बौद्धनाथ–पशुपति लिंक सडक अलपत्र
१६ चैत्र २०७२
•
५ मिनेट पाठ
बौद्धनाथ–पशुपति लिंक सडक अलपत्र
काठमाडौं-ठेकेदार कम्पनीको लापरवाही कारण विश्व सम्पदाका सात स्मारकमध्ये बौद्धनाथ र पशुपतिनाथ मन्दिर जोड्ने 'गौरीघाट–बौद्ध' सडक निर्माण अलपत्र परेको छ । सम्झौता अनुसार एक वर्षअघि नै निर्माण भैसक्नुपर्ने सडकमा अझै खाल्डाखुल्डी र निर्माण सामग्रीका थुप्रा मात्र भेटिन्छ।




डिभिजन सडक कार्यालय काठमाडौं–१ ले राजधानीका दुई प्रसिद्ध पर्यटक तथा धार्मिक स्थल बौद्धनाथ र पशुपतिनाथलाई सिधा जेड्ने 'गौरीघाट–बौद्ध' सडक निर्माणको जिम्मा रौताहा/साप जेभी कम्पनीलाई दिएको छ । २०७० चैत २३ मा एक वर्षभित्र सक्ने गरि निर्माणको जिम्मा पाएको उक्त कम्पनीले म्याद सकिएको एक वर्ष भैसक्दा पनि सडक निर्माणलाई बिचमै अलपत्र छाडेको छ ।

पर्यटक सडकका रुपमा चिनिने उक्त सडक निर्माणमा ढिलाई हुँदा पैदलयात्रुदेखी सवारीसाधनहरुको आवतजावतमा समस्या परिरहेको छ । सबैभन्दा बढी उक्त सडकबाट आउँजाउँ गर्ने पयर्टकमार्फत नेपालका विषयमा गलत सन्देस गैरहेको स्थानीय बताउँछन् । बौद्ध गेटको अगाडीबाट सुरु हुने यो सडक फराकिलो भएपछि बौद्ध, चुच्चेपाटी, जोरपाटीबाट गुजेश्वरी हुँदै पशुपति लगायत जयवागेश्वरी, गौशाला, मित्रपार्क क्षेत्रमा छिट्टै पुग्न सकिने छ ।

सडक विस्तारका क्रममा केही समय उक्त सडकको बौद्ध गेट अगाडी मुख्य सडकबाट भित्र छिर्ने ठाउको दाँयापट्टीको भवन नभत्किँदा र तत्कालिन उपराष्ट्रपती परमानन्द झाको घरको पर्खाल नभत्किँदा काममा अवरोध सृजना भएको थियो । तर, त्यसयता निर्माणका क्रममा विभिन्न बहाना बनाउँदै आएको कम्पनीले अझै पनि निर्माणलाई अगाडी बढाएको छैन ।

सडक निर्माणमा ढिला गरेपछि डिभिजन कार्यालयले वैशाखभित्र उक्त सडक कालोपत्र गरिसक्न कम्पनीलाई निर्देशन दिएको छ । कार्यालय प्रमुख उमेश झाका अनुसार विगतमै बनिसक्नुपर्ने उक्त सडक निर्माणको काम लामो समयसम्म अधिकार सम्पन्न बागमती सभ्यता एकिकृत विकास समितिले ढल निर्माणका लागि सहमती नदिँदा अड्किन पुगेको थियो।

'अब सडक निर्माणका लागि केही समस्या छैन,' उनले भने, 'त्यसकारण कम्पनीलाई छिटो काम सम्पन्न गर्न भनिसकेका छौँ । अब पनि काम सकिएन भने कम्पनीलाई कारवाहीको दायरामा ल्याउने छौँ ।' उनका अनुसार करिब दुई किलोमिटर लम्बाइ रहेको सडकको दुबैतर्फ डेढ÷डेढ मिटर चौडाईकौ फुटपाथ र ७.२ मिटर सडक कालोपत्रे हुने छ ।

पर्यटकिय सडक भएकालै उक्त सडकमा साँझमा हिड्न मिल्ने सोलार बत्ती, विश्रामस्थल र शौचलायको निकै खाचो रहेको स्थानीयले बताइरहेका छन् । ०३५/३६ सालतिर सामान्य बाटो नै रहेको सो रुटहुँदै हिड्ने पर्यटक पशुपति नाथ मन्दिरको दृश्यावदलोकन तथा दर्शन गर्ने गरेका छन् । दुबै धार्मिक स्थलमा पुगेका पर्यटक अर्का धार्मिक स्थलमा पुग्ने गरेको स्थानियहरुको भनाइ छ । बाटो फराकिलो भएपछि करिब २० मिनेट पैदल यात्रामै पशुपति नाथ मन्दिर परिसरमा पुग्न सकिने गौरीघाट बौद्ध द्ववार उपभोक्ता समितीका अध्यक्ष अच्युत पराजुली बताउँछन् ।

'सडक विस्तारपछि दुबै क्षेत्रको धार्मिक पर्यटकको अत्याधिक सम्भावना छ,' उनले भने, 'बौद्ध आउने पर्यटकले पशुपतिको अवलोकनका लागि पैदलमात्राका रुपमा यो बाटो प्रयोग गरिरहन्छन् । तर बाटोको दुरावस्थाले भने गलत सन्देश गैरहेको छ ।' भदौ महिनादेखि कात्तिकसम्म विदेशी पर्यटकको घुइचो यो क्षैत्रमा बढी हुने गरेको उनले बताए।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस