सार्क : कागजी बाघ
०५ चैत्र २०७२
•
२० मिनेट पाठ
सार्क : कागजी बाघ
काठमाडौं– तीस वर्षअघि सन् १९८५ को डिसेम्बरमा गठन भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को विदेश मन्त्रीस्तरीय बैठक पोखरामा बिहीबार सम्पन्न भयो। दक्षिण एसियाली देशको आर्थिक वृद्धि, सामाजिक प्रगति र सांस्कृतिक विकासमा तीव्रता ल्याउने, सबै मानिसलाई स्वाभिमानसाथ रहने र उनीहरुलाई आफ्नो पूर्ण क्षमताको महसुस गराउने अवसर प्रदान गर्न गठन भएको सार्कको अहिलेसम्म १८ वटा शिखर सम्मेलन भइसकेका छन्।दक्षिण एसियाली देशका बीच सामूहिक आत्मनिर्भरतालाई अभिवृद्धि र सुदृढ गर्ने साथै आपसी विश्वास र एकअर्काका समस्याप्रति समझदारी बढाउन गठित सार्कको मुख्यालय काठमाडौंमा छ। क्षेत्रीय सहयोग अभिवृद्धि गर्न भनी गठन भएको सार्कले आफ्नो उद्देश्य पूरा गर्न सकेको छैन भनेर समय–समयमा आलोचना पनि हुँदै आएको छ।




तीन दशक लामो यात्रामा सार्कले क्षेत्रीय मुद्दाका सन्दर्भमा घोषणासम्म गर्न सकेको छ, कागजभन्दा बाहिर उपस्थिति देखाउन सकेको छैन

नेपाल, भारत, बंगलादेश, पाकिस्तान, भुटान, श्रीलंका, माल्दिभ्स र अफगानिस्तानले सन् २००४ मा दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र सिर्जना गर्न साफ्टामा सहमति जनाए। सन् २००६ देखि लागू भएको साफ्टाले सन् २०१६ सम्ममा सार्क मुलुकबीच भन्सार दर शून्यमा पुर्यातउने लक्ष्य राखेको थियो। तर, साफ्टा हस्ताक्षर भए पनि सार्क मुलुकबीच व्यापारिक सम्बन्धमा भने खास सुधार हुन सकेको छैन। अझै पनि सार्क मुलुकको कुल व्यापारको पाँच प्रतिशतभन्दा कम हिस्सा मात्र यो क्षेत्रभित्र हुने गरेको छ।

तीन दशकबीच दक्षिण एसियाली मुलुकमा धेरै राजनीतिक उतारचढाव आए। लगभग यी क्षेत्रका सबैजसो देशले कुनै न कुनै उथलपुथल भोगे। सार्कले सदस्य मुलुकका राष्ट्रप्रमुख भेट्ने र कुरा गर्ने मञ्चको सिर्जना गरिदियो। त्यस्तै, सामाजिक बडापत्र, विकास सम्झौता र आतंकवादविरुद्धको लडाइँजस्ता विभिन्न महŒवपूर्ण सवालको चलाखीपूर्ण सामना यहीबीच गर्यो । त्यस्तै, खानेकुरा, वित्तीय सेवा र यातायात सम्झौता पनि महŒवपूर्ण रहे।

केही सीमित मुद्दामा उल्लेख गर्न लायक काम भए पनि तीस वर्ष लामो इतिहासमा सार्कले द्विपक्षीय वा आन्तरिक कारणले गर्दा ११ वटा शिखर सम्मेलन समयमै सम्पन्न गर्न सकेन। सन् २०१४ मा काठमाडौंमा भएको सम्मेलन पनि तीन वर्ष ढिलो भएको थियो।

सुरुमा साप्टा र दस वर्षअघि साफ्टा कार्यान्वयन भए पनि सार्क मुलुकभित्रको व्यापार सुदृढ हुन सकेन। सन् २०११ म्ाा यी मुलुकबीच करिब ४० अर्ब अमेरिकी डलर बराबरको व्यापार भएको थियो जुन कुल व्यापारको जम्मा पाँच प्रतिशत मात्र हो।

पूर्वी एसियामा आसियान र युरोपमा युरोपियन युनियनकै परिकल्पना गरेर दक्षिण एसियामा सार्क गठन भएको हो तर अझै सार्क मुलुकबीच सडक, रेल र ऊर्जा सञ्जालका ठोस नतिजा निस्कन सकेको छैन। त्यस्तै, एक मुलुकको मुद्रा अर्को मुलुकमा नचल्ने अवस्थाले पनि व्यापार, पर्यटन लगायत आपसी हितका मुद्दा प्रवर्द्धन गर्न सकेको छैन।

भारत क्षेत्रफल र अर्थतन्त्रका हिसाबले दक्षिण एसियामा सबैभन्दा ठूलो देश हो। भारतको व्यापारको आकारले पनि यो क्षेत्रको व्यापारलाई असर गर्ने गरेको छ। भारतको विदेश नीतिले पनि छिमेकी मुलुकलाई असर गर्ने गरेको छ। त्यसबाहेक, सुल्झन बाँकी सीमाका मुद्दा, शरणार्थी समस्या, तस्करी, आतंकवादी गतिविधि, लागुऔषध व्यापार तथा चेलिबेटी बेचबिखनजस्ता विभिन्न चुनौतीले सार्कले आशातीत प्रगति गर्न सकेको छैन। आन्तरिक राजनीतिक अस्थिरता, चरम भ्रष्टाचारजस्ता राजनीतिक कारण मात्र होइन, अशिक्षा, बालविवाह, सरसफाइजस्ता विभिन्न सामाजिक कारण पनि सार्क मुलुकले फड्को मार्न सकेका छैनन्।

नेपालमा भएको अठारौं सार्क शिखर सम्मेलनपछि सार्कका गतिविधि सुरु हुन थाले पनि खासै प्रगति हुन सकेको छैन। सार्क भनेको विशेष गरी स्वतन्त्र व्यापार र आर्थिक समायोजन भए पनि यसले आर्थिक रुपमा खास प्रगति गर्न नसकेको परराष्ट्र मन्त्रालयका पूर्व सचिव मधुरमण आचार्य बताउँछन्।

'आन्तरिक व्यापार बढ्न सकेन। एकअर्को देशमा जान विमान नै प्रयोग गर्नुपर्छ। सीमामा त्यस्तै कठिनाइ छ। अहिले पनि नकारात्मक सूचीमा धेरै व्यापारिक वस्तु राखिएका छन्,' उनी भन्छन्।

आचार्य सार्कको सचिवालय नेपालमा भए पनि चाहिएका बेला सदुपयोग गर्न नसकेको बताउँछन्। 'काठमाडौंमा मुख्यालय हुँदा पनि नेपालमा भूकम्प, त्यसपछिको नाकाबन्दीका कारण जनताले भोग्नुपरेको सास्तीमा क्षेत्रीय सहयोग लिन सकेनौं,' उनी भन्छन्, 'सार्कको उद्देश्य, भावनाविपरीत गएको बेला आवाज उठाउन सकेन।' नेपालमाथि नाकाबन्दीका बेला समेत सार्कको भूमिका नदेखिएको उनले बताए।

हरेक क्षेत्रीय संगठन र त्यो संगठनभित्र रहेका देशको आफ्नै हुन्छन्। पूर्वी एसियाली मुलुकको क्षेत्रीय संगठन आसियानका सदस्यराष्ट्रले आर्थिक तथा राजनीतिक फड्को मारेका छन्। थाइल्यान्ड, मलेसिया, इन्डोनेसिया, सिंगापुरलगायत देशले केही दशकमै आफूलाई निकै समृद्ध बनाएका छन्। आसियान मुलुकको तुलनामा सार्क मुलुकमा अझ धेरै सम्भाव्यता भएको आचार्यको ठहर छ।

