो सूर्योदय देख्न पाएनन्। अस्पताल नपुग्दै उनको मृत्यु भयो।
प्रहरीले ठक्कर दिएर भाग्ने गाडी खोज्न थाल्यो। पैदलयात्रीको ज्यानै जाने गरी दुर्घटना गराएर फरार हुने (हिट एन्ड रन) गाडीको नम्बर कसैले टिप्न भ्याएका थिएनन्। राजधानीकै मध्यसहरमा भएको घटनालाई प्रहरीले गम्भीरतापूर्वक लियो। त्यसपछि प्रहरीले सडकमा राखिएको सिसी क्यामेराको सहायता लियो। सिसी क्यामेरामा पनि नम्बर देख्न मुस्किल पर्यो । तर, गाडी सेतो रंगको र टोयटाको पुरानो मोडलको भन्नेचाहिँ थाहा भयो।
महानगरीय प्रहरी वृत्त, सोह्रखुट्टेका असई पदम विकका अनुसार सिसी क्यामेरामा देखिएको दृश्यले तीव्र रफ्तारमा लरबरिँदै बत्तिएको उक्त टोयटा कार ठमेलबाट नयाँ वर्षको अघिल्लो रात (न्यु इयर इभ) मनाएर फर्किनेमध्येकै एक हो भन्ने संकेत गर्यो र अनुसन्धान अगाडि बढ्यो।
'अनुसन्धान क्रममा उक्त गाडी चलाउने व्यक्ति र उनीहरुको समूहका बारे जानकारी मिल्यो,' उनले भने, 'त्यसपछि चालक र उसको समूहहरु भेला हुने स्थानमा निगरानी गर्ने क्रममा दरबारमार्गको भिक्ट्री क्लबमा शंकास्पद भनिएका रोशन मगर रातको १० बजे फेला परे।' अनुसन्धानलाई तीव्र बनाएका कारण 'हिट एन्ड रन'को केसमा फरार चालकलाई करिब १८ घन्टा अन्तरमै समात्न सकेको उनले सुनाए।
विकका अनुसार सोधपुछ क्रममा मगरले घटनाबारे कुनै जानकारी नभएको बताएका थिए। तर, मगरलाई लिएर बिहीबार बिहान ७ बजेतिर उनको निवास बुढानिलकण्ठतर्फ जाने क्रममा बुढानिलकण्ठस्थित कोलनी होलिडे इन नामक फास्टफुड रेस्टुरेन्टको पार्किङमा ठक्कर दिएर भागेको टोयटा कार फेला पर्योि।
'त्यसपछि कारका विषयमा सोधपुछ गर्दा उक्त कार मगरले नै चलाउने गरेको पत्ता लाग्यो,' विकले भने, 'कारसमेत फेला परेपछि मगरले दुर्घटना भएको स्वीकार गरे।' प्रहरीसमक्ष मगरले दुई जना केटा र दुई जना केटीसहित चारजना ठमेलमा न्यु इयर इभ मनाएर फर्कने क्रममा लाजिम्पाटमा दुर्घटना भएको र भागेको प्रारम्भिक बयान दिएको विकले जानकारी दिए।
मगरले दिएको जानकारी अनुसार प्रहरीले उनीसँगै गएका अन्य तीनजनासँग पनि घटना विषयमा सोधपुछ गरेको थियो। प्रहरीसमक्ष मगरका साथीले गाडी मगरले नै चलाएको र सबैले अत्यधिक मदिरा सेवन गरेको बताएका छन्। ठक्कर दिने बा२च ३८१८ नम्बरको कार क्षितिज गुरुङको नाममा रहेको प्रहरीले फेला पारेको छ।
मदिरामा मात्तिएर दुर्घटना गराएको र दुर्घटनाका कारण पैदलयात्रीको मृत्युसमेत भइसकेकाले प्रहरीले चालकविरुद्ध सवारी ऐनअनुसार हदैसम्मको कारबाही गर्ने तयारी गरेको छ। सवारी ऐनअनुसार यस्ता चालकलाई जन्मकैदसम्मको सजाय हुनसक्छ।
वृत्तका डिएसपी सोमेन्द्र राठोरका अनुसार पक्राउ परेका चालकलाई अदालतबाट ६ दिनको म्याद लिएर थप अनुसन्धान अगाडि बढाइएको छ। 'मदिरामा मातिएर तीव्र गतिमा जिकज्याक तरिकाले सवारी चलाएको र झ्याम्मै पैदलयात्रीलाई हानेर भागेको पाइएको छ,' उनले भने, 'घटना प्रकृतिका आधारमा उनीविरुद्ध हदैसम्मको सजाय माग गर्दै अदालतमा मुद्दा हालिनेछ।'
डिएसपी राठोरका अनुसार हिट एन्ड रन केसमा फरार मगर यसअघि पनि विभिन्न सार्वजनिक मुद्दामा पक्राउ परेर छुटेका थिए। बुढानिलकण्ठ निवासी २७ वर्षीय मगर चोरी तथा गुन्डागर्दी अभियोगमा पटकपटक पक्राउ पर्दै छुट्दै गरेको उनले जानकारी दिए। 'एक पटक दरबारमार्गमा ज्यान मार्ने उद्योगमा समेत पक्राउ परेका थिए,' राठोरले भने, 'गुन्डागर्दी गर्ने समूहमध्येकै रहेका मगरका विषयमा थप अनुसन्धान समेत अगाडि बढाइएको छ।'