'करोड खाएर' मनपरी हाकिम
०९ चैत्र २०७२
•
१२ मिनेट पाठ
'करोड खाएर' मनपरी हाकिम
काठमाडौं-स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवा ऐन र नियामावलीविपरीत स्वास्थ्य सेवाका विभिन्न निकायमा पद समूहबाहिरका अधिकारीलाई 'पैसाकै खेलमा' मनपरी हाकिम बनाइरहेको छ।

पदअनुसारका विशेषज्ञ जिम्मेवारीमा नहुँदा लामो समयदेखि सञ्चालनमा रहेको जनस्वास्थ्य कार्यक्रम र मन्त्रालयको वार्षिक प्रगतिमा समेत प्रत्यक्ष असर देखिन थालेको छ ।

स्वास्थ्य सेवा नियमावलीले मन्त्रालयमा विशेषज्ञ सेवाका लागि कामको प्रकृति हेरेर सोहीबमोजिम विशेषज्ञ जनशक्ति रहने गरी जिम्मेवारी निर्धारण गरेको छ । मन्त्रालयले भने ऐन र नियमावलीअनुसार पदसमूहसमेत नहेरी 'पैसाको खेलमा' मनपरी हाकिम बनाइरहेको छ ।

मन्त्रालयमा स्वास्थ्य सेवा ऐनअनुसार १२ औं तह (सचिव सरह) का तीन प्रमुख विशेषज्ञ जिम्मेवारीविहीन रहेकै बेला मन्त्रालय र विभागका महाशाखा तथा क्षेत्रीय अधिकांश निर्देशकको जिम्मेवारीसमेत समूह नमिल्नेलाई दिइएको छ । सेवा समूह मिल्नेलाई भने मन्त्रालयमै जिम्मेवारीविहीन बनाएर राखिएको छ । सचिवसरहका चिकित्सकत्रय डा. पदमबहादुर चन्द, डा. सेनेन्द्रराज उप्रेती र डा. किरण रेग्मी मन्त्रालयमै 'पेन्डुलम' पारिएका छन् ।

'समूह मिल्नेलाई मात्रै जिम्मेवारी दिनू' भन्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पटक–पटकको निर्देशनसमेत अटेर गर्दै स्वास्थ्यमन्त्री रामजनम चौधरी र स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठको मिलोमतोमा अधिकांशलाई लामो समय काजमा राखेरै हाकिम बनाएका हुन् । पाँच क्षेत्रीय स्वास्थ्य निर्देशकमध्ये एक जना मात्रै समूह मिल्ने छन् । त्यसैगरी, महानिर्देशक नै नियमविपरीत जिम्मेवारी दिइएको स्वास्थ्य सेवा विभागमा सातमध्ये तीन जना मात्रै सेवासमूह मिल्ने छन् । मन्त्रालयमा पद रहेको महाशाखामा दरबन्दी राखेर असम्बन्धित महाशाखामा काममा खटाइएको छ ।

स्वास्थ्य मन्त्रालयअन्तर्गतका नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने प्रमुख निकाय स्वास्थ्य सेवा र आयुर्वेद विभागका महानिर्देशकहरु असम्बन्धित समूहका हुन् । स्वास्थ्य सेवा विभागको महानिर्देशक १२ तहका विशेषज्ञ चिकित्सक हुनुपर्नेमा तत्कालीन महानिर्देशकलाई मन्त्रालय तानेर स्वास्थ्यमन्त्री रामजनम चौधरीले तीन महिनाअघि परोपकार प्रसूति गृहकी स्त्रीरोग विशेषज्ञ डा. पुष्पा चौधरीलाई जिम्मेवारी दिएका थिए ।