'आसियान मुलुक राजनीतिक, आर्थिक, आन्तरिक सबै विषयमा छलफल गर्छन्। कुनै रोकतोक छैन। सार्क मुलुकमा आफ्नो मौलिकता र आवश्यकताअनुसार चल्दा काम गर्न ढिलो भएको हो,' उनी भन्छन्। सार्कले आसियानबाट मात्र पनि केही सिकेे फड्को मार्न सक्ने उनी बताउँछन्।

परराष्ट्रविद भेषबहादुर थापा उत्साहसाथ सुरु भएको सार्क सदस्य मुलुकबीचको सम्बन्ध सधैं सुमधुर हुन नसक्दा बेलाबेला सिथिल हुने गरेको बताउँछन्। यसले क्षेत्रीय सहयोगको अवधारणा प्रश्नचिह्न बनेको उनको अनुभव छ। स्थापना भएदेखि अहिलेसम्म गर्नुपर्छ भन्ने धेरै भए पनि काम केही हुन नसकेको उनी बताउँछन्। 'अहिलेसम्म सार्कले घोषणापत्र जारी गर्नेबाहेक कार्यान्वयन अघि बढाउन सकेको छैन,' थापा भन्छन्।

सार्कको मुख्य लक्ष्य यो क्षेत्रमा भएको तनाब कम गर्ने, आपसी सहयोग बढाउने, लगानी वृद्धि गर्ने र आपसी व्यापार वृद्धि गर्ने भए पनि यसमा खास काम हुन नसकेको थापा बताउँछन्। नेपालमा भूकम्प गएकोे समय सम्झदैं उनी भन्छन्, 'एक अर्कालाई सहयोग गर्ने भने पनि भूकम्पका बेला कसैले सार्कलाई सम्भिएन, सार्कले कसैलाई सम्झेन।' नेपाल मात्र नभई अन्य मुलुकमा पनि सार्कको उपलब्धी निराशाजनक नै भएको उनी बताउँछन्।

सन् १९९४ मा दुई वर्षका लागि सार्कका महासचिव भएका पूर्व परराष्ट्रसचिव यादवकान्त सिलवाल अहिलेसम्म पनि सार्कले खास केही गर्न नसकेको बताउँछन्। भारत–नेपाल, भारत–पाकिस्तान, श्रीलंका–पाकिस्तान गरी दुई मुलुकको बीचमा धेरै परियोजनाहरु भएपनि आर्थिक रुपले द्विपक्षीय सम्वन्ध राम्रो नभएको उनी बताउँछन्।

भारत सार्कको सबैभन्दा ठूलो र शक्तिशाली मुलुक भएकाले नेतृत्वदायी भूमिका भारतले लिनुपर्ने भएपनि उसले त्यो भूमिका निर्वाह गर्न नसकेको उनको ठहर छ। 'त्यस कारण सार्कको पर्याप्त सम्भावना भए पनि यस्तै खालका अन्य संगठनहरुले जत्तिको राम्रो गर्न सकेको छैन,' उनी भन्छन्। विभिन्न धरातल, पृष्ठभूमि र आर्थिक अवस्थाका मुलुकहरुको क्षेत्रीय संगठन अगाडि बढ्न गाह्रो हुने भए पनि क्षेत्रीय संगठनबिना विश्वव्यापीकरणमा अगाडि बढ्न गाह्रो हुने सिलवाल बताउँछन्।

पूर्व परराष्ट्रमन्त्री तथा एकीकृत माओवादी नेता नारायणकाजी श्रेष्ठ पछिल्ला ३० वर्षमा सार्कको कामलाई परिणाममुखी बनाउन र यसको कामकारबाहीलाई प्रभावकारी बनाउन खास केही हुन नसकेको बताउँछन्। प्रस्ताव र निर्णय धेरै भए पनि कार्यान्वयन फितलो भएको उनको अनुभव छ। नाम क्षेत्रीय सहयोग संगठन भए पनि त्यसमा सहयोग बढ्न नसकेको उनी बताउँछन्।

