पारमिता भन्छिन्- सडक त बन्यो, आधा मात्रै
२६ चैत्र २०७२
•
८ मिनेट पाठ
पारमिता भन्छिन्- सडक त बन्यो, आधा मात्रै
काठमाडौं- 'बाटो बन्यो?' काठमाडौं भीमसेनगोलाकी ११ वर्षीया पारमिता श्रेष्ठलार्ई चिन्ने–जान्नेले सोध्ने प्रश्न हो।
पछिल्लो समय उनले धेरैलाई जवाफ दिइन्, 'बन्न त बन्यो तर धेरै समय लाग्यो।'
पारमिता कक्षा ४ मा प्रवेश गर्दैगर्दा भत्काइएको सडक उनी ६ कक्षामा पुगेपछि यसै महिनाको सुरुमा बनेको छ।

वार्षिक परीक्षाको परिणाम आएपछि घरमै बिदा मनाउँदै आएकी पारमिताले नागरिकसँग भनिन्, 'त्यो पनि आधा मात्रै बन्यो, सिनामंगलतिर अझै बाँकी नै छ।' बाग्मती पुलदेखि सिनामंगल चोकसम्मको बाटो अहिलेसम्म बनेको छैन।

करिब डेढ वर्षअघि तत्कालीन मुख्यसचिव लीलामणि पौडेललाई बाटो बन्न ढिलाइको कारण सोध्दै लामो पत्र लेखेपछि पारमिता चर्चामा थिइन्।

पौडेललेे एक महिनापछि पारमितालाई पत्र–जवाफ दिँदै काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका खानेपानी लिमिटेडको समन्वय अभावले समयमै सडक नबेको प्रष्ट पारेका थिए। उनले तत्काल काम गर्न निर्देशन दिएको पनि सोही पत्रमार्फत जानकारी गराएका थिए। मुख्यसचिव हुँदा पौडेल आफैँ सडकको सम्बन्धित मन्त्रालयका सचिव लिएर निरीक्षण गर्न पुगेका थिए।

त्यसपछि निर्माण कम्पनीले सडकमा थुपारेको निर्माणसामग्री हटाए पनि पिच गरेको थिएन।

मुख्य सहरको उक्त सडक बन्न थप एक वर्ष लाग्यो। सेतोपुल–भीमसेनागोला–बाग्मती पुलसम्मको दुई किलोमिटर खण्डमध्ये सेतोपुलमा भर्खरै पिच भएको छ। बाग्मती पुलदेखि सिनामंगल क्षेत्रको बाटो अहिले पनि बनेको छैन।

धुलो र हिलोको मार खेपेका स्थानीयले वर्षायाममा भत्काएर लामोसमयसम्म अलपत्र छाडिएको सडकमा विरोधस्वरुप रोपाइँसमेत गरेका थिए। उनीहरुले सडक नै अवरुद्ध गरेर कुनै पनि सवारीसाधन चल्न नदिएपछि निर्माण कम्पनीले बाध्य भएर कालोपत्रे गरेको थियो।

सिनामंगल पुलदेखि मैतिदेवी सेतो पुलसम्मको सडक निर्माणको जिम्मेवारी पाएको 'लामा बिल्डर्स–बिरुवा–च्याङमिला' कम्पनीले निर्धारित समयभन्दा ९ महिना ढिलो सडक कालोपत्रे गरेको हो।

ठेकेदार कम्पनी र सडक निर्माणको नियामक निकाय काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले निर्माणमा लापरवाही गरेको विषयमा स्थानीयदेखि प्रधानमन्त्री कार्यालयबाट समेत पटक–पटक दबाब परेको थियो।

कम्पनीको बहानाबाजीमा सही थाप्दै गएको पाएपछि प्रधानमन्त्री कार्यालयले आयोजनाका कर्मचारी तथा सडक विभागका कर्मचारीसँग समेत स्पष्टीकरण सोधेको थियो। प्रधानमन्त्री कार्यालयले सडक निर्माणमा लापरवाही गर्ने कम्पनीलाई कालोसूचीमा राख्ने चेतावनी दिएपछि निर्माणले तीव्रता पाएको हो।

