सूर्य चुरोटले टेरेन सरकारलाई
२४ फागुन २०७२
•
६ मिनेट पाठ
सूर्य चुरोटले टेरेन सरकारलाई
काठमाडौं— चुरोट तथा सुर्तीजन्य पदार्थको प्याकेटको ९० प्रतिशत भागमा चेतावनीमूलक चित्र नछाप्ने उद्योगका उत्पादनलाई सरकारले धमाधम छापा मार्दै सिल गर्न थालेपछि उद्योगीले कानुनअनुसार नै चित्रसहित उत्पादन गर्न थालेका छन्।जिल्ला प्रशासन कार्यालय काठमाडौँ, महानगरीय प्रहरी परिसर तथा जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंको संयुक्त टोलीले दुई साता यता अनुगमनलाई तिव्रता दिएको छ । अनुगमनका क्रममा टोलीले करोडौँ मूल्य बराबरका मापदण्ड विपरीतका चुरोट तथा सुर्ती सिलबन्दी गरिसकेको छ ।

कानुनको पालनामा सरकारले कडाइ गर्दै गएपछि उत्पादकहरूले आफ्ना उत्पादनमा ९० प्रतिशत चेतावनीमूलक सन्देश छाप्न सुरु गरेका हुन् । अझै पनि नेपाली बजारमा ७५ प्रतिशत चुरोटको बजार हिस्सा भएको सूर्य नेपाल कम्पनी अन्तर्गतका २३ वटा उत्पादनमा भने कानुन अनुसारका चित्रात्मक सन्देश आएका छैनन् ।

प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदी, महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी विक्रमसिंह थापा र जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख अच्युत लामिछाने सहितको उच्चस्तरीय टोलीले गरेको अनुगमनका क्रममा सूर्य नेपाल बाहेकका अन्यले मापदण्डअनुसार ९० प्रतिशत सन्देश छाप्न थालेको फेला पारिएको हो ।

अनुगमनका क्रममा गत साता दरबारमार्गको ग्रिनलाइन स्टोर्स र नक्सालस्थित भाटभटेनी सुपरमार्केटबाट 'क्यामेल' ब्रान्डको विदेशी चुरोटले मापदण्डविपरीत चित्र नछापेको पाइएको थियो । टोलीले मापदण्ड विपरीतका उक्त चुरोट जफत गरेलगत्तै बुधबारबाट पुनः बजारमा ९० प्रतिशत चित्रसहितका चुरोट आउन थालेको हो ।

आन्तरिक राजस्व कार्यालयका अनुसार नेपालमा एक सय ७५ थरिका चुरोट तथा सुर्तीजन्य पदार्थको बिक्री हुँदै आइरहेका छन् । यीमध्ये सूर्य टोबाको बाहेक अरुले मापदण्डअनुसार चित्र छापेका छन् भने नियम नमान्नेमा गुट्खा, पराग लगायतका सुर्तीजन्य पदार्थ उत्पादक कम्पनीहरुसमेत देखिएका छन् । अनुगमन टोलीका लामिछानेले अब चुरोटबाहेक अन्य सुर्तीजन्य पदार्थका विषयमा पनि अनुगमन गरिने बताए । हालसम्म पान, गुट्खा तथा सुर्तीजन्य पदार्थ उत्पादन गर्ने ८ वटा उद्योगले मात्र नियम मानेका छन् ।

उद्योग मन्त्रालय स्रोतका अनुसार अनुगमन टोलीले चुरोटमा सिल गर्न थालेपछि सूर्य टोबाको सहित केही उद्योगीले उक्त कदम रोक्न दबाब दिन थालेका छन् । उद्योगीले ९० प्रतिशत चित्रात्मक सन्देशलाई घटाएर ७५ प्रतिशतमा झार्नुपर्ने दबाब दिन थालेका हुन्।

उद्योगमन्त्री सोमप्रसाद पाण्डेले सरकारको अहिलेको नियमअनुसार ९० प्रतिशत चित्रात्मक सन्देश छाप्नुपर्ने भएकाले सबैले नियमको पालना गर्नुपर्ने बताए । 'उहाँहरूले निर्देशिकामा भएको व्यवस्थालाई घटाएर ७५ मा ल्याउनुपर्ने भनिरहनु भएको छ,' उनले भने, 'तर अहिले उक्त व्यवस्थाबाट हामी पछाडि हट्न मिल्दैन । कानुनमा भएको व्यवस्थाअनुसार नै चित्र छापिएर आउनु पर्छ ।' उनले कानुनविपरीत आउने सबैलाई कारबाहीको दायरामा ल्याइने बताए।

सूर्य नेपालका उपाध्यक्ष रवि केसीले उद्योगीसँग छलफल नगरी ल्याइएको उक्त निर्देशिकालाई परिमार्जन गर्नुपर्ने बताए । उनले राज्यलाई ठूलो राजस्व तिर्ने कम्पनीका व्यवहारिक समस्यालाई सरकारले नबुझेको आरोप लगाए।

स्वास्थ्य मन्त्रालयले सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ को दफा ९ ले चुरोट तथा सुर्तीजन्य पदार्थको हरेक बट्टामा अनिवार्य रुपमा चेतावनीमूलक सन्देश राख्नुपर्ने व्यवस्था गरेको छ । उक्त व्यवस्थाविपरीत काम गर्नेलाई ५० हजारसम्म जरिवाना गरी सबै उत्पादन जफत गर्ने व्यवस्था छ ।

ऐनलाई कार्यान्वयनमा ल्याउन मन्त्रालयले २०६८ सालमै कात्तिक १८ गते लागु हुने गरी 'सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, ¥यापर्स, पेटी तथा पार्सल, प्याकेजिङमा चेतावनीमूलक सन्देश र चित्र छाप्ने तथा अंकित गर्ने निर्देशिका' ल्याएको थियो । उक्त निर्देशिकालाई मन्त्रालयले २०७१ मा परिमार्जन गर्दै ९० प्रतिशत भागमा अनिवार्य चित्रात्मक सन्देश राख्ने व्यवस्था गरेको थियो । निर्देशिकाविरुद्ध उत्पादक कम्पनीले मुद्दा हालेपछि नियम कार्यान्वयनमा आउन सकेको थिएन तर सर्वोच्च अदालतले गत पुस १४ गते सबै मुद्दा खारेज गर्दै तुरुन्त उक्त नियम कार्यान्वयनमा ल्याउन मन्त्रालयलाई आदेश दिएको थियो ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस