चितवन–नेत्र बिक्रम चन्द नेतृत्वको माओवादी निकट मजदुर संगठनले चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा आन्दोलन सुरु गरेको छ ।अस्पतालमा मजदुर संगठनको नेतृत्वा धर्ना दिन खोजेपछि प्रशासनले प्रहरीको सहयोगमा उनीहरुलाई हटाउँदा तनाव बढेको थियो । केही दिनयता अस्पतालमा प्रहरीको पहारबीच मजदुरको प्रदर्शन हुने गरेको छ ।
अखिले नेपाल क्रान्तिकारी स्वास्थ्य तथा सरसफाइ श्रमिक संघले अस्पताल सञ्चालक समक्ष माघ २० गते माग पत्र बुझाएको थियो । एक वर्ष काम गरेका सवै मजदुर कर्मचारीलाई स्थायी गरेर नियुक्ति पत्र दिनु पर्ने मुख्य मागसहित १० बुँदे माग उनीहरुले अस्पताल प्रशासन समक्ष राखेका छन् । माग पूरा गराउन चैत १ गतेदेखि औजारसहित अस्पताल मुख्य गेटमा प्रदर्शन सुरु गरेका थिए ।
माग पूरा नभएपछि चैत ७ गते आइतबार ओपिडी सेवा नै बन्द गराउन खोज्ने आन्दोलनकारीलाई प्रहरीले गिरफ्तार गरेका थियो । सोमबार र मंगलबार पनि आन्दोलनकारीहरु गिरफ्तार भएका थिए। बुधबार अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ र अखिल नेपाल क्रान्तिकारी स्वास्थ्य तथा सरसफाई संघका केन्द्रीय अध्यक्ष नै अस्पताल परिसरमा उपस्थित थिए ।
ट्रेड युनियनका केन्द्रीय अध्यक्ष योगेन्द्र कुमाल र सरसफाईका केन्द्रीय अध्यक्ष विजय दर्नालले अस्पताल इकाइको आवाज सञ्चालकहरुले नसुनेका कारण केन्द्रीय समितिकै नेतृत्वमा आन्दोलन चलाउने बताए । केन्द्रीय नेताहरुको अगुवाईमा प्रदर्शन र नारावाजी भए पनि अघिल्लो दिनको जस्तो तनाव बुधबार देखिएन । सधैको झै अस्पताल हातामा प्रहरीहरु भने तैनताथ थिए ।
मजदुर संघको अस्पताल इकाइका अध्यक्ष सरस्वती ढकाल अस्पताल प्रशासनले विस २०६६ सालमा आफुहरुसँग गरेको सहमति पनि पूरा नगरेको बताइन् । सोही सहमति गर्दा अस्पताल प्रशासनका तर्फबाट हस्ताक्षर गरेका चिकित्सक डा.सीपी सेढाई मजदुर संघका धेरै मागहरु पूरा भएका र केही मागहरु पूरा हुने प्रकृयामा नै रहेको बताए ।
अस्पताल प्रशासनले निकालेको प्रेस विज्ञप्तिमा २०७२ साउन महिनादेखि सेवासुविधा थप भइ सक्दा पनि नेकपा माओवादी विप्लव समूहको नाममा अस्पतालभित्र राजनीति गर्न खोजेको उल्लेख छ । 'असन्तुष्ट पक्षको जायज माग पुरा भइसकेको अवस्थामा केवल राजनैतिक उद्देश्य प्रति अस्पतालभित्र अराजक गतिविधि गर्नु आश्चर्यको विषय भएको छ', अस्पतालका तर्फबाट जारी बेनामे विज्ञप्तिमा उल्लेख छ ।
असन्तुष्ट पक्षको समस्या समाधान गर्न फागुन १३ गते डा.विजयराज आचार्यको संयोजकत्वमा वार्ता तथा सुझाव प्रतिवेदन समिति गठन गरेको विज्ञप्तिमा उल्लेख छ । एक महिनाको अवधिमा समितिले सुझाव दिने छ। त्यसअघि नै आन्दोलन हुनु उचित नभएको अस्पताल प्रशासनको भनाइ छ ।
मजदुर संघ अस्पताल इकाइ अध्यक्ष सरस्वती ढकालका अनुसार स्थायी नियुक्ती दिनु पर्नेहरु अस्पतालमा ११७ जना मजदुरसहित २७५ जना रहेका छन् । मजदुर कर्मचारीलाई स्थायी गर्ने सम्बन्धमा विस २०६६ सालमा नै अस्पतालको साधरणसभाबाट निर्णय गर्ने भन्ने सहमति भएको आन्दोलनरत मजदुरहरुले बताएका छन् ।