राजधानीको व्यस्त स्थानको दुई किलोमिटर लामो सडक निर्माणका लागि कम्पनीले करिब ९ करोड ६४ लाख रुपैयाँमा २०७० माघ १३ गते सम्झौता गरेको थियो। पहिलो सम्झौतामा सडक २०७२ साल वैशाखमा सक्नुपर्ने थियो।

उक्त सडक निर्माणको काम असार १३ गते नै सकिसक्नुपर्ने थियो। तर, समयसीमा सकिइसक्दा पनि कम्पनीले बहानाबाजी गर्दै आएको थियो।

विस्तारका लागि दुई वर्ष अगाडि भत्काइएको सडकमा खानेपानी, ढल भुमिगत तार बिच्छ्याउने तथा विद्युतका पोल गाड्ने जस्ता कार्यले खाल्डा खन्दै छाड्दै गर्दा निर्माणमा ढिलाइ भएको कम्पनीको दाबी थियो।

आयोजना प्रमुख मनोज श्रेष्ठले भूकम्प र नाकाबन्दीका कारण रोकिएको कामलाई इन्धन आपूर्ति सहज भएलगत्तै छिटो तीव्रता पाएको बताए। 'भूकम्पको कारणले पनि निर्माण काम केही दिन सरेको हो,' उनले भने।

पूर्व मुख्यसचिव पौडेलले भने दण्डको व्यवस्था नहुँदा यस्तो समस्या आएको बताएका छन्। 'ढिलो गर्नेलाई कुनै कारबाही हुने अवस्था नै छैन। त्यसैले ठेकेदार कम्पनीलाई निर्धारित समयमै काम सक्न दबाब पर्दैन।'

०००

उक्त सडकखण्डको निर्माण ढिलाइको विषयलाई लिएर त्यतिबेलै नागरिक दैनिकले समाचार प्रकाशित गरेको थियो। जसमा पारमिताले सरकारको कामबारे सामान्य प्रश्न गरेकी थिइन्–

'समयमा किन सडक पिच हुँदैन?'

'निर्माणका कार्य कहिले पनि समयमै सकिँदैन?'

'हाम्रोमा सडकको बारेमा सधैँ किन सबैतिर गुनासा छन्?'

उनले लेखेकी थिइन्, 'म कक्षा ४ मा जानेवित्तिकै हाम्रो घरअगाडिको सडक निर्माण सुरु भएको थियो। अहिले कक्षा ५ मा पुग्न लागिसकेँ तर निर्माण पूरा हुन सकेको छैन। सरकार, यस्तो किन भएको हो? कृपया मेरो प्रश्नको जवाफ दिनुहोला?'

स्कुलमा सरकार र उसका कामबारे पढेपछि पारमिताले मुख्यसचिवलाई पत्र लेखेकी थिइन्। पिता रञ्जन श्रेष्ठको माध्यमबाट उक्त पत्र सार्वजनिक भएपछि मुख्यसचिव पौडेलले पत्र लेख्दै रञ्जनमार्फत नै छोरीलाई धन्यवाद दिएका थिए। उनले आफूले विभिन्न निकायसँग त्यसबारे जानकारी लिएको र तत्काल सडक बनाउन निर्देशन दिइसकेको भन्दै चाँडो बन्ने आश्वासनसमेत दिएका थिए। मुख्यसचिव पौडेलले दुईपटक स्कुलमै पुगेर पारमितालाई भेटी किताबसमेत दिएका थिए।

त्यसो त देश कस्तो हुनुपर्छ भन्ने पारमिताको छुट्टै कल्पना छ। 'सडक सफा, चौडा होस्, भूकम्पले पनि भत्काउन नसक्ने मजबुत घर होस्, नदी सफा होस्,' नागरिकसँगको भेटमा पारमिताले भनिन्, 'जहाँ पायो त्यहीं फोहर नहुने होस् भन्ने चाहना छ।'
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस