काठमाडौं-राजधानीको व्यस्तमध्ये गनिने सिनामंगल–सेतोपुल सडक पुनर्निर्माणमा चरम लापरबाही देखाउँदै आएको ठेकेदार कम्पनीले फेरि नयाँ बहाना झिकेर निर्माणकार्य अल्झाएको छ । दुई वर्षभित्र दुई किमि सडकसम्म बनाउन नसकेको 'लामा बिल्डर्स–बिरुवा च्याङमिला' कम्पनीले पछिल्लोचोटि मेसिन बिग्रिएको बहाना झिकेर काम रोकेको हो ।सम्झौताअनुसार आठ महिनाअघि नै पूरा भइसक्नुपर्ने सडकमा निर्माण कम्पनीले सम्झौता मितिदेखि नै एकपछि अर्को बहाना देखाउँदै आएको छ । अहिले कालोपत्रेका लागि अलकत्रा र कन्क्रिट मिश्रण गर्ने 'अस्फाल्ट प्लान्ट' बिग्रिएको र त्यसलाई बनाउन भारतबाट मानिस झिकाउनुपर्ने भन्दै काम अड्काएको छ ।
उक्त सडक अनुगमन गर्ने जिम्मेवारी बोकेको सरकारी निकाय काठमाडौं उपत्यका सडक विस्तार आयोजना पनि सडक निर्माणमा भइरहेको लापरबाहीलाई आँखा चिम्लिई ठेकेदार कम्पनीकै बहानाबाजीमा सही थापिरहेको छ ।
दुई वर्षभन्दा बढी समय बितिसक्दा पनि मध्यसहरको दुई किमि सडक बनाउन नसकेपछि निर्माणकार्य तीव्र पार्न आयोजनालाई प्रधानमन्त्री कार्यालयदेखि स्थानीयसम्मको दबाब छ । काम अघि बढाउनु साटो लापरबाही गर्ने ठेकेदारलाई उल्टै संरक्षण गरेको पाएपछि प्रधानमन्त्री कार्यालयले आयोजना र सडक विभागका कर्मचारीसँग स्पष्टीकरणसमेत लिइसकेको स्रोतले नागरिकलाई जानकारी दियो ।
सडक निर्माणमा ढिलाइ गरेको विरोधमा गत वर्ष स्थानीयले पुरानो बानेश्वर खण्डमा रोपाइँ गरेका थिए । निर्माणकार्य चाँडै सक्न उनीहरूले सम्बन्धित निकायलाई दर्जनौंपटक आग्रह गरिसकेका छन् । मेसिन बिग्रिएकै कारण काम रोकिएको दाबी गर्दै आयोजनाप्रमुख मनोज श्रेष्ठले कम्पनीले मेसिन बनेलगत्तै निर्माण तीव्र पार्ने जानकारी दिएको बताए । 'अहिले मेसिन बिग्रिएकाले काम रोकिएको हो,' उनले भने, 'हामीले कम्पनीलाई छिटो काम सक्न निर्देशन दिइसकेका छौं ।' अब कुनै पनि बहानामा निर्माण नरोकिने उनले दाबी गरे ।
विस्तारका लागि तीन वर्षअघि भत्काइएको सडकमा कम्पनीले सबैभन्दा पहिला खानेपानी पाइप, ढल, भूमिगत तार बिछ्याउन तथा विद्युतीय पोल गाड्न ढिलाइ हुँदा काम रोकिएको बहाना बनाएको थियो । त्यसपछि क्रसर उद्योग, ट्रक चालकको आन्दोलन, भूकम्प, वर्षा, नाकाबन्दी र इन्धन अभाव देखाएर आलटाल गर्दै आएको थियो ।
सम्झौताअनुसार कम्पनीले सडक निर्माण गत असार १३ गते नै सकिसक्नुपथ्र्यो । त्यसअघि वैशाखसम्मको समयसीमा तोकिए पनि आयोजनाले दुई महिना थप गराएको हो । थप समयसीमा घर्किएको ८ महिनाभन्दा बितिसक्दा पनि उक्त खण्डका धेरै स्थानमा प्रशस्त खाल्डाखुल्डी भेटिन्छन् । त्यहाँको वस्तुस्थिति र काम गराइ हेर्दा ठेकेदार अझै सडक पूरा गर्न महिनौं झुलाउने मनस्थितिमा देखिन्छ ।
विस्तारका लागि भत्काएर अलपत्र छाडिँदा साढे दुई वर्षयता उक्त खण्डमा धुलो, हिलो र पानी मात्र देखिन्छ । निर्माण कम्पनीले उक्त सडकबाट करिब ९ करोड ६४ लाख रुपैयाँ सरकारी निकायबाट लैजानेछ । विस्तारअघि उक्त खण्डमा १० मिटर पक्की सडक थियो । विस्तारपछि १४ मिटर फराक बनाइए पनि कालोपत्रमा ढिलाइ हुँदा सवारी र पैदलयात्रीलाई सास्ती छ । सवारी जाम, धुलो र हिलोले सकस बेहोर्नुपरेको स्थानीयको गुनासो छ ।
सडक बेलैमा निर्माण नहुनुको असर उक्त क्षेत्रको व्यापार–व्यवसायसमेत परेको छ । सिनामंगल पुलदेखि सेतोपुलसम्मको खण्डमा कपडा, किराना पसल, होटल, जुत्ता तथा भाँडाकुँडा, सुनचाँदी, स्टेसनरी, फलफूल पसल लगायत व्यवसाय सञ्चालित छन् ।
दुई वर्षयता व्यवसायमा भारी गिरावट आएको किराना पसल सञ्चालक भुवन जोशी बताउँछिन् । उनका अनुसार पैदलयात्रीसमेत हिँड्न नसक्ने अवस्था रहेकाले व्यापार खस्किएको हो । 'कहिले हिलो, कहिले खाल्डो अनि कहिले धुलाम्मे हुँदा यहाँबाट मान्छे हिँड्नै छाडिसके,' उनले भनिन्, 'व्यापार सुकेर भाडासमेत तिर्न नसक्ने अवस्था छ ।' उनले सबै निकाय मिलेर तुरुन्त सडक बनाउनुपर्नेमा छुट्टाछुट्टै काम अगाडि बढाउँदा ढिलाइ भएको उनको ठम्याइ छ ।
कम्पनीले काम सुरु गरेलगत्तै उक्त खण्डमा ढल निर्माण थालिएको थियो । त्यही क्रममा मेलम्ची खानोपानीले पनि काम अगाडि बढाएकाले निर्माणमा ढिलाइ हुन गएको आयोजनाले जनाएको छ । कम्पनीका प्रतिनिधि पेम्बा लामा काठमाडांै उपत्यका खानेपानी लिमिटेड (केयुकेएल), भूकम्प र नाकाबन्दीले गर्दा सडक निर्माण ढिलो भएको बताउ"छन् । 'केयुकेएलले खानेपानी पाइप ओछ्याउन आठ–नौ महिना लगायो, त्यसपछि भूकम्प आयो, प्राविधिक आआफ्ना घर लागे, फेरि नाकाबन्दी हुँदा ढिलो भएको हो,' उनले भने ।