काठमाडौं-ऐतिहासिक तथा पुरातात्विक महत्वका भवनलगायत मठमन्दिर पुनर्निर्माण तथा मर्मतसम्भार गर्दा जतिसक्दो तिनमा पहिले प्रयोग भएका पुराना सामग्रीको नै उपयोग प्रयोग गर्नुपर्ने मान्यता छ।गत वैशाखको महाभूकम्पपछि पुरातात्विक मठमन्दिरको पुनर्निर्माण चुनौती बनेका बेला राजधानीको हनुमानढोका दरबार क्षेत्रमा पुरातत्वविद्को एउटा टोली यस्ता पुरातात्विक महत्वका काष्ठकला पुनर्निर्माणमा प्रयोग गर्न सकिने नसकिने अध्ययन गरिरहेको छ ।
पुरातत्व विभाग र युनेस्को काठमाडौंको पहलमा भैरहेको अध्ययनले महाभूकम्पबाट क्षतिग्रस्त हनुमानढोका दरबार क्षेत्रका पुराना काष्ठकलालगायत पुराना सामग्रीमध्ये १० प्रतिशत मात्र पुनर्निर्माणमा प्रयोग गर्न सकिने स्थितिमा रहेको देखाएको छ । युनेस्कोको विश्व सम्पदा सूचीमा परेका काठमाडौं उपत्यकाका ७ स्मारकमध्ये सर्वाधिक क्षतिग्रस्त हनुमानढोका क्षेत्रका पुरातात्विक मठमन्दिरलगायत संरचनाको अध्ययन गरी विज्ञ टोलीले जानकारी दिएको युनेस्को काठमाडौंले जनाएको छ ।
'१० प्रतिशतबाहेक बाँकी सबै काष्ठकला र सामग्री कामै नलाग्ने भने होइन,' युनेस्कोले विज्ञप्तीमा उल्लेख गरेको छ, 'अन्य काष्ठसामग्री मर्मतसम्भार गरी प्रयोग गर्न सकिन्छ ।' युनेस्कोले साबुत अवस्थाका १० प्रतिशतबाहेक १५–७० प्रतिशत काष्ठसामग्री मर्मत गरेर पुनर्निर्माणमा प्रयोग गर्न सकिने जनाएको छ । बाँकी सामग्री भने पुनर्निर्माणमा प्रयोग गर्न अनुपयुक्त अवस्थामा रहेको पछिल्लो अध्ययनले देखाएको छ । पुरातात्विक तर फेरि प्रयोग गर्न नमिल्ने काष्ठसामग्री र मूर्ति संग्रहालयमा राख्न पनि विज्ञले सुझाव दिएका छन् ।
युनेस्कोले भूकम्पपछि हनुमानढोकामा तत्काल यत्रतत्र थुपारिएका मठमन्दिरलगायत दरबार र भवनका थाम, मेठ, दलिन, निदाल, टुँडालजस्ता काष्ठसामग्री छुट्ट्याउने क्रममा तीनको अवस्था सार्वजनिक गरेको हो ।
यसरी काष्ठसामग्री छान्ने, वर्गिकरण गर्ने र लगत राख्ने जिम्मा यससम्बन्धी विज्ञ प्राध्यापक मुकुन्दराज अर्याल र शुक्रसागर श्रेष्ठमा छ । चार दशक लामो प्राज्ञिक तथा व्यावसायिक अनुभवी अर्याल र श्रेष्ठ नेपाली मूर्तिकलाका विज्ञ मानिन्छन् । 'काठका टुँडाललगायत सामग्री सकेसम्म पुराना नै बढी प्रयोग गर्नुपर्छ,' श्रेष्ठले नागरिकसँग भने, 'मन्दिर देखाएर हामीले पुर्खाको इतिहास जान्ने अवसर पाएका छौं । यसको दिगो संरक्षण गर्नु आवश्यक छ ।'
पुरातत्व विभागको पहलमा १६ ठाउँमा छरपस्ट काष्ठसामग्री जोगाउने, स्रोत खोज्ने, र लगत राख्ने काम तलेजु मन्दिरको पूर्वस्थित खाली ठाँउमा निर्मित अस्थायी टहरामा भैरहेको छ । अध्ययनबाट काष्ठसामग्रीको अवस्थाबारे अझै पनि पूर्ण जानकारी नआइसकेको उनले बताए । 'अहिले हामीले अध्ययन गरिरहेका काष्ठसामग्रीमध्ये पनि पुनर्निर्माणमा प्रयोग गर्न सकिने सामग्रीको पहिचान गर्न सकिएको छैन,' उनले भने, 'अध्ययनको पूर्ण नतिजा आउन अझै केही समय लाग्छ ।'
जापानी सहयोगमा गत नोभेम्बरमा सुरु परियोजनामा मठमन्दिरका काष्ठसामग्री एकै ठाउँमा राखेर अवस्थाबारे दुई महिनाभित्र पूर्ण जानकारी संकलन गर्ने युनेस्कोले जनाएको छ ।
गत वैशाख १२ को महाभूकम्पले हनुमानढोका दरबार क्षेत्रका माजु देघ (शिव मन्दिर), दशावतार (त्रैलोक्यमोहन), कामदेव मन्दिर, काष्ठमण्डप, लक्ष्मीनारायण मन्दिरलगायत मठमन्दिर ध्वस्त बनाएको थियो । भूकम्पपश्चात् स्थानीयको पहलमा मठमन्दिरका सामग्री हनुमानढोका दरबारका विभिन्न चोकमा राखिएको थियो ।
'तत्काल व्यवस्थापन गर्न भन्दै १६ ठाउँमा हतारहतार यस्ता कलात्मक काष्ठसामग्री राखिएको थियो,' हनुमानढोका दरबार संग्रहालय प्रमुख सरस्वती सिंहले भनिन्, 'अहिले करिब १४ ठाउँमा राखिएका सामग्री पहिचान गरी छुट्ट्याइसकिएको छ।'