काठमाडौं- सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिएको साढे दुई वर्षको अवधिमा नै २६ पटकसम्म कारवाहीमा परिसकेका चालकले चलाएको माइक्रोले ठक्कर दिँदा राजधानीमा एक बालकको मृत्यु भएको छ।
शुक्रबार दिउँसो साढे १ बजे बा१ज ६७५३ नम्बरको माइक्रोले बोहोराटारमा ठक्कर दिँदा ४ वर्षीय अनोस तामाङको मृत्यु भएको हो। तिव्र गतिमा आएको माइक्रोले पैदल हिँडिरहेका बालकलाई ठक्कर दिएको थियो। ठक्कर लगत्तै उपचारका लागि कान्ति बाल अस्पतालमा लगिएका बालकको उपचारका क्रममा २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। बालाजु प्रहरी वृत्तले ठक्कर दिने चालक सोविन्द्र तामाङलाई र माइक्रोलाई नियन्त्रणमा लिएको छ । चालक नुवाकोट पिप्ले ७ का हुन् । चालकले ०६९ साल असोज ७ गते लाइसेन्स लिएका थिए। तर यो बीचमा उनी २६ पटक ट्राफिक प्रहरीको कारबाहीमा परिसकेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाको रेकर्डमा चालक तामाङ छोटो समयमा नै धेरै पटक सवारी नियम विपरित चलाएबापत कारवाहीमा परेको भेटिएको हो।