'सहयोग बढेपछि स्थिरता पनि बढ्छ। यसले विकासको सम्भावना पनि बढाउँछ,' श्रेष्ठ भन्छन्। साझा सहमतिमा काम गर्ने संस्था भएपछि केही जटितला हुने भए पनि सबै सहभागी मुलुकले यसको भूमिका र औचित्यप्रति इमानदारी देखाए सबै देशलाई फाइदा पुग्ने उनी बताउँछन्। 'त्यसपछि नेपाललाई पनि फाइदा हुन्छ। त्यो आर्थिक विकाससँगै राजनीतिक स्थिरतासँग पनि जोडिन्छ,' उनी भन्छन्।

सार्कको औचित्य कम हुँदै गएको थापाले पनि महसुस गरेका छन्। सहमति भएका कुरा कार्यान्वयन हुन नसकेको र सहमति हुनुपर्नेमा सहमति हुन नसकेको उनी बताउँछन्। यसका लागि सार्कभित्र मुलुकबीचको सम्बन्ध सुमधुर हुनुपर्ने र घोषणापत्र कार्यान्वयन गर्नुपर्नेमा उनी जोड दिन्छन्।

'सार्क मुलुकमा भिसा सुविधा दिनेलगायत अन्य आवतजावतका कुरा र सिधा हवाई उडानजस्ता सहमति भएका कुराको कार्यान्वयनमा जोड दिनुपर्छ,' थापा भन्छन्। यसो हुन सके आर्थिक उन्नति हुने र चीनलगायत मुलुकसँग सहकार्य हुन सक्ने उनको विश्लेषण छ।

भारत-पाकिस्तान सम्बन्ध


सार्कले प्रभावकारी रुपमा काम गर्न नसक्नुमा कमजोर सांस्कृतिक पहिचान पनि हो। दक्षिण एसियाली मुलुकमा साझा इतिहास, संस्कृति र परम्परा भए पनि फरक पहिचानको खोजीले यिनीहरुका बीच मेल हुन सकेको छैन। त्यस्तै, भारत र पाकिस्तानबीच भइरहेको असमझदारी र चिसोपनाले समग्र सार्कलाई नै असर गरेको छ।

सार्कले प्रभावकारी काम गर्न भारत र पाकिस्तानको सम्बन्ध सुधार हुनुपर्ने चौतर्फी आवाज सुनिन्छ। कास्मिर विवादमा लामो समयदेखि चिसो सम्बन्ध रहेको भारत र पाकिस्तानको सम्बन्ध राम्रो नहुँदासम्म सार्कले काम गर्न नसक्ने विश्लेषक बताउँछन्। पूर्वमन्त्री श्रेष्ठ पनि भारत र पाकिस्तानको अहिलेको सम्बन्ध सार्कका लागि समस्या भएको बताउँछन्। भारतमा सार्क अघि बढाउने सम्बन्धमा उदार भावना हुनुपर्ने र पाकिस्तानले पनि क्षेत्रीय संगठन विकासमा आपसी समझदारी विकसित गर्न सके सकारात्मक कदम अगाडि बढ्न सक्ने उनी बताउँछन्।

सार्कले प्रभावकारी काम गर्न नसक्नुमा भारत र पाकिस्तानबीचको सम्बन्ध प्रमुख भएको परराष्ट्रमन्त्रीसमेत भइसकेका थापा बताउँछन्। ती दुई मुलुकको सम्बन्ध सकारात्मक भएकाले सार्कको गति ढिलो भएको उनको भनाइ छ। 'यस्तै खालका अन्य संगठन सहकार्य गरेर अगाडि बढिरहेका छन्। हामी भने उही स्थानमा छौं,' उनी थप्छन्, 'उनीहरुको परफमेन्स छ। हामी अलमलमा छौं।'

सार्कका पूर्व महासचिव सिलवाल प्रभावकारी संगठनका लागि नेतृत्व सबल हुनुपर्ने भए पनि सार्कमा त्यो खड्केको बताउँछन्। भारत पाकिस्तान सम्बन्ध सुधार नहुनु नै यसको मुख्य कारण भएको उनको भनाइ छ। 'किनभने त्यसले गर्दा आतंकवाद बढायो। त्यसले अरू क्षेत्रलगायत आन्तरिक राजनीति र सोच्ने कुरामा पनि असर पार्योा,' उनी थप्छन्, 'भारत, पाकिस्तानलगायत सबैले सानोतिनो कुरामा मिलेर अगाडि बढ्नुपर्छ तर त्यो अहिलेसम्म भएको छैन।'

साना मुलुकले पनि प्रभावकारी भूमिका प्रदर्शन गर्ने खालको वातावरण हुनुपर्नेमा पूर्वमन्त्री श्रेष्ठको जोड छ।

'यसमा पनि संयुक्त राष्ट्रसंघको जस्तै सबैको समान हैसियत हुन्छ तर पनि ठूला मुलुकले क्षेत्रीय संगठन कसरी अगाडि बढाउने भन्ने विषयमा महŒवपूर्ण भूमिका खेल्न सक्छन्,' उनी भन्छन्। अन्य यस्तै खालका क्षेत्रीय संगठनको तुलनामा सार्कको गतिविधि निकै कम प्रभावकारी भएको पनि उनी स्विकार्छन्।

चीनको भूमिका


सार्कमा चीनको प्रवेश ठूलो बहसको विषय बन्दै आएको छ। हरेक शिखर सम्मेलनअघि चीनलाई सदस्यता दिने/नदिने विषयमा राम्रै चर्चा हुने गर्छ। अहिले पर्यवेक्षकका रुपमा शिखर सम्मेलनमा सहभागी हुँदै आएको चीनलाई सार्कको सदस्य बनाउने हो भने यो क्षेत्रको आर्थिक विकास पहल राम्रो हुने विश्लेषक बताउँछन्। लगभग सबै दक्षिण एसियाली मुलुकको विकास र व्यापार साझेदार हो चीन। त्यसैले पनि सार्कमा उसको सहभागिता सामेल हुने चासो लामो समयदेखि नै हो तर भारत अहिले सार्कको सबैभन्दा शक्तिशाली मुलुक भएकाले भारतकै स्वार्थका कारण चीन सार्कमा आउन नसकेको अन्य सदस्य मुलुकको ठम्याइ छ।

सार्कका पाँच देशसँग पाँच हजार माइल सिमाना जोडिएकाले चीनसँग यस क्षेत्रको लगानी, व्यापार, पर्यटन, भौतिक पूर्वाधारको ठूलो सम्भावना भएको आचार्य बताउँछन्। तर यसका लागि चीनलाई सार्कभन्दा बाहिर राखेर सम्भव नहुने उनको धारणा छ।

'यो क्षेत्रको भौतिक पूर्वाधार निर्माणमा चीनको संलग्नता छ। त्यसैले यो क्षेत्रको विकास गर्ने हो भने चीनलाई बाहिर राखेर हुँदैन,' उनी भन्छन्। त्यसबाहेक सार्क क्षेत्रभित्र पनि उपक्षेत्रीय सहयोगका रुपमा अगाडि बढाउने हो अझ प्रभावकारी हुन सक्ने उनको विश्लेषण छ। माल्दिभ्स–श्रीलंका–भारत, पाकिस्तान–भारत–अफगानिस्तान, भुटान–बंगलादेश¬¬¬–नेपाल–भारत जस्ता उपक्षेत्रीय सहयोग गरेर लगानी बढायो भने यो क्षेत्रको विकासमा फड्को मार्न सकिने आचार्य बताउँछन्। सार्कको बडापत्रलाई पुनर्विचार र संशोधन गरेर राजनीतिक सहयोगसँगै आर्थिक विकासमा जोड दिनुपर्ने समय आएको उनको धारणा छ।

सार्कमा चीनजस्तो उदीयमान शक्तिराष्ट्रले सहभागी हुने इच्छा व्यक्त गर्नु सकारात्मक रहेको पूर्वमन्त्री श्रेष्ठ बताउँछन्। यो क्षेत्रको विकासका लागि त्यो ठूलो अवसर भएकाले अन्य मुलुकले पनि त्यसलाई सकारात्मक ढंगले लिई यो क्षेत्रको विकासमा त्यो अवसर प्रयोग गर्नुपर्ने उनको भनाइ छ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
४ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस