काठमाडौं-सफा र आरामदायी सिट, निःशुल्क वाइफाई, यात्रा अवधिभर चलिरहने टेलिभिजन, सिसी क्यामेरा, हँसिला परिचारिका अनि हरेक स्टेसनबारे पहिले नै जानकारी। राजधानीको चक्रपथमा अब यस्ता सुविधायुक्त ३९ बसले दैनिक परिक्रमा गर्ने छन्। सर्वसाधारणले सार्वजनिक यातायातमा खेप्नु परेको सास्ती न्यून गर्न अत्याधुनिक सुविधायुक्त बसले नियमित सेवा दिने भएका हुन्।
काठमाडौंको भिडभाडमा भाँचिएका र च्यातिएका सिटमा ठेलमठेल यात्रा गर्न बाध्य यात्रुलाई सुरक्षित, आनन्ददायी र मनोरन्जनात्मक यात्रा गराउन उपत्यका स्वयम्भू यातायात समितिअन्तर्गतको महानगर यातायात प्रालिले चक्रपथमा अत्याधुनिक बस सेवा सुरु गरेको हो ।
यात्रुमैत्री सुविधायुक्त 'मेट्रो बस'को उद्योगमन्त्री सोमप्रसाद पाण्डेले आइतबार औपचारिक सुभारम्भ गरे । मन्त्री पाण्डेसहित कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले चक्रपथको वनस्थलीबाट बालाजुसम्म बस सेवा शुभारम्भ गरे । बस सेवाको सुविधा सोमबार बिहानैदेखि सर्वसाधारणले उपयोग गर्न पाउने छन् । यी बस बिहान ६ः३० देखि बेलुकी ८ः३० बजेसम्म निरन्तर चक्रपथ परिक्रमा गर्ने छन् ।
मन्त्री पाण्डेले उपत्यकाको बढ्दो ट्राफिक जाम कम गर्न ठूला सवारीसाधन उपयोगी हुने बताए । उनले अत्याधुनिक सुविधायुक्त बसले यात्रुलाई गन्तव्यसम्म सुरक्षित पु¥याउन सघाउने भएकाले प्रोत्साहन गर्नुपर्ने बताए ।
महानगर यातायातका अध्यक्ष मधुसुदन अधिकारीले पहिलो चरणमा ३९ बसले सेवा दिने र विस्तारै थप्ने बताए । उनले बसमा यात्रुको सेवाका लागि महिला परिचारिका व्यवस्था गरिएको बताए । परिचारिकाले यात्रुलाई हवाईजहाजमा जस्तै मुस्कानसहित नम्र भाषामा स्वागत गर्नेछन् । 'सार्वजनिक यातायातमा धेरैले चालक तथा सहचालकको बोलीव्यवहार नराम्रो भएको गुनासो गर्छन्,' उनले भने, 'हामीले गुनासो आउन नदिन मुस्कानसहित शिष्ट व्यवहार गर्ने व्यवस्था गरेका हौं ।' उनले अहिले १० वटा बसमा महिला परिचारिका व्यवस्था गरिएको र बिस्तारै सबै बसमा व्यवस्था गरिने बताए ।
अध्यक्ष अधिकारीका अनुसार २७ किलोमिटर दुरीको चक्रपथ परिक्रमा बसले दुई घन्टामा गर्ने छ । अन्य यातायातमा जस्तो यो बसमा झर्नुपर्ने स्टेसनमा बस रोक्न कराउने वा ढक्ढक्याउनुको साटो यात्रुले ढोकामा जडित स्टप स्विच थिचेपछि चालकले स्टेसनमा रोक्ने छन् । बसमा प्रत्येक स्टेसनमा पुगेको जानकारी बसभित्रको डिस्प्ले स्क्रिनमा देखिने छ । स्टेसनबारे यात्रुले सुन्ने गरि पनि जानकारी दिइने छ ।
यात्रुको सुरक्षा, चोरी नियन्त्रण तथा महिलामाथि हुने दुव्र्यवहार रोक्नका लागि बसमा सिसी क्यामेराको समेत व्यवस्था गरिएको छ । यात्रुले टेलिभिजन हेर्दै यात्रा गर्नसक्ने छन् । इन्टरनेटका लागि वाइफाई जडित ३२ सिट क्षमताको बसमा चढ्ने र ओर्र्लने छुट्टाछुट्टै ढोका छन् ।
करिब १६ करोड लगानीमा ल्याइएका बसमा जिपिएस ट्रयाकिङ सिस्टमसमेत जडान गरिएको छ । यसका लागि यात्रुले 'लोकेसन ट्रयाकिङ' सिस्टमयुक्त मोबाइल एप्स डाउनलोड गर्नुपर्छ । एप्सको सहयोगमा यात्रुले घरबाटै पनि नजिकैको बस र यात्रु संख्याबारे जानकारी पाउन सक्छन् । 'यसले यात्रुले घन्टौं बस कुरिरहनु पर्दैन,' अध्यक्ष अधिकारीले भने, 'घरमै बसेर यात्री संख्या हेर्दै स्टेसन गएर बस चढ्न सकिन्छ ।' बस दैनिक पखालिने र सिट सफा गरिने अधिकारीले बताए । यसका लागि वनस्थलीमा ४ रोपनी क्षेत्रफलमा ग्यारेज बनाइएको छ।