काठमाडौं— मन्त्रालय र संसद सचिवालय रहेको सिंहदरबार प्रवेशमा सञ्चारकर्मीलाई रोक लगाइएको छ। सिंहदरबारभित्रै कार्यालय भएको सरकारी टेलिजिभन च्यानल नेपाल टेलिभिजन तथा रेडियो नेपालबाहेकका सञ्चारकर्मीलाई सिंहदरबार प्रवेशमा रोक लगाइएको हो।संसदको नियमावली समिति चुनावको रिपोर्टिङका लागि सिंहदरबार दक्षिण गेट पुगेका सञ्चारकर्मीलाई गेटमा रहेका सुरक्षाकर्मीले रोकेका हुन्। 'सञ्चारकर्मीलाई प्रवेश नदिनु भन्ने माथिको आदेश छ', गेटमा रहेका सुरक्षाकर्मीले भने। सुरक्षाकर्मीले प्रवेश नदिएपछि टेलिभिजन, पत्रिका तथा अनलाइनका सञ्चारकर्मीहरु सिंहदरबारबाट फर्किन बाध्य भएका छन्।
मुलुकको सबैभन्दा ठूलो सरकारी सचिवालयमा पहुँच नदिँदा निजी मिडियाका सञ्चारकर्मी मर्कामा परेका हुन्।
मुलुकको सबैभन्दा ठूलो सरकारी सचिवालयमा पहुँच नदिँदा निजी मिडियाका सञ्चारकर्मी मर्कामा परेका हुन्।