स्वास्थ्यको सागंठनिक संरचनाअनुसार एमबिबिएस गरेर पनि पब्लिक हेल्थ पढेका चिकित्सक समूह (पब्लिक हेल्थ एड्मिनिस्टेटर, पहे) को पद रहेका ठाउँमा बढी चलखेल हुने गरेको छ । स्वास्थ्य सेवामा काम गर्न प्राविधिक र प्रशासनिक दुवै विषयमा सैद्धान्तिक ज्ञान लिएका हुनुपर्नेमा नियमावलीविपरीत यस्ता चिकित्सकलाई मन्त्रालय, विभाग र क्षेत्रमा समेत प्रमुख जिम्मेवारी तोकिएको छ । अहिले सबैभन्दा बढी यही समूहमा क्लिनिक विषय (जनरल हेल्थ सर्भिसेस) पढेका र जनस्वास्थ्य (हेल्थ इन्स्पेक्सन) मात्रै पढेको समूहकालाई जिम्मेवारी दिइएको छ ।

पब्लिक हेल्थ एडमिनिस्ट्रेसन समूहका पदमा हाकिम हुन पाउने भएकाले स्वास्थ्यका कार्यक्रम सञ्चालन गर्ने क्रममा खरिददेखि तालिम र विदेश भ्रमणको समेत अवसर बढी हुने भएकाले अस्पतालमा काम गरिरहेका विशेषज्ञ चिकित्सक र जनस्वास्थ्य विज्ञहरुको पनि आकर्षण बढ्दै गएको छ ।

यही अवसरका कारण यस्तो जिम्मेवारी लिन पैसा खर्च गरेरै पनि जिम्मेवारी हत्याउने प्रवृत्ति बढ्दा 'पदको किनबेच' सुरु भएको, अनियमितता बढेको पूर्वमहानिर्देशक डा. यशोवद्र्धन प्रधान बताउँछन् ।

२७ अर्ब रुपैयाँ बजेट भएको स्वास्थ्यको गत वर्षको विकास खर्च ४० प्रतिशत हाराहारीमा सीमित हुनु र यो वर्ष आठ महिनामा विकास खर्च ८५ करोड मात्रै सीमित हुनुले विकास समेत ठप्प भएको देखाउँछ ।

अर्को ठूलो विभाग आयुर्वेदमा दसौं तह (उपसचिव सरह) मा हालै बढुवा भएका डा. टेकराज पन्थीलाई स्वास्थ्यमन्त्री चौधरीले तीन महिनाअघि महानिर्देशकको जिम्मेवारी दिएका हुन् । आयुर्वेद समूहमै ११ औं तह (सहसचिव सरह) का डा. वासुदेव उपाध्यायलाई मन्त्रालय तानेर पन्थीलाई महानिर्देशक बनाएका थिए ।

पद समूहका आधारमा विभिन्न विभाग र महाशाखाका प्रमुख जिम्मेवारी दिइनुपर्ने चिकित्सकहरु डा. नरेशप्रताप केसी, डा. रमेशविक्रम सिंह, एक मात्र पहे चिकित्सक डा. सुष्मिता भण्डारी खनाल र कृष्णबहादुर चन्द मन्त्रालयमै हाजिर गर्दै फर्किने गरेका छन् ।

यसैगरी, लामो समयसम्म जिम्मेवारीविहीन बनाएको भन्दै अर्की चिकित्सक डा. मीरा उपाध्यायले हालै राजीनामा दिइसकेकी छिन् । नियमावलीका आधारमा आकर्षक मानिने नीति, योजना तथा वैदेशिक सहयोग महाशाखामा जिम्मेवारी पाउनुपर्ने डा. जिडी ठाकुरको दरबन्दी सोही महाशाखामा राखेर अनुगमन मूल्यांकन महाशाखामा काम लगाइएको छ । त्यसैगरी, अनुगमन तथा मूल्यांकन महाशाखामा दरबन्दी भएका हेल्थ इन्स्पेक्सन समूहका महेन्द्र श्रेष्ठलाई योजना महाशाखामा काम गर्ने अवसर दिइएको छ ।

