खोटाङ– सुक्खा मौसम एबं हावाहुरीका कारण खोटाङमा आगलागीमा दुई दिनमा चार घर जलेको छ। शनिबार दुर्छिम–७ राबुका बोखलजित राई र सर्वजीत राईको घर तथा आईतबार सप्तेश्वर–३ का सार्जन राई र बाक्सिला–५ का कालुमान तामाङको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक सरोज राईले बताए।घर जलेपछि चारै परिवारको विचल्ली भएको छ। केटाकेटीले खाना पकाउनेक्रममा सल्किएको आगोले सर्वजितको करिब १२ लाख र बोखलजितको करिब ८ लाख बराबरको धनमाल नष्ट भएको छ । आगलागीमा मानवीय क्षती नभएपनि बोखलजीतको दुई वटा सुँगुर र एउटा बाख्रा डढेर मरेको स्थानीयले बताएका छन् । बोखलजीतको घरबाट सुरु भएको आगोले नजिकै रहेको सर्वजीतको घर समेत नष्ट पारेको प्रहरीले जनाएको छ ।
सार्जनको घरमा आईतबार दिउँसो आगलागी भएको हो । घट्नास्थलमा ईलाका प्रहरी कार्यालय बाक्सिलाबाट प्रहरी हवल्दार ईश्वरी दाहालको नेतृत्वको प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । प्रहरीका अनुसार आगलागीमा भएको सार्जनको क्षतीको बिस्तृत बिवरण आउन बाँकी छ । आगलागीमा कालुमानको अन्नपात, भाँडाबर्तन लगायत जल्दा ९ लाख ४० हजार बराबरको क्षती भएको अनुमान गरिएको छ । बिहान ९ बजे सुरु भएको आगो दुई घण्टापछि नियन्त्रणमा आएको थियो ।
बनमा लागेको डढेलो नियन्त्रण बाहिर
खोटाङका तीन वटा सामुदायीक बनमा लागेको डढेलो नियन्त्रण बाहिर गएको छ । सिमपानी–९ स्थित कात्तिके सामुदायीक बन, सिमपानी ७ स्थित अँधेरी खोला सामुदायीक बन र बिजयखर्क ७ स्थित सामुदायीक बनमा शनिबार बिहानदेखि लागेको डढेलो नियन्त्रण बाहिर गएको हो । सिमपानीमा गाउँ नजिकका बनमा डढेलो लागेपनि हालसम्म घरहरु सुरक्षित रहेको प्रहरीले जनाएको छ । अँधेरी खोला सामुदायीक बनमा लागेको डढेलो सिमपानी प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक लिला खड्का नेतृत्वको प्रहरी र स्थानीयबासीले नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । तीन वटै बनमा डढेलो लाग्नुको कारण खुलेको छैन । डढेलोले मानवीय क्षती नपुर्याए पनि सयौँ हेक्टरमा फैलिएका सामुदायीक बनमा भएका वनस्पती तथा बन्यजन्तुको बासस्थान नष्ट गरेको छ ।
यस्तै, जालपास्थित सालघारी सामुदायीक बनमा तीन दिनदेखि डढेलो नियन्त्रणमा आएको जिल्ला बन कार्यालयले जनाएको छ । बन कार्यालयका कर्मचारी, प्रहरी र उपभोक्ताले शनिबार डढेलो नियन्त्रणमा लिएको कार्यालयका नासु बिनोद राईले बताए ।