चितवन–पर्यटकीय क्षेत्र सौराहाको केन्द्रमा रहेको झण्डै पाँच करोड रुपैयाँ मूल्य पर्ने १९ कठ्ठा १४ धुर जग्गा जग्गाधनीले थाहा नै नपाइ बिक्री भएर बैंकबाट ऋणसमेत झिकेको खुलेको छ । साविक बछौली गाविस– २ मा रहेको कमल बस्नेतको नामको जग्गा किर्ते गरेर बेचबिखन गरेको आरोपमा चितवन प्रहरीले तीनजनालाई समाएर अनुशन्धान सुरु गरेको छ।सो जग्गा आफ्नो पुस्तौनी सम्पति भएको जग्गाधनी कमल बस्नेतले बताए । 'जग्गा बाबु बाजेले नै किन्नु भएको हो । अहिले मेरो नाममा छ । वरपर चिने जानेकाहरुको होटल नै छ । सौराहाको मुख्य ठाउँमा रहेको जग्गा अपरिचतहरुले नाप जाँच गर्न थालेपछि छिमेकीहरुले जग्गा किन बेच्नु भयो भनेर मलाई सोध्दा छाँगाबाट खसेझै भए', काठमाडौं बस्ने बस्नेतले टेलिफोनमा भने ।
अपरिचतिले जग्गा नाप्ने गरेको थाहा पाए लगत्तै भरतपुरको मालपोत कार्यालयमा गएर बुझ्दा माघ १३ गते आफ्नो जग्गा बिक्री भएको देखिएको बस्नेतले बताए । बस्नेत अघिल्लो आइतबार अर्थात फागुन ३० गते गएर मालपोत कार्यालयमा बुझ्ने काम गरेका थिए । आफ्नो जग्गा किर्ते गरेर अरुले बेचेको पक्का भएपछि उनले चितवन जिल्ला प्रहरी कार्यालयमा अघिल्लो मंगलबार उजुरी दिएका हुन् ।
चितवन प्रहरीले चैत्र ९ गते मंगलबार प्रेश विज्ञप्ती जारी गरेर साविक बछौली गाविस– २ को १९ कठ्ठा १४ धुर जग्गा नक्कली जग्गाधनी खडा गरेर नक्कली कागज तयार गरेर अर्कैको नाममा बिक्री गरेको आरोपमा तीनजनालाई पक्राउ गरेको जानकारी दिएको छ । सो जग्गा बैंकमा धितोसमेत राखेर करोडौं रुपैयाँ ऋण झिकेको पनि चितवन प्रहरीको विज्ञप्तिमा उल्लेख छ ।
प्रेस विज्ञप्तिमा पक्राउ परेका आरोपितहरुको नाम उल्लेख छैन । तर प्रहरी स्रोतका अनुसार बाग्लुङ्गका मेरसिंह घर्ती र काठमाडौंका दुर्गा केसी र विमला थापा सो प्रकरणमा समातिएका छन् । उनीहरु विरुद्ध सरकारी छाप दस्तखत किर्ते मुद्दामा अनुशन्धान गर्न चितवन जिल्ला अदालतबाट म्याद थपसमेत भएको चितवन प्रहरीले जानकारी दिएको छ ।
कमल बस्नेतको जग्गा मेरसिंह घर्तीले नै किनेको देखिएको छ । त्यसअघि पुस ६ गते दुर्गा केसी र विमला थापाको नाममा सोही जग्गा ९५ लाख रुपैयाँमा दृष्टी बन्धकसमेत राखेको फेला परेको चितवन प्रहरी स्रोतले जानकारी दिएको छ । सो जग्गा ज्योती विकास बैंकको सुन्धारा शाखामा धितो राखेर दुई करोड रुपैयाँ ऋण झिकेको पनि देखिएको छ ।
घटनाको प्रकृति हेर्दा यो प्रकरणमा ठूलै गिरोह सक्रिय रहेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) वसन्त कुँवरले बताए । प्रहरीले यो घटनामा संलग्न अन्य व्यक्ति र मालपोत कार्यालयका कर्मचारीको मिलिमतो भए नभएको सम्बन्धमा अनुशन्धान अगाडी बढाएको र चाडै नै सत्यतथ्य सार्वजनिक गर्ने एसपी कुँवरले बताए ।