स्वास्थ्य सेवाअन्तर्गत कार्यक्रम लागू गर्ने महाशाखामध्ये महिला स्वास्थ्य हेर्ने महाशाखा परिवार स्वास्थ्यमा कान्ति अस्पतालका बालरोग विशेषज्ञ डा. आरपी बिच्छालाई दिइएको छ ।

त्यसैगरी, निःशुल्क र सहरी स्वास्थ्य कार्यक्रम हेर्ने जिम्मेवारी पाएको पुनर्जागरण महाशाखामा पब्लिक हेल्थ प्रशासक (पहे) को दरबन्दी रहेकामा जनरल प्राक्टिसन (जहे समूह) का डा. रमेश खरेललाई जिम्मेवारी दिइएको छ । त्यसैगरी, पहे समूहकै दरबन्दी रहने आपूर्ति व्यवस्था महाशाखामा समेत वीर अस्पतालमा कार्यरत पेटरोग विशेषज्ञ डा. सीताराम चौधरीलाई ल्याउने मन्त्रीको तयारी छ । स्वास्थ्यमा प्रयोग हुने औषधि उपकरणलगायत खरिद गर्ने भएकाले सो महाशाखामा निर्देशक बन्न ठूलो चलखेल हुन्छ ।

त्यसैगरी, पहे समूहको दरबन्दी रहेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रमा जनरल हेल्थ समूहबाट डा. तरुण पौडेललाई प्रमुख बनाइएको छ । धौलागिरी अञ्चल अस्पतालमै दरबन्दी राखेर उनलाई पदसमूह नमिले पनि केन्द्रप्रमुखको जिम्मेवारी दिइएको छ ।

स्रोतका अनुसार विभागको महानिर्देशक बन्न १ देखि २ करोड, महाशाखा निर्देशक बन्न १० लाखदेखि १ करोडसम्म बुझाउने गरेका छन् । पछिल्लोपटक आपूर्ति महाशाखाबाट ४० देखि ५० करोड बराबरको भुक्तानी हुन बाँकी फाइल (सिक फाइल) रहेकाले त्यो फस्र्याेट गरेर मोटो रकम असुल्ने लोभमा 'बार्गेनिङ' भइरहेको छ ।

त्यसैगरी, विभागअन्तर्गतकै राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रमा दरबन्दी रहने हेल्थ एजुकेसन समूहका बद्रीबहादुर खड्कालाई समेत लामो समयसम्म दरबन्दी नै नरहेको मन्त्रालयमा राखिएको थियो ।

सहसचिवसरहका पब्लिक हेल्थ चिकित्सक दरबन्दी रहने क्षेत्रीय निर्देशनालयमध्ये सुदूरपश्चिममा निर्देशक डा. सुशीलनाथ प्याकुरेलको मात्र समूह मिल्छ । पहे समूहका चिकित्सक दरबन्दी रहेका क्षेत्रीय निर्देशनालयमध्ये पश्चिमाञ्चलमा एमडिजिपी डा. तारा पौडेल, मध्यमाञ्चलका क्षेत्रीय निर्देशकमा डा. शैलेश झा, पूर्वाञ्चलमा डा. महेश खनाल र मध्यपश्चिमाञ्चलमा भोगेन्द्र डोटेलसमेत पद समूह नमिल्ने हुन् । मन्त्रालय, विभाग र क्षेत्र मात्रै होइन, जिल्ला तहमा समेत मन्त्री चौधरीले समूह नमिल्नेलाई हाकिम बनाइरहेको अधिकारी बताउँछन् ।

मन्त्रालयस्रोत अनुसार पदसमूह नमिलाई पैसाकै लेनदेनमा ऐनिविपरीत जिम्मेवारी दिने काम पूर्वमन्त्री उमाकान्त चौधरीले सुरु गरेका हुन् । त्यसयताका मन्त्री राजेन्द्र महतो, खगराज अधिकारी र अहिलेका रामजनम चौधरीले झन् बढावा दिँदै आएका छन् ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
४ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस