काठमाडौं–नेपाल आयल निगम र विराट पेट्रोलियबीच भएको सम्झौता खारेजीको माग गर्दै एमाले निकट अनेरास्ववियूले सर्वोच्च अदालतमा रिट दायर गरेको छ। अनेरास्ववियूका अध्यक्ष नविना लामाको नेतृत्वमा गएको टोलीले निगम र विराटबीच भएको सम्झौता खारेजीको माग गर्दै बुधबार सर्वोच्चमा रिट दायर गरेको हो।विराटले आयल निगमसँग भएको सम्झौता बमोजिम काम नगरेको, कमशिन खाएको र कालोबजारीलाई प्रश्रय दिएको भन्दै रिट दायर गरेको अनेरास्ववियु अध्यक्ष नविना लामाले बताइन्। अनेरास्ववियुले यसअघि विराट पेट्रोलियमलाई कारवाहीको माग गर्दै ज्ञापनपत्र बुझाएको थियो। अनेरास्ववियुले विराट पेट्रोलियमले भ्रष्टाचार गरेको भन्दै बुधबार नै अख्तियारमासमेत उजुरी दिएको छ।
भारतले लगाएको अघोषित नाकाबन्दीपछि आयल निगमले ग्लोबल टेन्डरमार्फत इन्धन आयत गर्ने अस्थायी लाइसेन्स जारी गरेको थियो। विवादित कम्पनी विराट पेट्रोलियमले पहिलो चरणमा करिब ९७ हजार लिटर पेट्रोल ल्याए १ सय ९० प्रति लिटरमा बेचेको थियो भने दोस्रो चरणमा १ लाख ३२ हजार लिटर पेट्रोल ल्याएर १ सय ३० मा बेचेको थियो। चौतर्फी दबाब भएपछि दोस्रो चरणको पेट्रोल ९९ रुपैयाँमा बेच्न थालेको थियो। अनेरास्ववियुले विवादित कम्पनी विराटले कालोबजारी गरेको र कमिशन खाएको भन्दै रिट दायर गरेको जनाएको छ। अनेरास्ववियुले काठमाडौंका दश निर्वाचन क्षेत्रमा कालोबजारी विरुद्ध बुधबारबाटै अभियान संचालन गरेको अध्यक्ष नविना लामाले जनाइन्।